राजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजापाठ

राजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजापाठ


राजा ज्ञानेन्द्र शाहले सोमबार (१२ माघ) जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गर्नुभएको छ ।

मन्दिरमा उहाँले विधिपूर्वक पूजा-अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गर्नुभएको जनाइएको छ । राजा ज्ञानेन्द्र धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उहाँको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

राजा ज्ञानेन्द्रले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गर्नुभएको थियो । उहाँले राजदेवी मन्दिरको पनि दर्शन गर्नुभएको छ । त्यसैगरी सोमबारकै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमा समेत सहभागी हुनुभएको थियो ।