पुजारीद्वारा भूतलाई भगाउने असफल प्रयास

पुजारीद्वारा भूतलाई भगाउने असफल प्रयास


लण्डन । वेस्ट मिडको कन्भेन्ट्रीस्थित एक घरमा महिनौदेखि तर्साउँदै आएको भूतलाई भगाउनका लागि टुनामुना गर्ने एक पुजारीलाई झिकाइएको छ । केयर वर्कर लिसा म्यानिङले घरका विभिन्न कोठाहरुमा अचानकै राति बत्तीहरु निभ्ने अनि बल्ने गरेको, किचनमा राखिएका भाँडावर्तनहरु बजेको, एस्ट्रेहरु कोठाहरुमा उडेको आदिइत्यादिका असाधारण कृयाकलापहरु भएकोले कन्भेन्ट्रीमा तन्त्रमन्त्रलगायत जादू आदिमा पोख्त मानिएका एक पुजारीलाई झिकाएर त्यस्तो प्रकारका गतिविधिहरुलाई हटाएर उक्त घरलाई बसोबासयोग्य बनाउनका लागि प्रयास गरेकिथिईन् । पुजारीले घरको सर्वत्र मन्त्र फुकेर घरलाई अवान्छित आत्माहरुबाट मुक्त गरी पवित्र बनाएका थिए भने, लिसा म्यानिङका एली(११) र जेडोन (६)लाई मन्त्रले बाँधिएको बुटीलाई लगाउन लगाएका थिए, तर सो कार्यपछि भने सो घरमा भूताहा गतिविधिहरु झन् आक्रामक भएको थियो ।

त्यसको लगत्तैपछि लिसाको पारिवारिक कुकुर, सिँढीको पुछारमा मृत हालातमा फेला परेको थियो, जसको मृत्युलाई भेटनरी डाक्टरले कसैले बलियोसँग धकेलेकोले मृत्यु भएको हो भन्नेतिर आशँका व्यक्त गरेपछि सो घरलाई भूताहा घर भन्न थालेकिथिईन् लिसा भने, बच्चाहरु शौचालय पनि एक्लै जान डराउन थालेका थिए । तिनको सो डरका लागि काउन्सेलरलाई देखाउन लिसा वाध्य भएकी थिईन् । सो सम्पूर्ण घरलाई नै छ पटक राम्ररी सफा गरिए पनि घरमा तर्साउन छाडिएको थिएन ।

घरमा रहेको आत्माले त्यो घरबाट मानिसहरुलाई निकाल्ने अठोट गरिएको स्पष्ट मानिएकै समयको एक रात, घरमा बत्ती अचानकै निभेको थियो र सर्वत्र निष्पष्ट अँध्यारो छाएको बेलामा चियाका केत्लीहरु भित्तामा बजारिएका थिए जसका टुक्राहरु सर्वत्र उडेर आएको थियो । त्यसपछि सबै आत्तिएर घरबाट बाहिर निस्कने मूल ढोकातिर दौडेका थिए तर ढोका बलियोसँग कसैले अँठ्याएको जस्तो भएको थियो र तिनीहरु झ्यालबाट सुरक्षित किसिमले बाहिरिएका थिए । लिसाले घर धनीलाई अर्को घर दिन आग्रह गरेकिथिईन् तर तर्साउने कुरामा घर धनीले पटक्कै विश्वास नगरी उनीहरुकै सोँचको भ्रम भएको भनेकाले गर्दा एक खाली कोठामा एक भीडीयो क्यामेरा सेट गरेर छोडेकिथिईन् । खाली कोठामा कप बोर्डको ढोका खोलिएको, पिङ्क रङको कुर्ची एक ठाउँबाट अर्को ठाउँ सारिएको दृश्यहरु देखिएपछि सबै नै त्यो घरमा आक्रामक प्रकारको भूतको बास भएकोमा विश्वस्त भएका छन् । सोही भूतलाई भगाउनका लागि खटिएका पुजारीले लिसा म्यानिङलाई परिवारसहित अन्यत्र सर्ने सल्लाह दिएका छन् ।

वैज्ञानिकहरुले आविष्कारको चरममा व्रम्हाण्डलाई नै पत्रपत्र गरेर केलाइसकेका छन् । आकाश जहाँ भगवानहर बस्दछन् भनिन्थ्यो, चन्द्रमा जहाँ देउताहरुको संसार थियो भनिन्थ्यो, अहिले मिथ्या देखाइएको छ । मरेपछि मानिसको श्वास हावामा अनि शरीर माटोमा विलीन हुन्छ भनेर स्पष्टसँग बताइएको छ तापनि मृत आत्माहरुले बेलाबखत संसारका विविध स्थानहरुमा आफ्नो गतिलो उपस्थिति देखाइरहेको अवस्थामा वैज्ञानिकहरु एक मत भएर, त्यस्ता गतिविधिहरुको बारेमा स्थायी मत राख्न भने असर्मथ छन् ।
तलको भीडीयो हेरेर मिरर, Telegraph बाट साभार गरिएको छ ।-नीर, मेस