विद्या भण्डारीमाथि अपराध गर्नेहरू

विद्या भण्डारीमाथि अपराध गर्नेहरू


:: विनोद त्रिपाठी ::

केही दिनअघि एकजना तराईमूलकी महिलासँग कार्यक्रममा भेट भो । निकैबेरको कुराकानीमा हालकै मधेस आन्दोलनबारे निकै कुराकानी भए । पारिवारिक कुरा पनि भए । कुराकै सिलसिलामा मैले सोधेँ, ‘तपार्इं सामाजिक क्षेत्रमा निकै व्यस्त महिला । फेसबुक चलाउनु हुन्छ कि नाइँ ?’ उनले भनिन्, ‘पहिले बनाएको हो, तर अहिले चलाउन्न ।’ किन, झन् तपाईंले आफ्नो प्रचारका लागि पनि सामाजिक साइट एउटा माध्यम हुन्छ नि, मैले जानेको कुरा बताइदिएँ । उनले यसबारे मसँग भनिन्, ‘के गर्नु, फेसबुक चलाएर, हाम्रो समाज तपाईंहरू (पहाडिया, हिमाली)को जस्तो छैन । फेसबुकमा आफ्नै घरपरिवार, इष्टमित्र साथीभाइले नानाभाँती कुरा गरेर दु:ख दिन्छन् । बरु यो चलाउनुभन्दा नचलाई आफ्नो समाजसेवा गर्दै आएकी छु ।’

उनी चर्चित अनि पहुँचवाला तराईमूलकी महिला थिइन् । उनी त यति धेरै डर र करमा बाँचेकी छिन् भने अन्य महिलाको हालत मधेसमा के होला ? निकैबेर सोचेँ । हुन त मैले तराईमा महिलाको पीडा र महिलामाथि हुने अत्याचारबारे देखेको–लेखेको धेरै भयो । तर, एउटा शक्तिशाली महिलाले सामुन्ने यसरी तराईको सामाजिक डर देखाउँदा म निकैबेर निशब्द बनेँ । यी महिला तराईको प्रतिनिधि पात्र पनि होइनन् । उनको राजनीति, प्रशासनिक र सामाजिक पहुँच थियो । तर, लाखौँ महिलामध्येको एक प्रतिनिधि पात्रको कुरा सुन्ने हो भने तराईका जिल्ला पनि नेपाल नै हो र भन्नेमा द्विविधा हुन्छ ।

यही पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवमा सहभागी हुन जाँदा जुन हर्कत प्रदर्शन गरियो यो तराईका सच्चा नेपालीका लागि सदियौँसम्म शिर निहुर्‍याइदिएको छ । यो घटना मधेसी अधिकांश पुरुषको प्रतिबिम्ब पनि थियो । १ गते बुधबार अनेक अवरोधका बाबजुद विद्यादेवी भण्डारी महोत्सवमा त सरिक भइन्, तर त्यसको दुई दिनपछि शुक्रबार अपमानपूर्ण तरिकाले स्थानीय टाठाबाठाको कार्य अक्षम्य अपराध थियो । विधुवाले मन्दिर प्रवेश गर्न नपाउने भन्दै जुन चोख्याउने कुरा सार्वजनिक भयो, यो कुराले आमनेपालीलाई मुटुमै प्रहार भएको छ । अझ यो कार्यमा जनकपुरकै युवाहरू सहभागी भएको सुन्दा तराईको भविष्य सम्झेर विरक्त लाग्यो । यो कुरा सुन्न र लेख्न पनि नसकिने खालको विषय बाहिर आउँदा तराईमा महिलाको अवस्था र उनीहरूको अधिकारबारे छर्लङ्ग हुन्छ ।
Binod Tripathi 7
राष्ट्रपति विद्यादेवी भण्डारी एक नेपाली महिला हुन् । उनी कसैकी बहिनी हुन् त कसैकी छोरी । तैपनि उनी एक आमा हुन् । उनको पद वा राजनीतिलाई आलोचना गर्ने अधिकार जोसुकैलाई पनि हुन सक्छ, तर एउटा आमाप्रति गरिएको अपराधपूर्ण व्यवहारले जनकपुरवासीलाई कहिल्यै क्षम्य बनाउनेछैन । यसमा सबै जनकपुरवासी दोषी छैनन् । निकै असल पनि जनकपुरमै बस्छन् । तर, ठूलो भीड जनकपुरमा अपराधकै लागि जन्मिएको भन्ने यो घटनाले शङ्का जन्माइदिएको छ । तराईमा महिलाप्रति गरिने व्यवहारको प्रतिबिम्ब बनाएर जनकपुरका केही अपराधीले विद्यादेवी भण्डारीप्रति गरेको अपराध भारतीय सिमानाको उपज हो ।

हामी रोटी बेटी सम्बन्ध भन्छौँ, नेपाल भारतबीच । तर, कति कहालीलाग्दो छ यही रोटीबेटी सम्बन्ध । अब यस विषयमा प्रत्येक नेपालीले गम्भीर भएर केलाउने बेला आएको छ । हाम्रो हिमाली क्षेत्रमा तिब्बतीयन र नेपालीबीच पनि विवाह हुने गर्छ । भोटे अर्थात् तिब्बतीयन मूलका नागरिकसँग हाम्रा मङ्गोलियन अनुहारका नेपालीबीच थोरै सङ्ख्यामा भए पनि विवाह सम्बन्ध नभएको होइन । तर, त्यो समाज नियालेर हेर्‍यौँ भने मातृसत्तात्मक भेटिन्छ । महिला हिंसा त परको कुरा हिमाली क्षेत्रमा महिलाको सामान्य अपमान पनि हुँदैन । एकातिर, यही नेपालको अवस्था यस्तो छ भने अर्कोतर्फ तराईको कहालीलाग्दो समाज पनि हाम्रै नेपाली समाज भन्नुपर्ने बाध्यता छ ।

