टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी


टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । ‘आज (२८ वैशाख) बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ’, उनले भनेका छन्- ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’

बताइएअनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । यात्रुहरुलाई आपतकालीनद्वारबाट सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए ।