सपिङ गर्दा पुरुष नपुङ्सक बन्ने †

सपिङ गर्दा पुरुष नपुङ्सक बन्ने †


महिलाले आफ्नो पति या पुरुष मित्रहरूलाई सपिङ गर्न लौजानुअघि सोच्नुपर्ने भएको छ । किन होला – कारण रोचक छ । हालै लण्डनमा गरिएको एक अध्ययनले सामान खरिद गरेपछि दिइने रसिद पेपरमा बिसफेनाल ‘ए’ नामक एक खतरनाक पदार्थ पाइने र त्यो हात या मुखले छोइँदा पुरुषको शरीरभित्र प्रवेश गरी हार्मोनमा दुष्प्रभाव पर्ने देखाएको छ । अध्ययनकर्ता प्रोफेसर पे|mङ्क सोभरका अनुसार रसिद कागजमा पाइने उक्त रसायनले पुरुषभित्र प्रवेश गरेपछि यौन हर्मोनमा नकारात्मक असर पार्छ र नपुङ्सक तुल्याइदिने सम्भावना अत्यधिक रूपमा बढाउँछ । त्यसो त उक्त रसायनले पुरुषलाई नपुङ्सक बनाउन लामै समय लिन्छ तर अन्य मांसपेसीहरू बढ्नुको सट्टा पेट मात्रै बढाउने र पुरुषशक्तिमा बिस्तारै कमी ल्याउने अध्ययनले देखाएको छ । अर्को रोच के पछि छ भने विसफेना ‘ए’ फुड्क्यान, खेलौना र बच्चाले दूध पिउने बोतलमा पनि केही मात्रामा पाइने र त्यसले केटीहरूमा समयभन्दा अघि नै यौवन ल्याइदिने काम पनि गर्छ । त्यसरी त्यही तत्त्वले एकातिर पुरुषलाई नपुङ्सक बनाइदिन्छ भने त्यसैले केटीमान्छेमा चाँडै यौवन ल्याइदिन्छ । केटीहरूलाई चाहिँ क्यान्सर र मधुमेहको समस्या निम्तिने सम्भावना प्रबल रहने पनि अध्ययनले देखाएको डेलिमेल पत्रिकाले जनाएको छ ।

एक वर्षभित्रै उड्ने कार बजारमा
यतिबेला पेट्रोल र डिजलको मूल्यले मात्र होइन त्यसबाट चल्ने कारको भाउ पनि आकाश छुनेगरी बढिरहेको छ । यसरी मूल्य अकासिइरहेकै बेला जमिनमा चल्ने कारले पनि अब अकाशमार्गतिरै गन्तव्य बनाएको छ । छिट्टै नै तपाईं-हामी यस्तो कारसँग साक्षात्कार गर्दै छौँ जो आकाशमा ‘गुड्छ’ । म्यासाच्युस्टेसको एक कम्पनी छेराफुजियाले उड्ने कारको निर्माण सम्पन्न गरिसकेको छ जो सन् २०११ को अन्त्यसम्ममा बजारमा उपलब्ध भइसक्नेछ ।
उड्ने कारमा दुईवटा पङ्खा फिट गरिएको हुनेछ जो सडकमा गुड्दा कारकै दुई साइडमा सपक्क भएर बस्छ । उड्नका लागिचाहिँ प्लेनलाई जस्तै यसलाई पनि ‘रन वे’को जरुरत पर्छ । ट्राजिक्सन नाम दिइएको सो कारको मूल्य १ लाख ९४ हजार अमेरिकी डलर पर्ने बताइएको छ भने यसमा रेडियो, जीपीएस र प्यारासुट फिट गर्न अलग्गै खर्च लाग्नेछ । अहिलेसम्म कम्पनीलाई यस्ता ७० कारको अर्डर आइसकेको छ ।

गालाको खोपिल्डोमा पेरी भुतुक्कै †
त्यसो त पपस्टार केटी पेरीले आफ्ना कमेडियन प्रेमी रसेल ब्रान्डसँग बिहे गर्न लागेकी समाचार मिडियामा व्याप्त छ यतिबेला । तर, पप गायनमा तहल्का मच्चाइरहेकी पेरी अर्की ब्रिटिस सुन्दरी सेरिल कोलको दिवाना बन्न पुगेकी छिन् । आफू सेरिलको प्रेममा एकोहोरिएको खुलासा गर्दै २५ वर्षीया पेरीले टि्वटरमा लेखेकी छिन्- ‘कास † स्विटी-प्रिटी सेरिलले मलाई माया गरिदिए…†-‘ एक साङ्गीतिक कार्यक्रमबीच दर्शकहरूसमक्ष नै सेरिललाई पाए आफूले विवाह गर्ने उद्घोष गर्दै पेरीले आफूलाई सेरिलको गालाको डिम्पल -खोपिल्डो)ले मोहित पारेको बताइन् । – नवीन उप्रेती