नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज (२९ फागुन) भक्तपुरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा निधन भएको हो ।
दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया