भारतको जनसंख्याले चीनलाई उछिन्ने

भारतको जनसंख्याले चीनलाई उछिन्ने


लण्डन । पछिल्लो जनसंख्याको रेकर्डलाई हेर्दा भारतमा हालै गरिएको जनगणनाले दर्शाएको तथ्यांकमा जनसंख्याको बृद्धिदर घटेको समाचार प्राप्त भएको छ । एक अरब एक्काइस करोड जनसंख्या रहेको भारतमा विश्वको १७ प्रतिशत मानिसहरु बसोबास गर्छन् । भारतका जनगणना प्रमुख सी चन्द्रमौलीका अनुसार पछिल्लो दशकमा १८ करोड १० लाख मानिसहरु बृद्धि भएको छ । सन् २०३०सालसम्म १ अरब ३४ करोड जनसंख्या पुग्ने र जनसंख्याको हिसाबमा चीनलाई उछिन्ने कुरा भनेका छन् । हालको भारतको जनसंख्या संयुक्त राष्ट्र अमेरिका, ब्राजिल, जापान, पाकिस्तान, बंगलादेश र इण्डोनेसियाका कुल जनसंख्याको बराबरी हुन आउँछ । यसपालिको जनगणनाले भने जनसंख्याको बृद्धिदर २१ दशमलव ५ प्रतिशतबाट घटेर १७ दशमलव ६ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । पछिल्लोपल्ट सन् १९२१ सालको जनगणनामा जनसंख्याको बृद्धिदर यसरी नै घटेको थियो । यसपालिको जनगणनामा चन्द्रमौलीका अनुसार केटीहरुको जन्मदर तुल्नात्मक हिसाबमा केटाहरुको भन्दा कम भएको छ । प्रत्येक एक हजार केटाहरुको अनुपातिक हिसाबमा केटीहरुको संख्या केवल ९१४जना हुन आएको छ । भारतका जनताहरुले छोरीहरुलाई भन्दा छोराहरुलाई प्राथमिकता दिइने कारणले नै यस्तो हुनगएको ठहर गर्छन् किनभने केटीहरुको विवाह खर्चभार र केटाहरु पछिका लागि आयको श्रोत भएकाले गर्दा नै यस्तो हुन गएको चन्द्रमौली भन्छन् ।
भारतमा सन् १८७२ देखि जनगणना शुरु भएको थियो र यो १५औ पटकको जनगणना थियो । यसपालिको जनगणनामा ३० करोड घरहरुका लागि २७ लाख गणकहरु ज्ानगणनाकालागि खटिएका थिए । सबै घर र घरवारविहीन मानिसहरुलाई लिएर जनगणना गरेको यस जनगणनाको अभियानमा सन् २००८को मुर्म्बई बम्ा हत्याकाण्डका आतंककारी अजमल कसबलाई समेत गनिएको थियो । अस्सी करोड जनता गरीबीको घेरामुनि रहेको राष्ट्रमा अब आउने बजेटमा घरवारविहीनहरुलाई समेटेर बजेट तर्जुमा गर्ने कुरा समाचारहरुमा उल्लेख गरेका छन् । शैक्षिक क्षेत्रमा विकास भएर ६५ प्रतिशतबाट ७४ प्रतिशतमा उक्लेको जनगणनाले दर्शाइएको छ । श्रोत-मेट्रो, सुमल ।