प्रहरीका उच्चाधिकारीको यो गलफत्ती

प्रहरीका उच्चाधिकारीको यो गलफत्ती


आफ्नो सङ्गठनका विषयमा गम्भीर छलफल गर्ने भनी सुरक्षा निकायका केही बहालवाला र पूर्वउच्चाधिकारीबीच हालै एउटा जमघट आयोजना भएको थियो । बेलुका अबेरसम्म ‘छलफल’मा बसेका ती अधिकारीहरूले हालै नेपाल सरकारले घोषणा गरेको तक्माको विषयलाई लिएर लामो समय गुजारे । तक्मा घोषणालगत्तै केही एनजीओ-आईएनजीओका अतिरिक्त कतिपय बुद्धिजीवी भन्नेहरूले डलर डकारेर प्रायोजित रूपमा यस्तो खेल खेलेका र प्रहरीभित्रैका उपबुज्रुक प्रवृत्तिका उच्चाधिकारीहरूले उछालेको उनीहरूले निष्कर्ष निकाले । सरकारले हालै नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलगायतलाई विभिन्न पदकबाट विभूषण गर्ने निर्णय गरे तापनि पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कुवेरसिंह राना र दुर्जकुमार राईलाई दिने घोषणा गरिएको पदक बदर गर्ने निर्णय गरिएको थियो । त्यसो त सबै पदक हाललाई नदिनू-नदिलाउनू भन्ने सर्वोच्च अदालतको आदेशपछि पदक फिर्ता गर्छर्ुुनी राज्यलाई धम्क्याउने आईएनजीओवालाहरू र आफ्नै हात जगन्नाथ गरी पदक आफैंले आपै+mलाई सिफारिस गर्ने मन्त्रालयका सचिवहरूसमेत जिल्लाराम परेका छन् । त्यस दिनको प्रहरी उच्चाधिकारीहरूको गोप्य छलफलमा ‘जनआन्दोलनमा मात्र नभई हरेक सरकारका आदेशहरू इमान्दारीका साथ पालना गर्ने कर्तव्यनिष्ठ व्यक्ति’ भन्दै सशस्त्रका डीआईजी दुर्जकुमार राई र उनका ब्याजेहरूका बारेमा राम्रै मन्थन गरेका थिए । जनआन्दोलनका क्रममा कलंकीमा सहिद भएका सगुन ताम्राकारको निधन पेस्तोलको गोलीले नभई एसएलआरको गोलीले भएको र सोको प्रमाण डा. हरिहर वस्तीले पोस्टमार्टमको रिपोर्टमा उल्लेख रहेको आफू स्वयम्ले देखेको, त्योबाहेक रायमाdmी आयोगका डा. किरण श्रेष्ठसमेतले सदर गरिसकेको अवस्था रहेको त्यहाँ उपस्थित एक अधिकारीले बताएका थिए । उनले त त्यहाँ यसोसम्म भने, ‘दुर्जले मान्छे त के हालसम्म फिस्टेचरासम्म मार्ने आँट गरेको छैन, यो मेरो २४ वर्षको सङ्गतको अनुभव हो ।’ ती पूर्वडीआईजीले रात छिप्पिँदै गर्दा पछि चर्कै स्वरमा दाबी गरे, ‘यो सतीले सरापेको देश हो, यहाँ यस्तै हुन्छ । यो तक्माको घटना उछाल्नेमा हालै मात्र पथलैयामा श्रीमतीमार्फत करोडाँै रुपैयाँ असुली धन्दा गरेको आरोप लागेको खबरसँगै प्रधानमन्त्री माधवकुमार नेपालको ठाडो आदेशमा हेडक्वाटर तानिएका सशस्त्र प्रहरीका डीआईजी कृष्णकुमार तामाङको हात रहेको छ ।’ उनले आफ्नै साथीहरूमाथि घात गर्ने, आफ्नो सङ्गठनका गोप्य कुरा बाहिरका व्यक्तिहरूलाई थाहा दिने कृष्ण तामाङको पुरानै आदत भएको भन्दै केही फेहरिस्तसमेत पेस गरेका थिए ।
०४३ सालमा प्रहरी निरीक्षकमा भर्ना हुँदाताकाका दुर्ज राई, जितबहादुर पुन, कृष्ण तामाङ मात्र हाल सशस्त्र प्रहरीमा छन् । त्यसबेला उनीहरूमध्ये अत्यन्तै घनिष्ठ मित्र दुर्ज र जितबहादुर थिए । उनीहरूलाई तह लगाउने अर्सइबाट सोही ब्याचमा इन्स्पेक्टर बन्न आइपुगेका पूर्वडीआईजी खोजबहादुर गुरुङ नै थिए । उनीहरूका त्यसबेलाका टिमका राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, परशुराम खत्री, गणेशराज राई, रमेशशेखर बज्राचार्य र विज्ञान शर्मा हाल नेपाल प्रहरीमा डीआईजी भइसकेका छन् । उनीहरूले हरेक तालिमहरूमा राम्रो पोजिसनमा आउने गरेका हाल मुक्तिनाथ बाहिनी पोखराका सहायक बाहिनीपति एसएसपी जितबहादुर पुनकाबारे लामै मन्थन गरेका थिए । सङ्गठनको काममा इमान्दार मानिएका पुनमाथि अन्याय गरेका आईजीहरू सहवीर थापा जनआन्दोलनको दोषी ठहर्‍याई समयमै घर जानुपरेको, वासुदेव ओली पनि तीसवर्षेले घर जानुपर्ने बाध्यता आएको र हालका आईजीले एकपटक इन्कार गरिसकेको र अब हेर्न बाँकी रहेको ती अधिकारीहरूले निष्कर्ष निकालेका थिए । एसएसपी जितबहादुर पुनको ज्रि्रो लट्पटिएर बोल्नुपर्ने बाध्यतालाई आईजी सनतकुमार बस्नेतले ‘बिहानैदेखि रक्सी खाने गरेको’ भनी बुझेको निष्कर्ष निकाल्दै उनीहरूले त्यो कुरा निराधार रहेको दाबी गरे । पुन डीएसपी हुँदाताका सवारी दुर्घटनामा परेपश्चात् बोल्दा ज्रि्रो लट्पटिने गरेको उनीहरूले त्यहाँ प्रस्ट्याएका थिए । ‘त्यो जितेलेे चाकडी भाषा बोल्न जान्दैन, होइन भने ग्रासरुटका पब्लिकसँग राम्रो सर्म्पर्क रहेको, जनता माझको सूचना लिएर बस्ने गरेको र बेलुकी आठ नबजी जाँडमा हातै नलगाउने, बेलुका पनि २ प्याक लगाएपछि सुतिहाल्ने व्यक्ति किन पछिपथ्र्यो – यो आईजीसाबले बुझ्न नसकेजस्तो लाग्यो,’ हातमा गिलास समाउँदै एक अधिकारीले भने, ‘अन्याय गर्दै गए जोकसैको पनि राम्रो हुँदैन ।’
उता नेपाल प्रहरीका पश्चिम क्षेत्रका कमाण्ड सम्माहलिरहेका नम्बर १ डीआईजी कुवेरसिंह रानाका बारेमा पनि लामै गन्थन उनीहरूले गरेका थिए । डीआईजी राना नेपाल प्रहरीको सङ्गठनभित्रका राम्रा क्वालिटीका अफिसर हुन् । उनलाई समाप्त पार्न केही भ्रष्ट सहकर्मीहरू लागेका होलान् भन्ने अनुमान जमघटका रौसेहरूको रह्यो ।
त्यसैगरी गिरिजा कोइरालाको श्रद्धाञ्जली कार्यक्रमका लागि टुँडिखेल पुगेका बेला आफू सिनियर डीआईजी रहेको भन्दै नक्कली सरि्टफिकेटको आशङ्कामा परेका डीआईजी कृष्णकुमार तामाङले ‘किन जुनियरसँग हात मिलाउन जाने -‘ भन्दै आफूहरूसँग नबोलीकन गमक्क भएर बसेको कुरालाई पनि उनीहरूले छलफलको विषय बनाएका थिए । तीमध्ये एक डीआईजीले तामाङलाई ‘तँ मु…के ठालु हुन्छस्’ जस्ता शब्द प्रयोग गरेको र सँगै रहेका अरू डीआईजीहरू गलल्ल हाँसेको प्रसङ्गसमेत जोडेका थिए । ‘त्यो तामाङलाई न उच्च अधिकारीले मन पराउँछन् न त सेनासँग नै राम्रो छ, तल्लो दर्जाकाले पनि उसलाई देखिसहन्नन्, त्यसैले त्यसको भविष्य अब राम्रो छैन’ भन्दै एक डीआईजीले भन्न थालेपछि अर्कोले ‘के मा ढुङ्गा हान्दा मुखैमा छिटो भनेजस्तो त नगरौँ न है’ भनी टिप्पणी गरिदिए । यसपछि रन्थनिएका ती डीआईजी सम्हालिनसक्नुगरी उप्रिmन थालेपछि राति १ बजे जमघट कार्यक्रम विसर्जन गरेर सबै आ-आफ्ना ‘कटेरो’तिर लागेका थिए ।
– ँराज’ गुरुङ अवकाशप्राप्त प्रहरी
-हाल ः भैंसेपाटी, ललितपुर)

विश्व खाद्य कार्यक्रमले यो के गरेको –
विश्व खाद्य कार्यक्रमका गोदाममा रहेका खाद्यान्नहरूको निष्पक्ष वैज्ञानिक परीक्षण गर्न र विश्व खाद्य कार्यक्रमका खरिद, भण्डारण र वितरण प्रणालीलाई जवाफदेही बनाउनका लागि पारदर्शी अनुगमन प्रणाली सुनिश्चित गर्न विश्व खाद्य कार्यक्रमको मुख्य कार्यालय तथा नेपाल सरकारसमक्ष हामी माग गर्दछौं । विश्व खाद्य कार्यक्रमद्वारा वितरित तथाकथित पौष्टिक आहार खाने विद्यार्थी बिरामी भएका छन्, नेपाल सरकारको नियम-कानुनलाई विश्व खाद्य कार्यक्रमले ठाडै अपमान गर्दै आएको छ र उसले नेपालको खाद्य प्रयोगशाला स्तरहीन छ भन्दै परीक्षण-प्रणाली आफ्नै मातहत सञ्चालन गर्ने गरेको छ, तर नेपाल सरकार अझै पनि आफ्नो कानुनी दायित्व र जवाफदेहिताप्रति अकर्मण्य रहेको छ ।
जाजरकोटको खगेनाकोट-४ स्थित सरस्वती प्रावि र धिमे-१ स्थित रामचन्द्र प्राविमा वितरित पौष्टिक आहार गुणस्तरहीन रहेको जिल्ला शिक्षा कार्यालयले नै स्वीकार गरिसकेको छ । विश्व खाद्य कार्यक्रमद्वारा गत वर्ष जाजरकोटमा वितरित चामल पशुपक्षीले समेत खान अयोग्य रहेको सरकारी खाद्य अनुसन्धानशालाको परीक्षणबाट प्रमाणित भएको थियो । स्मरण रहोस्, गत वर्ष जाजरकोटमा झाडापखालाबाट दुई सय १९ जना मानिसको मृत्यु भएको थियो । – इन्सेक

यौनकर्मीको तथ्याङ्क खोइ –
नेपालको जनगणना गरिएको सय वर्ष पुगेको छ । यसैबीच सरकारले आगामी २०६८ मा जनगणना गर्ने तयारी भइरहेको बताएको छ । यता यौनकर्मीहरूले चाहिँ आफ्नोबारेमा विवरण सङ्कलन नगरिएकोमा चिन्ता व्यक्त गरेका छन् । जनगणनामा यौनकर्मीको पनि विवरण सङ्कलन गर्न एक यौनकर्मीले तथ्याङ्क विभागलाई अनुरोध गरेकी छिन् भने अग्लो शिवमर्ूर्ति उद्घाटन गर्न केही दिनअघि साँगा पुगेका देहव्यापारका पक्षधर मन्त्री शरतसिंह भण्डारीसँग यस विषयमा कुरा गर्ने खोज्ने अर्की यौनकर्मीलेचाहिँ मन्त्रीसँग कुरा पाइनन् । यौनकर्मीहरूको तथ्याङ्क नहुँदा वैदेशिक सहयोग प्राप्त गर्न समस्या रहेको सचेत यौनकर्मीहरूको गुनासो रहँदै आएको छ । एड्स नियन्त्रणका लागि आफूहरूको नाममा आउने करोडौं रुपैयाँ अरूले पाइराखेकामा उनीहरू दुःखेसो पोख्छन् । यौनकर्मीको पेसालाई जनगणनामा मगन्तेको सूचीमा राख्ने गरिएको छ । अवैध पेसा भएकोले यौनकर्मीको छुट्टै विवरण सङ्कलन गर्न नसकिने तथ्याङ्क विभागले जनाएको छ ।
– रविन राचलिका, भक्तपुर