अभियन्ता वादी प्रहरी नियन्त्रणमा

अभियन्ता वादी प्रहरी नियन्त्रणमा


प्रहरीले वादी अभियन्ता डा. रोशनी वादीलाई नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “इजलासमा हुलहुज्जत गर्न खोजेपछि उहाँ लाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।”

सर्वोच्च अदालतमा आज (३० वैशाख) फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा. रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
(