सञ्चार मन्त्रालयमा नयाँ सचिवको बहाली : मन्त्रालयका काम परिणामुखी बनाउन निर्देशन

सञ्चार मन्त्रालयमा नयाँ सचिवको बहाली : मन्त्रालयका काम परिणामुखी बनाउन निर्देशन


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ ।

बुधबार (७ माघ) मन्त्रालयमा पदवहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

‘यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, प्रशासनिक धेरै अनुभव हाशिल गरेँ, परिणाममुखी नतिजा दिन सबै जिम्मेवार भएर लाग्नुपर्छ’, निर्देशन दिँदै उहाँले भन्नुभयो । यसअघि सचिव बस्नेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

photo: rss