बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज (२५ फागुन) बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
‘बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ, उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन्’, उनले भनेका छन् ।
अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
file photo
प्रतिक्रिया