डाक्टर बेपत्ताको ‘१९ दिन’तिर र्फकंदा

डाक्टर बेपत्ताको ‘१९ दिन’तिर र्फकंदा


-वीरेन्द्रमणि पौडेल
नेपाली जनता मात्र होइन विदेशीहरू पनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर भक्तमान बेपत्ता भएको खबरले छक्क परे । एक त भक्तमान स्वास्थ्यकर्मी त्यसै पनि कम महत्त्वपूर्ण भएनन्, दोस्रोे दक्षिण एसियामा भौतिक सुविधा र उपचार पद्धतिका हिसाबले उपल्लोस्तरको मानिएको क्यान्सर अस्पतालका निर्देशक भएकाले उनको बेपत्ताको खबरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पायो । त्यो स्वाभाविक थियो । २०६७ सालको जेठ ४ गते बेलुका भक्तमान बेपत्ता भए । १९ दिनपछि नाटकीय ढङ्गले टुप्लुक्क क्यान्सर अस्पतालको आफ्नै निवासमा झुल्किए । १९ दिनमा उन्नाइसै दिन नेपालभरि चर्चा भक्तमानकै भयो । थरीथरीका चर्चामध्ये भक्तमान युनिटी लाइफ नामक जनतामारा नेर्टवर्क कम्पनीका जिल्लास्तरीय सरदार थिए त्यसैले युनिटीको भण्डाफोरसँगै पक्राउ परिने, करोडौँ रकम फिर्ता गर्नुपर्ने डर र लाजले टाप कसे, उपचारमा लापरबाही गर्दा मारिएका कुनै बिरामीका आफन्तले अपहरण गरेर रिस थाम्न नसकेर अपहरणपश्चात् भक्तमानको हत्या गरिदिए, भारतीय औषधि कम्पनीसँग मनमुटाव भएकोले अपहरणमा औषधि कम्पनीको हात छ । तरुनी भनेपछि भुतुक्कै हुने डाक्टर भक्तमान कुनै तरुनीको जालमा परेर मारिएको हुन सक्छ, माओवादी कार्यकर्ताले फिर्ता माग्दा दिने सर्तमा राख्न दिएको दुई करोड र त्यही दुई करोडको जग्गा खरिदबाट भक्तमानले कमाएको बाह्र करोडमा फिर्ता दिँदा दिनेले दुई करोड दिन चाहेको र लिनेले बाहै्र करोड माग्दा लेनदेनमा कुरा नमिलेको र माओवादी कार्यकर्ताले नै भक्तमानलाई अपहरण गरेको हुनुपर्छ, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र भक्तमानबीच सम्बन्ध नकारात्मक भएको हुँदा अपहरण र बेपत्ता प्रकरणमा मन्त्री चौधरीकै हात हुनुपर्छ, डाक्टर भक्तमान माओवादी कार्यकर्ता पनि भएकोले अपहरण र बेपत्तामा नेपाली काङ्ग्रेस र एमालेको पनि हात हुन सक्छ जस्ता चर्चाहरूले स्थान पाए । गृहमन्त्री भीम रावलले अतिरिक्त प्रहरी महानिरीक्षक प्रकाश कँुवरको नेतृत्वमा डीआईजी नवराज ढकालसहितलाई सामेल गरेर भक्तमान पत्ता लगाऊ टोली गठन गरे । अपहरणकारीको नजिकनजिक पुगेको र अकाट्य प्रमाण सङ्कलनतर्फ लाग्दै गरेको गृहमन्त्रीले बताउँदै गर्दा काठमाडौंबाट प्रकाशन हुने एक दैनिक पत्रिकाले डाक्टर भक्तमान एकीकृत नेकपा माओवादीको नियन्त्रणमा रहेको समाचार छाप्नेबित्तिकै भक्तमान बेपत्ता प्रकरणले नेपालको राजनीतिक वृत्तलाई ह्वात्तै ततायो । प्रकाशित समाचारले नेपाली काङ्ग्रेस र एमालेलगायत राजनीतिक दलहरूलाई ज्रि्रो काढेर माओवादीतिर हेर्न बाध्य पार्‍यो भने समाचारको तातोले डामिएका माओवादीहरू हुरीबतासको गतिमा सडकमा ओर्ेर्लिए । बिनाप्रमाण भक्तमान अपहरण प्रकरणमा आफ्नो महान् र गौरवशाली पार्टीलाई मुछेकोमा माओवादीहरू रिसले चुर भए । प्रतिक्रियास्वरूप समाचार छापिएको पत्रिका सार्वजनिक स्थलमा जलाए । माओवादीले विज्ञप्तिमार्फत भक्तमान बेपत्ता प्रकरणमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको बताउँदै कथंकदाचित तल्ला तहका कार्यकर्ताको अपहरणमा संलग्नता देखिए कडा कारबाही गर्ने जनाए । माओवादीमा मिसिएका जनमोर्चाका नेता अमिक शेरचनको संयोजकत्वमा सत्यतथ्य छानबिन गर्न तीनजनाको एक टोली माओवादीले गठन गर्‍यो । प्रधानमन्त्री माधवकुमार नेपालले डाक्टर भक्तमान बेपत्ता प्रकरणमा माओवादी संलग्नताको आशङ्का व्यक्त गरे । डाक्टर बाबुराम भट्टराई, वर्षमान पुन र गिरिराजमणि पोखरेलले भक्तमानपत्नी शिलुलाई चितवनमा भेटेर सान्त्वना दिए । आशङ्कैआशङ्का र अनिश्चयका बीच गुज्रिएको १९आँै दिनको एकाबिहानै डाक्टर भक्तमान आधाआधी फुलेको दाह्रीजुँगा लिएर हात हल्लाउँदै आफ्नो निवासको माथिल्लो तल्लाबाट सञ्चारकर्मीलाई प्रश्न सोध्न नपाइने सर्तमा एकोहोरो भाषण गरिरहेका थिए । भाषणका क्रममा उनले सबैभन्दा पहिले क्यान्सर अस्पतालका बिरामीहरूप्रति आफ्नो अनुपस्थितिका कारण उपचार कार्यमा बाधा पर्न गएकोमा क्षमायाचना गरे । आफ्नो रिहाइका लागि पहल गरिदिने नागरिक समाज, स्वास्थ्यकर्मीहरू, स्वास्थ्यसंस्थाहरू, परिवारका सदस्यहरू, राजनीतिक दल र सञ्चार क्षेत्रलाई समेत धन्यवाद दिए । जब उनले आफूलाई नेपाल हिन्दू जनता पार्टीले केही दिनका लागि लिएर गएको र सकुशल छाडिदिएको बताए तुरुन्तै कलम, कापी क्यामरा, रेकर्डर र मुभिक्यामरा लिएर भक्तमानको मुख हेरिरहेका पत्रकारहरूले एक-अर्काको मुख हेराहेर गरे । अन्य पेसाका मानिसहरूसमेत अचम्म मानेर कानेखुसी गर्न थाले । ‘होइन यो नेपाल हिन्दू जनता पार्टी नेपालमा छ कि छैन हँे -‘ भक्तमानको कुरा कसैले पनि पत्याएनन् । धेरैले लेघ्रो तानेर आर्श्चर्य प्रकट गरे । भक्तमानले आफ्नो १९ दिने बेपत्तालाई अझ रहस्यमय बनाइदिए । भक्तमानको सकुशल रिहाइको कामना गर्नेहरूले पनि निधार खुम्च्याएर अनुहारको रङ्ग बदले । सबैले आफूलाई झुक्किएको महसुस गरे । भक्तमानले साँचो कुरा लुकाएको महसुस गरेर मानिसहरू झुक्िकए । भक्तमानलाई कसले अपहरण गर्‍यो भन्ने प्रश्नभन्दा किन अपहरण गरिएको हुन सक्छ भन्नेतर्फ दुनियाँको ध्यान गएको भए अपहरणकारीको सुइँको त पाउन सकिन्थ्यो होला नै सबै खालका रहस्यहरूसमेत उद्घाटित हुन सम्भव हुन्थ्यो । सबैभन्दा पहिला डाक्टर भक्तमानको व्यक्तिगत जीवनसँग जोडिएका प्रश्न र प्रसङ्गहरू बेपत्ता प्रकरणको रहस्य सार्वजनिक हुन सहयोगी बन्न सक्थे । भक्तमानको विगत र वर्तमान के हो – बोली, व्यवहार र कार्यशैलीले भक्तमानको भविष्यको मार्ग कतातिर सोझिएको छ –
भक्तमानलाई चिनिजान्ने चितवनको विकट माडीका मानिसहरू भन्छन्, ‘भक्तमान ज्यादै निम्नवर्गीय परिवारमा हर्ुर्किएर बडो कठिन मिहिनेतका साथ डाक्टर भएका हुन् ।’ पञ्चायती सरकारले डाक्टरी पढाउन भक्तमानलाई लगानी गरेको थियो । तत्कालीन सोभियत सङ्घमा भक्तमानले डाक्टरी डिग्री हासिल गरेका हुन् । डाक्टरी डिग्री हासिल गरेपछि पञ्चायती सरकारसँग गरेको सम्झौताअनुसार भक्तमानले सरकारी अस्पतालमा केही समय सेवा गरेकै हुन् । क्याम्पस पढ्दादेखि नै कम्युनिस्ट राजनीतिबाट प्रभावित भक्तमान कुनै बेला जनमोर्चा नामको सानो कम्युनिस्ट पार्टी -जसको अध्यक्ष अमिक शेरचन थिए)का कार्यकर्ता थिए । डाक्टर भएर अस्पताल छिरेपछि मात्रै डकार आउने गरी भात खान पाएका भक्तमान जनआन्दोलन २०६२/०६३ ले पुरानो राजतन्त्रात्मक सत्ता ढालेपछि स्वाभाविक रूपले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको व्यवस्थापन समिति परिवर्तन हुने अवस्था आयो र त्यसको फाइदा भक्तमानले मनग्ये उठाए । राजनीतिक गुरु अमिक शेरचन उपप्रधान एवम् स्वास्थ्यमन्त्री भएका बखत क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पद पड्काइहाले । दुनियाँलाई थाहा छ नेपालमा ‘पद’ धन कमाउन प्रयोग गरिन्छ र चाहिन्छ । डाक्टर त्यसमाथि पनि क्यान्सर सर्जन भक्तमानलाई कार्यकारी निर्देशक पद चाहिएकै थिएन तर पद र धनका लोभी डाक्टर भक्तमानले सबैखाले खेल खेलेर निर्देशक पद हात पारिछाडे । निर्देशक पदमा बसेर कति पक्षपातपूर्ण काम गरे त्यसको जानकारी प्राप्त हुन नसके पनि क्यान्सर अस्पतालमा पदको दुरुपयोग गरी माओवादी पार्टीको आडमा सिङ्गो पार्टीलाई नै बद्नामीको बिल्ला भिराउँदै भक्तमानले लुट मच्चाएको खबर चितवनबाट प्रकाशित माओवादीनिकट साप्ताहिक पत्रिकामा माओवादी विचारसँग सहमत पत्रकारले लगातार समाचार लेखिरहेकै हुन् । भक्तमान एक सर्जन मात्र होइनन् उनी निर्देशकको रूपमा प्रशासक पनि हुन्, प्रशासक मात्र होइनन् माओवादी कार्यकर्ता पनि हुन् । यो कोणबाट हेर्दा उनलाई बहुरुपिया डाक्टर पनि भन्न सकिन्छ । क्यान्सर अस्पतालको निर्देशकजस्तो उच्च मर्यादित पदमा आसीन डाक्टर भक्तमान क्यान्सर अस्पतालको अतिरिक्त भरतपुरको नारायणी सामुदायिकलगायत अन्य अस्पतालमा पनि पैसा कमाउन काम गरिरहेका छन् । पदको मर्यादालाई नाघेर पैसाका लागि विभिन्न अस्पताल धाउने भक्तमानको धनप्रेमलाई हेर्दा छोटै अवधिमा भक्तमानले सबै प्रकारका काम गरेर निकै धन आर्जन गरेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । भक्तमानको