कवि राजेशको ‘मुटु फलाम भएर’ विमोचित

कवि राजेशको ‘मुटु फलाम भएर’ विमोचित


सुपरिचित पत्रकार एवम् प्रखर कवि राजेश ढुंगानाको तेस्रो कविता-कृति ‘मुटु फलाम भएर’को विमोचन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्रेक्षालयमा यही जेठ ३० गते वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ढुंगानाको सो पछिल्लो कविता संग्रहको विमोचन गरेका हुन् ।

कवि राजेशको कवित्व र सिर्जनाको मौलिक वैशिष्ट्य बारे प्रा.डा. लक्ष्मणप्रसाद गौतमले टिप्पणी गरेको कार्यक्रममा प्रख्यात साहित्यकार कृष्ण धरावासीले कवि राजेशको सिर्जना कवितामा मात्र सीमित नरहेर पत्रकारितासम्म विस्तारित रहेको चर्चा गरेका थिए ।

कवि राजेशका कविता क्रान्तिकारी, सन्देशमूलक, समय चेतयुक्त र परिवर्तन अपेक्षु रहने गरेको पनि उनले सुनाएका थिए ।

कवि राजेश ढुंगानाका यसअघि ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ कविता संग्रह प्रकाशित छन् ।