नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व


नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ ।

११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडलहरू र कम्प्रेसरमा ६० महिना (५ वर्ष) को विशेष वारेन्टीका साथ सीजीले नेपाली उपभोक्ताहरूको मन जितिरहेको छ ।

गर्मीको मौसममा चेष्ट फ्रिजरको महत्त्व : किन  यो अनिवार्य ?

नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठूलो चुनौती हो । यस्तो अवस्थामा सीजी चेष्ट फ्रिजर निम्न कारणले बरदान साबित भइरहेको छ :

  • ताजगीको दीर्घायु: चर्को गर्मीमा दुध, दही, मासु र तरकारी जस्ता वस्तुहरू छिटै बिग्रने डर हुन्छ । सीजीको ‘सुपर फास्ट फ्रिजिंग’ प्रविधिले यी सामग्रीको प्राकृतिक गुण र ताजगीलाई लामो समयसम्म जोगाएर राख्छ।
  • आर्थिक बचत: एकैपटक धेरै सामान भण्डारण गर्न सकिने हुनाले पटक-पटक बजार जानुपर्ने झन्झट हट्छ र थोक खरिद गर्दा पैसाको समेत बचत हुन्छ ।

किन रोज्ने  सीजी (CG) ?

बजारमा धेरै विकल्पहरू भए तापनि नेपाली व्यवसायी र घरधुरीले सीजीलाई नै रोज्नुका मुख्य कारणहरू यस प्रकार छन्-

  • ६० महिनाको ढुक्क सेवा (५ वर्ष वारेन्टी): सीजीले आफ्ना चेष्ट फ्रिजरका कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ, जसले ग्राहकलाई लामो समयसम्म निश्चिन्त बनाउँछ र लगानीको पूर्ण सुरक्षा दिन्छ ।
  • रोबस्ट एण्ड रिलायबल कम्प्रेसर (Robust and Reliable Compressor): नेपालको प्रतिकूल मौसम र अस्थिर भोल्टेजमा पनि कुनै रुकावट बिना निरन्तर चल्न सक्ने शक्तिशाली कम्प्रेसर ।
  • नेपाली व्यवसायको सारथी: साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त २८ वटा फरक मोडलहरू उपलब्ध हुनुले हरेक व्यवसायीलाई आफ्नो आवश्यकता अनुसारको सही छनोट गर्ने अवसर दिएको छ ।
  • उच्च कुलिङ रिटेन्सन: विशेष इन्सुलेशन प्रविधिले गर्दा बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम रहन्छ, जसले सामानहरू बिग्रन दिँदैन ।
  • सजिलो किस्ताबन्दी (EMI) र ०% ब्याज: अब ग्राहकले नागरिकता मात्र पेश गरेर ०% ब्याज (0% Interest) र सजिलो मासिक किस्तामा आफ्नो रोजाइको चेष्ट फ्रिजर लान सक्नेछन् । यो ‘गेम चेन्जर’ अफरले साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई निकै राहत पुर्‍याउनेछ ।

४० वर्षको भरोसा  देशव्यापी सञ्जाल

देशभर रहेका २१ वटा सिजी डिजिटल (CG Digital) का शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन् । अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ ।

‘नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो’- सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए । Experience Life with CGको मूल नारालाई आत्मसात गर्दै सीजीले सधैं नेपालीहरूको जीवनस्तर उकास्ने र समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

advertorial