धनप्रेम र १९ दिनको गुप्तवासपछिको सकुशल रिहाइ बताइनुलाई सीधै यदि अपहरण भएकै भए पनि फिरौती वा धनप्राप्तिकै लागि भक्तमान बेपत्ता भएका वा गरिएका अनुमान लगाउन गाह्रो पर्दैन । भक्तमान बेपत्ता हुँदा दुई हप्ताभन्दा बढी चितवनका अस्पतालहरू आन्दोलनका नाममा बन्द गरियो । उपचार पाउनु हरेक मानवको अधिकार हो । यो कोणबाट हेर्दा सीधै मानव अधिकारको हनन गरियो । जुनसुकै नागरिक बेपत्ता वा अपहरणमा पर्दा सरकार, नागरिक समाज र विभिन्न पेसामा आबद्ध मानिसले खोजी र उद्धार कार्यमा उत्तिकै तदारुकता प्रदर्शन गर्नुपर्नेमा यतिबेला पनि मुलुकभित्र केही नागरिक अपहरणमा परेका छन् राज्य र नागरिक समाज मूकदर्शक भएर हेरिरहेका छन् । डाक्टर भक्तमानको हैसियतवालाको खोजी हुने, उद्धार हुने तर कमजोर र पहुँच नभएकाहरूको खोजी र उद्धार नहुने र नभएको स्थिति देखा पर्नु अत्याचारको पराकाष्ठा हो । चिकित्साकर्मी डाक्टर भक्तमानलाई १९ दिनसम्म साँच्चै बेपत्ता पारिएकै हो भने यो अत्यन्तै दुःखद् र खेदजनक विषय हो । भक्तमान जतिसुकै धनप्रेमी भए पनि, आर्थिक भ्रष्टाचारी भए वा नभए पनि नेपालको स्वास्थ्यक्षेत्रलाई उनको खाँचो छ । सम्मानका साथ डाक्टर भक्तमानलाई राष्ट्रले काममा खटाउनुपर्छ । उनको खुबीको सदुपयोग राष्ट्रले गर्नुपर्छ । तर त्यसको अर्थ भक्तमान मात्रै सबैथोक हुन् अरू डाक्टर र स्वास्थ्यकर्मीहरू केही होइनन्, किसान, निजामती कर्मचारी, शिक्षक, पत्रकार र अन्य थुप्रै पेसाका मानिस केही होइनन् भन्ने खालको व्यवहार राज्यले कुनै पनि हालतमा प्रदर्शन गर्नु हुँदैन । हरेक कोणबाट हेर्दा डाक्टर भक्तमान श्रेष्ठ बेपत्ता प्रकरणलाई उनले कमाएको धन नै प्रमुख कारण हो भन्न सकिन्छ । आज धनकै लागि अपहरण गरिएको हो र भक्तमानले केही करोड रकम फिरौती बुझाएर आएका हुन् भने अब अपहरणमा पर्ने पालो अन्य डाक्टरको हो दुःखका साथ भन्न र लेख्न करै लाग्छ । त्यस्तो स्थिति नआओस् भन्नाका खातिर पनि त्यो रहस्यको गाँठो फुक्नैपर्छ, फुकाउनैपर्छ । डाक्टर भक्तमानले अपहरणकारी को हो – भन्नैपर्छ । यदि यो रहस्य खुल्दैन भने मुलुकभरिका स्वास्थ्यकर्मीले कुन मनस्थितिले उपचारकार्य गर्लान् – रहस्य रहस्यकै रूपमा रहने हो भने मुलुकको अन्य क्षेत्र त तहसनहस भएकै छ स्वास्थ्य क्षेत्र पनि ध्वस्त हुने स्थिति शीघ्र देखापरर््र्नेछ । मुलुकभरिका स्वास्थ्यकर्मीको मनोबल गिर्न कुनै पनि हालतमा दिन हुँदैन । आफू एक व्यक्तिलाई जतिसुकै कठिनाइ झेल्न किन नपरोस् देश र जनताका लागि डाक्टर भक्तमानले आफू बेपत्ताको रहस्य उद्घाटन गर्नेपर्छ यदि उनी आफूलाई कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी मान्छन् र राष्ट्रलाई अलिकति भए पनि माया गर्छन् भने ।