घटना र विचारलाई सुझाव

घटना र विचारलाई सुझाव


pathakmanchलोकप्रिय घटना र विचार साप्ताहिकको विगत डेढ दशकदेखिको नियमित पाठक हुँ । सटिक राजनीतिक विचार र विश्लेषणको लागि घटना र विचारको जोडा सम्भवतः नेपाली साप्ताहिक अखबार बजारमा नहोला भन्ने मेरो बुझाई छ । यदाकदा यसले पस्केका खुराक अलिक अलिनो–धमिलो नहुने त होइन, तर निरासै हुनुपर्ने गरी घटना र विचारले सामग्री पस्केको छ भन्ने ठाउँ पनि छैन । अर्थ, मनोरञ्जन, स्वास्थ्यसम्बन्धी सामग्री पस्किन कञ्जुस्याँइँ गरिएको हो या साधन–स्रोतकै अभाव हो, बुझ्न सकिएन । यसबारे सोच्दा राम्रै हुने सुझाव दिन सकिन्छ । विशेषगरी देवप्रकाश त्रिपाठीको लेख यस अखबारको गहना हो भन्न हिच्किचाउनु पर्दैन । यसअलावा एस. शाहको लेखमा पनि भरपुर गुदी भेटिन्छ । उहाँको लेखनीलाई पनि सक्दो निरन्तरता दिइयोस् । पछिल्लो चरणमा नियमित देखापरेका स्वयम्भूनाथ कार्कीका तर्कसङ्गत लेखनी पनि पठनीय छ । राजनीतिक पृष्ठभूमि बोकेका व्यक्तिका लेखरचनालाई पनि यथासक्य स्थान दिइए उपयुक्त हुन्थ्यो कि ?
– दीर्घप्रसाद भट्टराई, काठमाडौं