चितवन जिल्लाको कालिका नगरपालिका-९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो शनिबार (२३ फागुन) आफैं अनियन्त्रित भइ नालामा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोचालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका-८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा परी घाइते राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया