भक्तमानको अपहरण र नाटकीय रिहाइले यस्ता प्रश्न जन्मायो

भक्तमानको अपहरण र नाटकीय रिहाइले यस्ता प्रश्न जन्मायो


१) भक्तमान अपहरण प्रकरण अझै रहस्यमय नै छ । किनकि, उनको रिहाइ र फिरौतीका सन्दर्भमा, सुरुमा भक्तमानलेे फिरौतीको कुरा नखोल्नु र प्रहरी प्रतिवेदनमा चाहिँ फिरौतीको कुरा रहनुले घटनालाई अत्यन्त रहस्यमयी तुल्यायो ।
२) भक्तमानले ‘आप\mनै’को हात भन्नु र अस्पतालकै कनिष्ट डाक्टरहरू -डा. अनीलकुमार कार्की, डा. शिवराज पौडेल र डा. विजय आचार्य)को ड्राइभर संलग्न भएको पाइनु, अनि पत्रपत्रिकामा भनिएझै के भक्तमानको पनि निजी ड्राइभर थिए त – वा अस्पतालको पूर्वकर्मचारी हुन् उनी – यसको आधिकारिक सूचना प्रकाशित भएको छैन ।
३) भक्तमानसँगै अपहरणको लिस्टमा परेका डा. विजयकुमार ठाकुर र डा. बालकृष्ण थापा के साँच्चै चितवनमा धेरै कमाउने डाक्टरहरू हुन् त – हुन् भने पनि उनीहरूले के यो देशमा काम गरेर पसिना बगाएर कमाई खान नपाउने – कि भ्रष्टाचार गरेको रकम मात्र राम्रो हुने हो यो देशमा – अनि भनिन्छ क्यान्सरका भन्दा अन्य अस्पतालका फरक विधाका डाक्टरको कमाइ धेरै हुन्छ रे । तर पनि तीनैजना क्यान्सरका हस्तीहरूलाई अपहरणको निसाना बनाउने काममा अरू के उद्देश्य लुकेको छ – राम्ररी खोजबिन गर्न जरुरी छ । हुन त प्रहरीले पनि लिस्टमा परेका चिकित्सकहरूको नाम उल्लेख नगरीकन उहाँहरूलाई मात्र जानकारी गर्राई सुरक्षा व्यवस्था कडा पार्न जरुरी थियो, त्यसो हुन सकेन । अब सबैले ध्यान त दिनुपर्‍यो नि ।
४) जब डा. थापा न्युरोसर्जन भएर करिब ८-९ वर्षअघि नेपाल आउनुभयो, हामीले घटना र विचार साप्ताहिकमै पढेका हौँ, ‘विदेशमै बसेर कमाउन छोडी किन नेपाल आउनुभयो र अब के गर्नुहुन्छ -‘ भन्ने सवालको जवाफमा उहाँले ‘विदेशको ४-५ लाखको अफर छोडेर नेपाल आउनु भनेकै इतिहास बनाउनका लागि हो, काठमाडौंबाहिर न्युरोसर्जरीको विकास गर्ने हो, पैसाका लागि भए त विदेशमै बसिन्थ्यो’ भन्ने जवाफ दिनुभएको सम्झना छ । हामीलाई थाहा भएअनुसार डा. थापाको आर्थिक हैसियत त्यत्रो ठूलो छैन तर सामाजिक, राजनीतिक र स्वाभिमानको हैसियत भने असाध्यै माथि छ । यो देशले उहाँको उपयुक्त ढङ्गले सदुपयोग गर्न सक्नुपर्छ । उहाँलाई त्यो लिस्टमा राखेपछि डा. विजयकुमार ठाकुरको पनि हैसियतै भएर लिस्टमा राखेको सायद होइन कि भन्ने अनुमान लगाउन हामीलाई सजिलो भएको छ । तर, यसबाट एउटा प्रश्न भने जन्मेको छ- के अब डा. भक्तमान, डा. थापा र डा. ठाकुरजस्ता लगनशील र सक्षम डाक्टर बिदेसिनैपर्ने हो यो देशमा – उनीहरूको सुरक्षा र सेवा गर्ने भावनाको कदर हुँदैन त –
५) अपहरणकारीहरूलाई टीभीमा देख्दा उनीहरू ढुक्क देखिएकाले उनीहरूलाई पछाडिबाट ठूलै शक्तिको सहयोग रहेको भान हुन आउँछ । के यो देशमा त्यस्ता शक्तिहरूको चाहिँ पहिचान हुनुपर्दैन – त्यस्ता चोरलाई साधु र साधुलाई चोर बनाएर घटनाहरूलाई निमिट्यान्न पार्ने वा रहस्यमय बनाएरै अन्त्य गर्ने काम यसपटकदेखि नै अन्त्य गर्न सरकार तथा सम्बन्धित सबै पक्षहरू किन लागिनपर्ने – अब यस्ता दुर्घटना नहुने अवस्था कसरी सिर्जना गर्ने भन्ने चिन्ता किन नगर्ने –
६) अपहरणकारीहरूले डा. भक्तमानलाई के-कति दबाब दिएर के-के नगरी नहुने वा के-के कति गर्न नहुने गरी सर्त राखेर रिहा गरेका छन्, त्यो उनलाई मात्र जानकारी हुने कुरा भयो । तर, डा. भक्तमानले उहाँको यो समाज र देशमा भएको जिम्मेवारी बहन गर्नकै लागि मात्र भए पनि अन्याय गर्नुहुन्न, इमानदारी बेच्नुहुन्न, सत्यलाई लुकाउन वा असत्यलाई साथ दिनुहुन्न । तपाईं अब आफू र आप\mनाको घेराबाट धेरै माथि उठ्न सक्नुपर्छ । तपाईंको पछाडि अब सिङ्गै देश छ ।
– मुलुकमा सुदृढ सुरक्षा बहाल भएको हेर्न चाहने नागरिक समूह

