लण्डनमा सरकारविरुद्ध विशाल विरोध जुलुश

लण्डनमा सरकारविरुद्ध विशाल विरोध जुलुश


लण्डन । युनियन लिडरहरुले सरकारको विविध कटौतीहरुविरुद्ध आफूहरुले सञ्चालन गरेको विरोध प्रदर्शनहरुलाई, हिजो भीडभित्रबाट अराजक तत्वहरुले व्यापक रुपमा सार्वजनिकसहित नीजी सम्पत्तिहरुको तोडफोड गरेको भए तापनि निरन्तरता दिने बताएको छ । टीयूसी नेताहरुले पिकाडेलीमा तोडफोडमा संग्लनता राख्ने केही व्यक्तिहरुले वास्तविक रुपमा टीयूसीको मूल मर्मलाई प्रतिनिधित्व नगर्ने बताएका छन् ।
अनौपचारिक टिप्पणीअनुसार हिजो शनिबारको सरकारविरुद्धको विरोध प्रदर्शनको हाइड पार्कमा भएको भेलामा करीव पाँच लाख जनताले भाग लिएको बताइएको छ भने लगभग दश हजार जति सेन्टर लण्डनमा भएको प्रदर्शनीमा सहभागी रहेका थिए ।
केही सानो संख्याका अनुहार ढाकेका अनि हुट लगाएका युवाहरुले दशौं हजार पाउण्ड बराबरमा धनमालको क्षति हुने गरी वैंक तथा पशलका सीसाहरु तोडफोड गरेका थिए भने घटनास्थलमा तैनाथ, लगभग पैँतालीस सय पुलिसहरुसँग भिडेका थिए । मेट्रोपोलिटन पुलिसले २०१ जना प्रदर्शनकारीहरुलाई समातिएको र तिनलाई लण्डनका विभिन्न २१वटा पुलिस स्टेशनहरुमा राखिएको समाचार सार्वजनिक गरेको छ । अनुहारलाई स्कार्फले ढाकेर अराकता फैलाउने ध्येय लिएका लाग्ने ती युवाहरुका सोही कार्यको विरुद्ध पुख्ता सवुत जम्मा गर्नको लागि शहरभरिका सीसीटीभीहरुका फुटेजहरुलाई विस्तृत रुपमा पुलिसले अवलोकन गरिरहेको छ ।
टीयूसीका महासचिव ब्रेन्डान बार्बरले बताएअनुसार सो विरोध प्रदर्शन जसलाई मार्च फर दी अर्टनेटिभ एक्सिडेड एक्पेक्टेशनस् भन्ने नाम दिइएको थियो मा, नर्स, शिक्षक, काउन्सिल स्टाफ, एनएचएस कामदारलगायत अन्य पब्लिक सेक्टर कर्मचारी, पेन्सनर, विद्यार्थी अनि अन्य समूहहरुले भाग लिएर यूनियनकै इतिहासमा सबैभन्दा ठूलो अनि विशाल विरोध प्रदर्शन बनाइएको थियो । -नीर, मेस श्रोत नेट