यी सहिद होइनन् भने ती पनि होइनन्

यी सहिद होइनन् भने ती पनि होइनन्


-वसन्तराज कुँवर
उनको थर पन्त थियो, पद प्रहरी जवान र उनको घर सायद डडेलधुरा थियो । म सर्ुर्खेतको प्रहरीप्रमुख हुँदा उनी मेरा बडीगार्ड थिए । जस्तोसुकै अवस्थामा पनि खिसिक्क हाँस्ने उनको अनुहार मलाई खुवै मन पथ्र्यो । एकदिनको कुरो हो, म दैलेखतर्फ जाने साँघुरो बाटोमा गस्ती गएको थिएँ, बाटामा केही पड्किएझैं लाग्यो । मैले त सुनिनँ, पन्तले सुनेछन् । उनी बिजुलीको गतीमा गाडीबाट ओर्लिएर म बसेको गाडीको ढोका कभर गर्न आइसकेका थिए । ममाथि हुन सक्ने आक्रमण आफ्नो छातीमा थाप्ने उद्देश्यले उनी मेरा ढोकाअगाडि उभिएका थिए ।
त्यस दिन त्यहाँ त्यस्तो कुनै अप्रिय घटना त घटेन तर जुन प्रकारले पन्त मेरो ज्यान बचाउन आफूलाई ढाल बनाएर उभिए त्यो घटनाले भने मलाई निकै संवेदनशील बनायो । त्यो घटना सम्झँदा मात्र पनि मेरो आँखा अनायसै रसायो । मैले सोचे यो केटो कहाँ जन्मिएको र मकहाँ जन्मिएको – एउटा गोलीले म मात्र होइन उसको पनि प्राण जान सक्थ्यो । फेरि यो सब थाहा पाउँदापाउँदै पनि उसले जसरी गोलीको आवाज मात्र सुन्दैमा आफ्नो ज्यानको कुनै पर्वाह नगरी मलाई बचाउन खोज्यो त्यसको गुण म कसरी तिर्न सकुँला – र्फकने क्रममा मैले यही कुरा सोचिरहेँ । मैले सोचेँ, जसरी म कसैको छोरा र पति थिएँ त्यसरी नै त्यो जवान पनि कसैको छोरा र पति थियो । दर्जामा मभन्दा सानो, तलब, सुविधा मभन्दा कम भएर पनि हाकिमका लागि ज्यान समर्पित गर्ने त्याग भने उसमा मभन्दा कति हो कति माथि थियो । म त्यस दिन हृदयदेखि नै त्यो प्रहरी जवानलाई जयनेपाल भनिरहेको थिएँ । दर्ज्यानी चिह्न ठूलो लगाएका कारण मुखले जयनेपाल भन्न नसके पनि म मनमनले तिनलाई जयनेपाल भनिरहेको थिएँ । त्यस साँझ ऊ कार्यालय समयपछि परिवार भएको ठाउँमा जान स्वीकृतिका लागि मकहाँ आयो । मैले उनलाई बस भनेर अगाडि मेच देखाएँ । ऊ बस्न हिच्किचाउँदै मुसुक्क हाँस्यो । मैले फेरि बस्नु भने । ऊ अप्ठ्यारो गरी बस्यो । मैले भने, ‘तिमी मलाई बचाउन किन गाडीको ढोकामा उभियौ – यसो गर्दा तिमी आफंै असुरक्षित हुँदैन थियौ र -‘ उसले हाँस्दै भन्यो, ‘पुलिसमा जागिर खाएर मर्न डराउनु हुन्छ र सर -‘ मैले भने, ‘त्रि्रो परिवार छ नि, श्रीमती छन् -‘ उसले भन्यो, ‘पुलिसको परिवार त देश नै हो नि सर ।’ म चुप बसेँ । ऊ फेरि मुस्कुरायो । मैले सोधेँ, ‘कस्तो छ त्रि्री श्रीमतीलाई -‘ उसले लाज मान्दै दुई जिउ भएकी बतायो । यो बताउँदा ऊ मेरोअगाडि रातोपिरो हुँदै जमिनतिर घोप्टिरहेको थियो ।
केही समयपछिको कुरा हो एसएलसी परीक्षा आयो । माओवादी युद्धकालमा एसएलसी परीक्षा चलाउनु पनि चुनौती नै थियो । परीक्षामा कसरी सुरक्षा दिने – भन्ने सम्बन्धमा भएका हरेक मिटिङहरूमा भएका कुरा त्यो गार्डले एउटा कुनामा बसेर सुनिरहेको हुन्थ्यो । एक दिन प्रजिअकहाँबाट एसएलसी जाँचको सुरक्षा सम्बन्धमा मिटिङ गरेर फकिर्ंदा बाटोमा उसले भन्यो, ‘सर हजुरले पिर मान्नुपर्दैन एसएलसी राम्रोसँग सम्पन्न हुनेछ ।’ मैले उसलाई पुलुक्क हेरेँ । ऊ उही पुरानो हिसाबले खिस्स हाँसिदियो ।
एसएलसीको प्रश्नपत्र सर्ुर्खेत आइपुग्यो । त्यसमध्ये केही प्रश्नपत्र सर्ुर्खेत र सल्यानको बोर्डरमा रहेको बादेपिपल भन्ने ठाउँमा पठाउनुपर्ने भयो । प्रश्नपत्र पठाउन सडक विभागको डम्फर गाडी खोजियो । प्रश्नपत्रहरू सुरक्षित रूपमा पठाउन सुरक्षा दल पनि आवश्यक पथ्र्यो । प्रश्नपत्र लिएर त्यता पठाउन चाहिने प्रहरीसङ्ख्या पुगेनछ, त्यसैले कार्यालयको हवल्दार मेजर यसलाई उसलाई बोलाउँदै त्यसतर्फ गइदिन अनुरोध गर्दै थिए । म पनि यो सब देखिरहेको थिएँ । खटिएका प्रहरीहरू लाहछाप लागेको प्रश्नपत्र बुझ्दै थिए । अझै त्यहाँ पठाउन दुई-चार जना प्रहरी पुगेन । पन्त पनि मेरो छेउमै उभिएर यो सब घटना हेरिरहेको थियो । हवल्दार मेजरले केही प्रहरी त्यसतर्फ खटाउन नपाएको घटनाले उसलाई उकुसमुकुस बनाएछ । उसले बुट बजारेर मेरो ध्यान आकरि्षत गर्‍यो र भन्यो, ‘सर प्रश्नपत्र लिएर जाने सङ्ख्या पुगेनछ आदेश भए म गइदिऊँ कि -‘ मैले भने, ‘किन -‘ उसले भन्यो, ‘त्यता पठाउने मान्छे भएनजस्तो छ सबै ड्युटीमा छन् ।’ मेरो सम्मान उसमाथि फेरि बढ्यो । मैले ‘जानू’ भनी आदेश दिएँ । ऊ फेरि पुरानै शैलीमा किच्च हाँस्यो र जोडले बुट बजारी बर्ुकुस्सी ठोकेर मृग दौडिएझैं दौडियो ।
डम्फर गाडीमा प्रश्नपत्र लिएर त्यो टोली सल्यानको बाटो हुँदै गन्तव्य स्थानमा पुगी प्रश्नपत्र हस्तान्तरण गरी फर्कियो । र्फकने क्रममा एक अनकन्टार सङ्ग्राही खोला भन्ने स्थानमा माओवादीहरूले थापेको एम्बुसमा परी पूरै गाडी पल्टिएर नदीमा झरेछ । ६ जना प्रहरीले त्यहीँ ज्यान गुमाएछन् । मध्यरातमा मात्र मलाई यो कुरा थाहा भयो । तत्कालै अँध्यारोमा प्रहरीहरू पठाइयो । रातभरको प्रयासपछि कोही जिउँदो, कोही मृत, कोही अङ्गभङ्ग भएको अवस्थामा प्रहरी कर्मचारीहरूलाई बिहानीपख जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यतिबेलासम्म सम्पूर्ण प्रहरीका नजिक रहेका परिवारहरू पनि त्यहाँ आइसकेका थिए । घाइतेहरूलाई अस्पताल पठाइयो । बाँचेकाहरू रातभरको थकाइले चौरमै सुते । मरेका ६ जनालाई कम्बलले ढाकिएको थियो । मैले नजिक गएर हेरेँ । इन्स्पेक्टरले छडीले हटाउँदै एक-एक गरी मर्ने प्रहरीहरूको अनुहार देखाए । जति देखाए त्यति मेरो आँखा आँसुले भरिँदै आयो । म डाको छोडेर रुन चाहन्थे तर इन्चार्ज भएकोले सकिरहेको थिइनँ । जब अन्तिम प्रहरीको मुखबाट कम्बल हटाइयो एकपल्ट भक्कानो फुटेर ‘घुँक्क’ गर्दै मेरो रुवाई मुखबाट बाहिर निस्क्यो । ती तिनै मेरा गार्ड पन्त थिए जो प्रश्नपत्र पुर्‍याउने मान्छेको अभाव देख्न नसकेर त्यस काममा स्वेच्छाले मद्दत गर्न त्यसतर्फ गएका थिए । मैले सुँक्क गरी रोएको सबैले देखे । म फनक्क फर्किई दुवै आँखा छोपेँ र एकपटक भित्रभित्रै मज्जाले रोएँ । मेरा आफन्त मर्दा पनि म त्यसरी कहिल्यै रोएको थिइनँ । केहीछिनमै आफूलाई सम्हाल्दै मैले लासहरू सम्बन्धित ठाउँमा पुर्‍याउन आदेश दिएँ । सबैको लास अन्य जिल्लाका घरघरमा पठाउने