दोहोरो सुविधा लिने सरकारी डाक्टरमाथि कारबाही होस्
गत वर्ष लोकसेवा आयोगबाट मेडिकल अधिकृतमा उत्तीर्ण भई स्वास्थ्य मन्त्रालयबाट नियुक्ति लिई देशका विभिन्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्रहरूमा हाजिर भएका धेरैजसो मेडिकल अधिकृतले अनधिकृत रूपमा दोहोरो सुविधा लिइरहेका छन् । उनीहरू हाल त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज, बीपी कोइराला चिकित्सा अध्ययन संस्थान -धरान), वीर अस्पताल र काठमाडौं विश्वविद्यालयअर्न्तर्गत एमडी/एमएस स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् । विडम्बनाको कुरा यो छ कि उनीहरूले सरकारी सेवाबाट राजीनामाचाहिँ दिएका छैनन् । यसरी अलग्गै कलेज भर्ना भई अध्ययन गरिरहेका र कतिपय सरकारी चिकित्सकहरू आफ्नो मातहतबाट बिदा स्वीकृत नगर्राई यूएसएमर्एलईको परीक्षा दिन एक वर्षका लागि र कतिपय करार सेवाका डाक्टरहरू अमेरिका पलायन भएका छन् । यता जनता भने राज्यले प्रदान गरेको स्वास्थ्य सेवाबाट वञ्चित बन्न पुगेका छन् । यो जनगुनासो उठ्दाउठ्दै पनि स्वास्थ्य मन्त्रालयले यस्ता ठग र व्यक्तिगत स्वार्थबाट प्रेरित चिकित्सकहरूमाथि कुनै कारबाही नगर्नु उदेकको विषय बनेको छ । स्वत: तलब खाइपाई दोहोरो सुविधा लिइरहेका ती चिकित्सकहरूमाथि अख्तियारले पनि किन छानबिन नगरेको होला – जनतालाई प्रत्यक्ष नकारात्मक असर पार्ने यस्तो विषयमा छानबिन गर्नैपर्ने र दोषीमाथि अविलम्ब कारबाही हुनैपर्ने होइन र – स्वास्थ्य सेवा ऐनअनुसार नियुक्ति बदर गर्राई नयाँ चिकित्सकका लागि लोकसेवा आयोगलाई सिफारिस गरी यथाशीघ्र पदपूरि्त गराउन सम्बन्धित निकायहरूले पटक्कै ढिलाइ नगरून् भन्ने हाम्रो माग छ ।
– निमिषा खड्का एवम् पीडित जनसमुदाय