जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार आफैंले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा आज (२६ असार) निधन भएको वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गरेका छन् ।
यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।
नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए ।
प्रतिक्रिया