काम सुरु भयो । पन्तको श्रीमती सर्ुर्खेतमै भएकीले उनलाई पनि बोलाउन पठाइयो । उनी गर्भवती रहिछिन् । म पन्तको लासलाई श्रीमतीले हेरेको दृश्य हेर्न सक्ने अवस्थामा नभएकोले कार्यालय गएँ । केहीक्षणपछि नै एउटा भयानाक चित्कार गुन्जियो । मैले बुझिहालेँ ती गर्भवती श्रीमतीले आफ्ना मृत पति भेटेको हुनुपर्छ । उनको चित्कारसँगै कार्यालयमा म पनि रोएँ । केहीक्षणपछि म बाहिर आएँ । फूल टिपेँ र उनको मृत शरीरमा राखेँ । एकपटक मैले कम्बल हटाउन भनेँ । कम्बल हटाइयो । मैले देखेँ उनको दाइने खुट्टा पूरै त्रि्राबाट चटक्कै बमले छिनाएको रहेछ । मैले उनको मुहार हेरेँ । अझै पनि खिस्स हाँसेकै देखिन्थ्यो । यस्तो लाग्दथ्यो मानौँ उसले भनिरहेको थियो, ‘सर पिर नगरौँ यसपालि एसएलसी राम्रोसँग सम्पन्न हुनेछ । फेरि भेटौँला है ।’
आज म जब हजारौँ सहिदको नाम देख्छु । तिनलाई सहिद घोषणा गर्न दबाब दिने राजनीतिक दलहरूको प्रयास देख्छु, तिनलाई आर्थिक सहयोग दिलाउन चिच्याई-चिच्याई सडक र सदनमा कराउने नेताहरू देख्छु, तब म पनि ती व्यक्तिहरूमध्ये देशका लागि ज्यान दिने पन्त र पन्तसँगै ज्यान गुमाउने अरू प्रहरीको सम्बन्धमा पनि बोलिदिने कोही व्यक्तिको खोजी गर्छु । तर कोही पाउँदिनँ । त्यस समय मलाई बडो दुःख लाग्छ जब पन्तजस्ता देशका लागि ज्यान गुमाउनेहरूको सम्बन्धमा बोलिदिने यहाँ कोही देख्दिनँ । उसले र ऊसँग मर्नेहरूले पनि त एसएलसीको प्रश्नपत्र पुर्‍याउन जाँदै ज्यान गुमाएका थिए नि । के पन्तलाई प्रधानमन्त्री, संसद् वा राजदूत हुनु थियो र – के तिनले कुनै राजनीतिक दलका लागि काम नगरेकै कारण सहिद बन्ने अवसर नपाएका हुन् त – के तिनले देशकोभन्दा सहिद हुनका लागि राजनीतिक दलको काम गर्नुपर्दथ्यो त – मसँग सहिद घोषणा गर्ने अधिकार छैन तर पनि हजारौँ सहिद भनिएकाहरूलाई सम्मान गर्दै म भने अर्को केही सहिदहरूलाई पनि सधैं सम्झने गर्दछु जसले सर्ुर्खेतमा प्रश्नपत्र लिएर जाँदा आ-आफ्नो ज्यान गुमाएका थिए । कसैले मानुन् या नमानुन् ती प्रहरीहरू मेरा नजरमा साँच्चिकै सहिद छन् र भइरहने छन् । मलाई विश्वास छ तिनले आजका सहिद भनिएकाहरूभन्दा कम योगदान दिएका थिएनन् । ती साँच्चिकै देशकै लागि मरेका थिए । ती मरेर गए त्यसैले बादेपिपलमा त्यस सालको एसएलसी परीक्षा राम्रोसँग सम्पन्न भयो र धेरै नेपाली शिक्षित भए ।
यद्यपि सहिदगेटमा पन्तको मर्ूर्ति छैन, गोंगबुमा उसको फोटो छैन आफ्नै लागि घर जोड्न, जग्गा जोड्न, छोराछोरी पढाउन र सुविधा भोग गर्न मात्र उच्च प्रहरी अधिकृत भएकाहरूसँग पन्तको इतिहास छैन । केवल कुर्सीका लागि अरूलाई मार्न उद्यत् हुने राजनेता भनिनेहरूका लागि पन्तको ज्यानको कुनै किमत छैन तर पनि मेरा लागि भने पन्त र सङ्ग्राहीखोलामा ज्यान गुमाउने प्रहरी जवानहरूभन्दा ठूला अरू कोही सहिद छैनन् । यदि अरू साँच्चिकै सहिद हुन् भने पन्त र ती एसएलसीको प्रश्नपत्र लिएर जाने प्रहरी जवानहरू पनि अमर र साँच्चिकै सहिद हुन् । यदि यी सहिद होइनन् भने मेरा लागि ती पनि सहिद होइनन् ।