धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार (२७ वैशाख) धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएअनुसार गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङहोम लगिएकामा उपचारका क्रममा दिउँसो भुजेलको मृत्यु भएको हो ।
घटनामा छुरा प्रहार गर्ने धरान उपमहानगरपालिका-१९ का अर्जुन विश्वकर्मा फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया