एमाले नेता थापाको निधन

एमाले नेता थापाको निधन


नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन् ।

पार्टी बैठकमा आज (२८ फागुन) बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो ।

थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालेका थिए ।