स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रासँग विशेष अदालतले भ्रष्टाचार मुद्दामा रू. पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त रकम धरौटी लिएर तारिखमा राख्न आदेश गरेको हो । अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (२) बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनसमेत भनेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया