म र तिमीबीचको दूरी– राज्यशोभा श्रेष्ठ

म र तिमीबीचको दूरी– राज्यशोभा श्रेष्ठ


मैले स्वाभिमानको कुरा गरे
तिमी पैसाको अहम् पोख्थ्यौ
मैले इमानको कुरा राख्दा
तिमी महलको कुरा गथ्र्यौ
आत्मसम्मानको बेखबरीमा
म बेचैनी हुँदा
तिमी भने नशाको बेहोसी चालमा
आफ्नै संसारमा नतमस्तक हुन्थ्यौ

म देशको बेचैनीमा दोधार पर्दा
तिमी भने
देश त्यागेर मुग्लान पस्ने कुरा गथ्र्यौ
म देशको माया ब्याकुल बन्दा
तिमी युरोप झर्ने कुरा गथ्र्यौ

म आमाको खातिर ज्यान दिन तयार हुन्थेँ
तिमी स्वार्थको भुमरीमा चक्रब्यूह हुन्थ्यौ
राष्ट्रको मानमा खोट लाग्दा
मनभरि चोट बोकी भक्कानो फुटाउँथेँ म
तिमी भने पैसाको रापमा ढाड सेकाएर
मस्त–मस्तसँग बेफिक्री हिँड्थ्यौ ।