गर्भनिरोधका लागि अब पुरुष-चक्की

गर्भनिरोधका लागि अब पुरुष-चक्की


प्रिवार नियोजनको दायित्व महिलाको मात्र हो भन्ने किसिमको व्यवहार हाम्रो समाजमा हुने गरेको पाइन्छ । केही हदसम्म यो धारणा विश्वव्यापी रूपमै लागू भएको छ । तर्सथ गर्भनिरोधको सवालमा महिलाले प्रयोग गर्ने अनेक औषधि आविष्कार भएका छन् । पुरुषका निम्ति गरिने भ्यासेक्टोमीबाहेक खाने औषधि निर्माण हुन सकेको छैन । यस्ता औषधि आविष्कार गर्ने अनेक प्रयासहरू असफल भएका छन् । पुरुषका लागि एक हार्मोनमा आधारित चक्की वैज्ञानिकहरूले यसअघि निर्माण गरे पनि त्यो प्रयोग गर्ने पुरुषमा डिप्रेसनको समस्या देखिनुका साथै यौनइच्छामा पनि कमी आउने लक्षण देखिएकाले असफल बन्न पुग्यो । तर, यही परिवेशमा इजराइली वैज्ञानिकहरूको एक टिमले शुक्राणुहरूको जैव रसायन मेसिनरीलाई अवरुद्ध पारेर एक यस्तो गर्भनिरोधक चक्की आविष्कार गरेका छन् जो गर्भनिरोध कार्यमा सत्प्रतिशत सफल हुन सक्छ । कुनै महिलामा गर्भ रहनका लागि शुक्रकीटमा जुन तत्त्व आवश्यक पर्छ, त्यो महत्वपूर्ण प्रोटिनलाई हटाउने तर कुनै अन्य दुष्प्रभाव नपर्ने दाबी गरिएको सो गर्भनिरोधक चक्की पुरुषले तीन महिनामा एकपटक मात्र सेवन गरे पुग्ने पनि सम्बन्धिक वैज्ञानिकहरूको कथन रहेको बेलायती अखबार डेली मिररले जनाएको छ ।

अब कारमा पनि ‘ब्ल्याकबक्स’
कम्प्युटरको अग्रणी संस्था इन्टेलले विज्ञानमा अर्को चमत्कार गरेको छ । इन्टेलले विश्वलाई चकित पार्ने क्रममा कारमा विमानको जस्तै ‘ब्ल्याकबक्स’ले दर्ुघटनाका दौरान चालकको व्यवहारलाई अडियो-भिडियोसहित जानकारी गराउनेछ । यो योजनामा दत्तचित्त भएर लागेका विशेषज्ञहरूका अनुसार ‘ब्ल्याकबक्स’ले कारको गति र कुन परिस्थितिमा बे्रक लगाइएको थियो त्यसको बारेमा पनि गराउने । यो उपकरण कारको भित्री र बाहिरी भागमा जडान गरिने भएकोले दर्ुघटनापश्चात् सम्पूर्ण विवरण थाहा पाउन सकिनेछ । विशेषज्ञले यो उपकरणको जडानपछि सम्पूर्ण सूचना प्राप्त गर्न पुलिस र बिमा कम्पनीलाई सजिलो हुने बताएका छन् । इन्टेलले आविष्कार गरेको यो प्रविधिलाई कारहरूमा जडान गर्नका लागि अहिले थुपै्र कार कम्पनीहरूसँग विचार-विमर्श गरिरहेको छ ।

लियोनाको साकाहार प्रेम बन्यो गलपासो
गायिका लियोना लेविसलाई नचिन्ने गीत-सङ्गीतप्रेमी कमै होलान्, तर उनको साकाहारी स्वभावबारे भने सबैलाई थाहा नहुन सक्छ । हुन पनि विश्वविख्यात गायिका लेविस यस हदसम्मकी साकाहार प्रेमी हुन् कि आफ्नो ब्यान्डका सबै सदस्यलाई उनले मांसाहार त्यागेर शुद्ध साकाहारी बन्न आदेश नै गरेकी छिन् । १२ वर्षको उमेरदेखि कुनै पनि मांसाहार बन्द गरेकी २५ वर्षीया लियोनाले आफ्नो ब्यान्डका सहकर्मीहरूका लागि भनेजस्तो साकाहारी भोजनको व्यवस्था आफ्नैतर्फबाट गरिदिने तर कहीँ कतैकतै मासुका परिकार उनीहरूले खरिद गरेको देखिनसहने उर्दी जारी गरेपछि ब्यान्डका सहकर्मीहरू रुष्ट बन्न पुगेका छन् । मांस-परिकारको स्वाद लिनै नपाइने हो भने आफूहरूले लियोनको साथ नै छोडिदिने धम्कीसमेत दिएपछि भने उनी विलखबन्दमा परेको समाचार सन् अनलाइनले प्रकाशित गरेको छ ।

बाख्राको दूध आमाको जस्तै
विज्ञानको चमत्कारले विश्व साँघुरिँदै गएको अवस्थामा रसियाले विज्ञानमा अर्को चमत्कार गरेर देखाएको छ । लामो अध्ययन-अनुसन्धानपछि रसियाले हालै ट्रान्सजेनिक बाख्रा बनाउन सफल भएको छ । यो बाख्राले आमाको जस्तै प्रोटिनयुक्त दूध दिनेछ । ‘लेक्टोफेरिन नामक मानवीय प्रोटिन यो दूधमा हुने भएकोले यसलाई स्तनपानको विकल्पको रूपमा पनि लिन थालिएको छ । स्मरण छ, कुनै पनि पशुको दूधमा लेक्टोफेरिन पाइँदैन । लेक्टोफेरिनले नवजात शिशुलाई रोग प्रतिरोधबाट बचाउनुको साथै विभिन्न विषाणु र ब्याक्टेरियाबाट रक्षा गर्दछ ।
सन् २००७ मा राजधानी मस्कोनजिकैको गाउँ गोल्त सोवोमा दुईवटा बाख्रामा मानवीय जीन भेट्टएिको थियो । विशेषज्ञले पनि यी दुई विशेष बाख्राको नाम ‘लेक वान’ र लेक टु’ राखेका थिए । पछि यी दुई बाख्राका पाठाहरूलाई रसियन बेलारुस बेलरोस ट्रान्जेसन खोज परियोजनाको प्रमुख हिस्सा बनाइएको थियो । उक्त परियोजनाले पाँच वर्षको अध्ययनपछि ती बाख्राहरूको दूधमा लेक्टोफेरिनको अवस्थाको बारेमा पत्ता लगाएका थिए । अहिले यी बाख्राहरूलाई लेक्टोफेरिन दूध उत्पादन गर्नमा प्रयोग गरिरहेको छ ।