पौडी सङ्घमा अशोक बज्राचार्य

पौडी सङ्घमा अशोक बज्राचार्य


swimनेपाल पौडी सङ्घको चौथो साधारणसभाले अशोक बज्राचार्यलाई अध्यक्षमा पुनः निरन्तरता प्रदान गरेको छ । ललितपुरस्थित एलए स्कुलमा भएको साधारणसभाले बज्राचार्यको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको हो । उक्त साधारणसभाले सङ्घको उपाध्यक्षमा सांसद उमेश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ ‘राजु’, राजेश बज्राचार्य र महेश महर्जन नेवा र महासचिवमा जगतमान श्रेष्ठ, सचिवमा ईश्वर कार्की, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी र सहकोषाध्यक्षमा नाजिर उद्दिन मुस्लिमलाई चयन गरेको थियो ।
निर्वाचित सङ्घको सदस्यहरूमा रञ्जन भट्टराई, दीपकसागर सिंह, विपिन तिमिला, विप्लव पौडेल, रविन पौडेल, नरेश वैद्य, वासुदेव निरौला, सागर शाक्य, मुकुन्द शर्मा, नयना शाक्य, सुरेश श्रेष्ठ, डम्बरबहादुर तामाङ, विकाश शर्मा, पारस श्रेष्ठ र सञ्जयबहादुर शाह रहेका छन् । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । विजयी कार्यसमितिका सदस्यहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना प्रदान गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । साधारणसभामा कार्यसमितिका ३६, १७ जिल्लाका ३४, ओलम्पियन दुई र प्राविधिक दुई गरी ६४ जनामध्ये ४८ जनाको उपस्थिति रहेको थियो ।