मधेशको ताण्डव र सरकारको गजँडी शैली

मधेशको ताण्डव र सरकारको गजँडी शैली


Indra-Baral

:: इन्द्रबहादुर बराल ::

मुलुक अहिले मधेसी आन्दोलनकारीको ताण्डव र गँजडी शैलीको सरकारको चंगुलबाट अत्यन्त कष्टकर जीवन बाँच्न बाध्य भएको महसुस गरिँदै छ । यतिबेला नेपालीहरू अभिभावकविहीन नाबालक र रेखदेख नपाएका वृद्धवृद्धा जस्तै भएका छन् । सरकार भए नभएको कुनै अनुभूति नै गर्न सक्ने अवस्था छैन । मानौं सरकार नै त्यस्तो कार्यलाई मौन समर्थन गरिराखेको छ, कम्तीमा पनि सरकारले गर्नुपर्ने काम अवैध कारोबारीले गरिरहेका छन् र सरकार त्यसैमा सन्तोष मानिरहेको छ । यी सब परिस्थितिलाई रित्तो राष्ट्रवादले सघाइराखेको छ । यसर्थ वर्तमानको गहिरिादो संकटका दुई जिम्मेवार पक्ष हुन ताण्डव नृत्यको शैलीमा प्रस्तुत भएका आन्दोलनकारी शक्ति संयुक्त मधेसी मोर्चा र जानी नजानी सघाइराखेको छ गँजडी सरकार ।

यहाँ आन्दोलनरत संयुक्त मधेसी मोर्चालाई ताण्डव नृत्यको उदाहरण र सरकारलाई गँजडीको रुपमा प्रस्तुत गरिएको छ । ताण्डव नृत्यको अर्थ र गँजडीको स्वभावबारे नबुझ्ने सायदै कोही होलान् । तथापि, ताण्डप नृत्यको पात्र मधेशी मोर्चाका नेता कार्यकर्ता बुरुक्क उफ्रिएर मानौं शिवजीको आराधना गरेझैं पहाडियाहरूको दानापानी रोकेर नालापानीमा कम्पनी सरकारले पानीको मुहान सुकाएर युद्ध जित्ने रणनीति लिएजस्तै ताण्डव नृत्य प्रदर्शन गररहेका छन् भने सरकार गँजडीजस्तै आत्मरतिमा रमाएको देखिन्छ । आम जनताले भोग्नुपरेको दु:ख, पीडा र कष्टप्रति सरकार कत्ति पनि जवाफदेही भएको अनुभूति हुन सकेको छैन भन्दा सरकारप्रति अन्याय भएको ठहर्दैन ।

नेपालको कूटनीति अत्यन्त कमजोर र बचकनापन देखिँदै छ भने राजनीति समेत त्यत्तिकै गैरजिम्मेवार देखिँदैछ । छिमेकी चीनले अनुदानको तेल उपलब्ध गथराउँदा हौसिएको सरकार र आशावादी देखिएका जनतामा भर्खरै मात्र नेपाल सरकारले संसद सचिवालयमा दर्ता भएको संविधानको संशोधन विधेयकप्रति देखाएको चासोका कारण भारत सरकारले दर्शाएको सकारात्मक सन्देशले फेरि पनि निराशाको स्थितिलाई आशावादी भने पक्कै पनि बनाएको छ । क्रमश: नेपाल–भारत बीचको द्विदेशीय सम्बन्धमा देखिएको दूरी घट्दै जान खोजेको महसुस गरिँदैछ । यद्यपि मधेशी मोर्चाको प्रतिक्रिया भने त्यति धेरै आशामुखी देखिँदैन ।

त्यसकारण अब सरकार गँजडी जस्तो आफैंमा जे गर्‍यो जे भन्यो त्यसैमा रमाएर बस्नु गलत हुनेछ र समस्यालाई उचाल्नुभन्दा समाधानतर्फ गम्भीर र जिम्मेवार हुनुपर्ने देखिन्छ भने आन्दोलनरत संयुक्त मधेशी मोर्चा पनि निरन्तर शिवको आराधना जस्तै बुरुक्क बुरुक्क उफ्रन छाडेर वार्ताको माध्यमबाट आफ्ना मागहरू सम्बोधन गराउनेतर्फ लाग्नुपर्दछ । समस्याको समाधान वा मधेशीका मागको सम्बोधन संशोधन विधेयक भित्र खोज्नुपर्ने देखिन्छ । अब तत्कालको लागि असम्भव जस्तै संविधानको पुनर्लेखनमा अडिने र सरकारले पनि संविधान संशोधन प्रक्रियालाई तीव्रता नदिादा समस्या जहााको तहीा अड्की राख्दा मुलुक फेरि पनि अनिर्णयको बन्दी हुादै जाादा देशको अस्मितामाथि नै खतरा उत्पन्न हुन सक्छ । त्यसकारण आन्दोलनरत पक्ष र सरकार जवाफदेही हुनै पर्छ ।

आन्दोलनकारी शक्तिकै शैलीमा सरकार र सरकारमा सहभागी दलहरू अनुत्तरदायी भइरहँदा परिस्थिति झनै नियन्त्रणदेखि बाहिर जान सक्नेतर्फ पनि सचेत रहनुपर्ने देखिन्छ । यदि आन्दोलन संयुक्त मधेशी मोर्चाताण्डव नृत्यका साथ अघोषित नाकाबन्दीको मतियार बन्दै जाने र सरकार आफ्ना कामकारबाहीमा तुष्टीकरण ठान्दै गँजडी शैलीमा अघि बढ्ने हो भने भन्नै पनेृ हुन्छ नयाँ शक्तिको आवश्यकता किन महसुुस नगर्ने ? यसकारण पनि सरकार र आन्दोलनरत मधेशी मोर्चा अब गम्भीर र जवाफदेहिताका साथ प्रस्तुत हुनुपर्दछ । साथै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि प्रभावकारी ढंगले दुबै पक्षलाई वार्ता र छलफलमा ल्याएर मुलुकको संकट समाधानमा निर्णायक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । त्यति मात्रै होइन, नेपाली कांग्रेस पार्टीप्रति प्र.म. निर्वाचनका दुई दिन निकै भ्रम सर्जना गरिएको थियो र ती भ्रमका चस्का अझै नेपाली जनमानसमा सेलाएको छैन । त्यसकारण कांग्रेसले राष्ट्रियता र राष्ट्रवादीको नाममा कांग्रेसविरुद्ध गरिएको गलत र भ्रामक प्रचारप्रसारलाई चिर्नैपर्ने छ । बेलामौकामा नेपाली कांग्रेसलाई लगाईंदै आएको भारतपरस्त आरोप पनि झुट र भ्रामक हुन् र नेपाली कांग्रेस अहिलेको जस्तो गँजडी सरकार जस्तो मित्रराष्ट्रहरूप्रति असमान र असन्तुलित होइन संयमित र सन्तुलित नीति अवलम्बन गर्ने देशको एक प्रमुख अति जिम्मेवार राजनीतिक शक्तिको रुपमा रहेको तथ्य सबैका सामु विश्वसनीय ढंगले प्रस्तुत हुनुपर्ने देखिन्छ ।

यद्यपि नेपाली कांग्रेसको विरुद्ध विष बमन गर्दै अन्तर्राष्ट्रिय र गैरराष्ट्रवादीको हल्ला सत्ता हत्याउने प्रचारबाजी मात्रै थियो । यस्ता हल्ला आज मात्र होइन, कांग्रेसले पञ्चायतमा झनै बढी खोज्दै आएको हो र अहिलेका सत्ताधारीहरू पनि अप्ठेरोमा पर्दा कांग्रेसको पुच्छर समाएर बैतरणी नतरेका पनि होइनन् । मौकाको फाइदा लिन नेपालका कम्युनिस्टहरू छट्टु स्याल जस्तै हुन पछि पर्दैनन् । यदाकदा कालो बादलले ढाकछोप गर्न खोजे पनि अन्तत: सत्यको अगाडि धेरै समय टिक्न सक्दैन । यसर्थ मधेसी मोर्चाको ताण्डव नृत्य र गँजडी सरकारलाई एउटै थलोमा ल्याएर विद्यमन संकट समाधानमा नेपाली कांग्रेसको भूमिका अपेक्षित छ । त्यसकारण अब पनि गम्भीर नहुने र आन्दोलनकै कुरा गर्ने र सत्तापक्ष पनि आफ्नै गोरुका बाह्रै टक्का भनेर बस्ने हो भने प्रतिपक्ष अगाडि बढ्नै पर्दछ ।
Oli-Dahal

प्रजातन्त्रवादी शक्ति पद्दतिका लागि लड्ने शक्तिको हो सत्ताकै लागि जानुपर्ने गर्ने होइन । त्यसैले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अप्रजातान्त्रिक जस्तो हुनु हुँदैन । अहिले कांग्रेस फेरि पनि विद्यमान समस्याको समाधान बनेर निस्कन सक्नुपर्छ । विगतमा गरेका गल्तीलाई अब विस्तारै सच्याउादै जानु नै प्रजातान्त्रिक चरित्र र व्यवहार हो । त्यसैले भन्ने गरिन्छ प्रजातन्त्र जीवन पद्दति हो । जिम्मेवार प्रतिपक्षको भूमिकालाई अनुकरणीय बनाउनुको विकल्प छैन ताकि अहिले सत्ता पक्ष कुनै कालखण्डमा प्रतिपक्ष हुादा उनीहरू पाटठ सिक्न सकून् । प्रजातन्त्रमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण र जवाफदेहिता बनाउँदै जाादा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपलाको स्थायित्व र संस्थागत गर्न सहज हुन्छ । अन्यथा भूकम्पपीडितहरूको लागि गरिने पुनर्निर्माण प्राधिकरण विधेयकमा देखिएको स्वार्थ र जुँगाको लडाइाले नेपाली जनताले विगतका विभिन्न समस्यामा गरेका सकारात्मक र निर्णायक आन्दोलनको कुनै औचित्य रहने छैन ।

यसर्थ माथि उल्लेखित पृष्ठभूमिका अब झिनामसिना मुद्दाहरूमा अल्झिएर विद्यमान संकटलाई लम्ब्याई राख्न हुँदैन । यदि आफ्नो आन्तरिक समस्यालाई बाह्य शक्तिको आडमा दम्भ देखाउन थालियो भने मुलुक अनन्तकालसम्म संकटमा फसिरहन्छ । कम्युनिस्६ बाहुल्यताको सरकार भारतसागको सम्बन्ध बिगारेर चीनसँग लहसिने जस्तो बचकनापन देखाउँदै जाँदा पनि के हुन्छ भन्ने कुराको पूर्वसंकेतहरू पनि नदेखिएका होइनन् । त्यसैले हाम्रो भूराजनीतिक अवस्थाका केही बाध्यतात्मक परिबन्धले कुनै एक छिमेकीलाई खुसी राख्दा अर्कोलाई बेखुसी पार्न पनि हुादैन भन्ने यथार्थतालाई कहिल्यै बिर्सन हुँदैन । नेपालीमा एउटा उखान छ ‘टाढाको कामीभन्दा नजिकको उध्याउने ढुंगो जाति’ भनेजस्तै हो ।

नेपालीका लागि दुबै मित्रराष्ट्र समान छन्, आवश्यकताअनुसार आफ्ना दैनिकी लगायत सबै विषयमा हाम्रा सम्बन्धहरू सुमधुर हुने गरेका छन् र हुनुपर्छ । त्यस्तो सुमधुर र सौहार्द्रतामा कुनै आाच पुर्‍याउनु हुादैन । राजनीतिक आस्था र विशवास उत्तर र दक्षिणका फरक छन् तर व्यवहारिक सम्बन्धमा कुनै अन्तर हुनु हुँदैन । भन्ने हेक्का राजनीतिक दलहरूले राख्नै पर्दछ । यसर्थ सत्ताधारीहरूको जस्तोसुकै राजनीतिक आसथ र विश्वास भए पनि छिमेकीसँगको द्विपक्षीय सम्बन्धमा त्यसको छाया देखिनु राम्रो होइन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विदेश भ्रमण चीनबाट शुरु गरिएको थियो । त्यस्तो भ्रमण अत्यन्त राजनीतिक सुझबुझ र दूरगामी सोचबाट अभिप्रेरित थियो भन्दा अत्युक्ति नहोला । के अहिलेका राजनीतिक दल, सरकार तथा आन्दोलनरत मधेशी मोर्चाले त्यस्ता आदर्शलाई पछ्याउन हुँदैन ? अवश्य पनि राजनीति देश र जनताको लागि गरिने कार्य हो भने सचेत र जागरुक नागरिक पनि पन्छिएर बस्ने बेला होइन ।

समस्या समाधानका खातिर अब नेपाली एकजुट हुनैपर्छ र आन्दोलनरत पक्ष र सत्तापक्षलाई एउटै थलोमा ल्याएर वार्ता र संवादको माध्यमबाट सहमति खोज्नैपर्छ । अन्यथा मधेशी मोर्चा ताण्डव नृत्य प्रदर्शन गरी राख्ने सरकार गँजडी जस्तै आफ्ना काम कारबाहीमा असन्तुष्ट रहने हो भने नेपाली जनताले अर्को विकल्प खोज्न थाले के गर्ने भन्ने विषयमा समेत पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता देखिनु दुर्भाग्य हुनेछ ।