अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट, प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गर्दै

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट, प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गर्दै


अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना बुधबार (७ माघ) काठमाडौं आइपुगिसकेको जानकारी दिएका छन् ।

अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका जानकारी दिए ।

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी रुपमा बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धानपछि ब्युरोले परिवारको जिम्मा लगाउने बताइएको छ ।

Representative image