गत एक साताबीचमा अमेरिकाको न्युयोर्क शहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको त्यहाँका मेयर जोहरान ममदानीले पुष्टि गर्नु गरेका छन् ।
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी २५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको स्थानीय मिडियाले जनाएका छन् ।
मेयर ममदानीले अहिलेसम्म ६ करोड ७० लाख पाउन्ड हिउँ पग्लिसकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको जानकारी दिएका छन् ।
घरबारविहीन तथा विस्थापितहरुलाई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइहरू घरबारविहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क शहरका पाँचवटा स्थानमा मानिसहरूका लागि खुला रहने जनाइएको छ ।
प्रतिक्रिया