एउटा अध्ययनले भन्छ– नेपालमा रोजगारीमध्ये ६० दशमलब ८ प्रतिशत महिलाले कुनै पनि पारिश्रमिक नै पाउँदैनन् । अर्थात् घरायसी काम गर्ने महिलाको आम्दानी शून्य छ । यो करिब शतप्रतिशत प्रतिनिधित्व तराईकै महिलाबाट देखाएको छ । यदि तराईका महिला अलग्याएर मात्र हेर्ने हो भने पहाड र हिमाली क्षेत्रमा नौ दशमलब तीन प्रतिशत महिलाले मात्र रोजगारीअनुसारको पारिश्रमिक पाउँदैनन् । यसरी अधिकारका विषयमा तराई र पहाड–हिमाली महिलाबीचको खाडल देखिन्छ । र, यो सबै रोटीबेटी सम्बन्धकै कारण भारतबाट आयातीत कुरीति हो ।

महिलामाथिको अन्याय, अत्याचार, ज्यादती पहाड र हिमाली पुरुषले तराईमा थोपरेका थिएनन् । उनीहरूकै घरका श्रीमान्, ससुरा, दाजुभाइले लादेको चलन हो । अब भविष्यमा आफ्नो छोरीलाई विश्वमै प्रतिस्पर्धी बनाउने हो भने यिनै पुरुषका विरुद्ध तराईका महिला उठ्नुपर्छ । नेपालले हालसम्म मानवअधिकारसम्बन्धी १९ वटा अन्तर्राष्ट्रिय विभिन्न सन्धिमा हस्ताक्षर गरेर अनुमोदन गरिसकेको छ । यी अधिकांश सन्धिहरूमा महिला अधिकारका विषयमा स्पष्ट धारणा राखिएको छ । उनीहरूको वैयक्तिक अधिकार, खान, लाउन, शिक्षा, स्वास्थ्य, यौन आदि अधिकारलाई पालना गर्ने नेपालले प्रतिबद्धता जनाएको छ ।

विश्वमै महिला हिंसा हुने क्षेत्रमध्ये भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड र पश्चिम बंगाल हुन् । जसरी जनकपुरमा विद्यादेवी भण्डारीमाथि अपराध गरियो, यस्ता प्रकारका हर्कत त भारतको यी क्षेत्रमा सेकेन्ड–सेकेन्डमा भइरहेका हुन्छन् । उनीहरू महिलामाथि गर्ने अपराधलाई पुरानो चलन ठान्छन् । राष्ट्रसङ्घ र विभिन्न संस्थाहरूको एउटा तथ्याङ्कलाई हेर्ने हो भने बालविवाह र घरभित्रको महिला हिंसा यहाँका प्रत्येक चार घरमध्ये तीन घरमा भइरहेको हुन्छ । भारतको यी क्षेत्रमा हुने भनेको सबैभन्दा ठूलो हिंसा भनेकै महिला यौन हिंसा हो । पुरुषहरूको मात्र पकड रहने, तर महिलालाई दास बनाउने मनोवृत्तिले भारतसँग सिमाना जोडिएका नेपालतर्फको भूभाग पनि अछुतो छैन ।

विद्यादेवी भण्डारीमाथि भएको अपराधलाई एउटा गतिलो पाठ बनाएर सरकारले नयाँ धारणा बनाउन आवश्यक छ । भारतको नाकाबन्दीले हामी अहिले पेलिएका छौँ । तर, रोटी र बेटीकै सम्बन्धकै कारण तराईका निर्दोष लाखौँ महिला सदियौँदेखि पेलिएको र दबिएकोमा सरकारले अब फरक रणनीति लिनुपर्छ । हालका मधेस आन्दोलनका नाममा ज्यादती गर्न बाध्य पार्ने राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र यादवलाई देशद्रोहको मुद्दा चलाई आजीवन काराबास सजाय तोक्नुपर्छ । सीके राउतजस्तालाई तुरुन्त इन्काउन्टर गर्नुपर्छ । भारतसँग जोडिएको सिमानालाई व्यवस्थित गर्न तत्काल तारबार गर्ने र भिसा प्रणाली लागू गर्न भारत सरकारसँग संवाद थाल्नुपर्छ । फेरि पनि एउटा विद्यादेवी भण्डारीमाथि भएको अपराधमा सरकारले आँखा चिम्लियो भने हरेक विद्यादेवी नेपालीआमाका छातीमाथि प्रहार वर्षनेछ । तराईका महिलाको अधिकार, स्वतन्त्रता र सामाजिक उत्पीडनलाई सरकारले सम्बोधन गर्न भने गणतन्त्रको यो कार्यकालमा हरेक नेपाली आमालाई यही ठूलो न्याय मिल्नेछ । हामीले अहिले एउटा विद्यादेवीमाथि भएको अपराधमा बोल्यौँ । तर, तराईका अधिकांश घरघरमा यो अपराध भइरहेकोतर्फ सरकार ब्युँझन सक्नुपर्छ ।