दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे-चानको आइतबार (२५ जनवरी) भियतनाममा उपचारका क्रममा निधन भएको छ ।
योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्को एशिया–प्रशान्त क्षेत्रीय समितिको बैठकमा भाग लिइरहेका बेला भियतनाममा बेहोस भएपछि उनलाई हो ची मिन्ह सिटीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
ली हे-चानलाई जटिल ‘मायोकार्डियल इन्फ्रक्सन’ भएको र उपचार सुरू गरिएको थियो । स्थानीय समयअनुसार आइतबार दिउँसो २ः४८ बजे उनको मृत्यु भएको थियो।
दक्षिण कोरियाको प्रजातान्त्रिक आन्दोलनमा सात पटक सांसद बनेका ली सन् २००४ देखि २००६ सम्म पूर्व राष्ट्रपति रोह मु–ह्युनको नेतृत्वमा प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया