लण्डनमा ७४औं पारिजात जयन्ती

लण्डनमा ७४औं पारिजात जयन्ती


लण्डन । गत अप्रिल २ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यूकेको आयोजनामा इलिंगस्थित थेम्स एकाडेमीको सभा हाल मा ७४ औं पारिजात जयन्ती संस्थाका अध्यक्ष होम परिबागको अध्यक्षतामा भब्यताको साथ सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथि ईश्वर मानन्धर तथा सल्लाहकार खगेन्द्र पाठकले पानसमा दीप प्रज्वलनसहित गरेकाथिएभने बिकल आचार्यले स्वागत मन्तब्य दिएकाथिए। केन्द्रीय उपाध्यक्ष जया राईले अनेसास केन्द्रबाट अध्यक्ष ज्ञानेन्द्र गदाल, एपेक नेपालबाट कबि बिश्व बिमोहन श्रेष्ठ र काठमान्डौबाट पारिजातकी बहिनी सुकन्याबाट आएको संदेश पढेर सुनाएकिथिईन् ।

उक्त कार्यक्रममा गोपी प्रसाईंले ‘पारिजातको जीवनी तथा उनका कृतिहरुमाथि संक्षेपमा बिबेचना गर्दै उनका हरेक कृतिहरु उत्तिकै स्तरीय र मर्मस्पर्शी भएको, शिरिषको फूल अन्तरराष्ट्रिय स्तरको भएकोले नै अमेरिकाको मेरिल्याण्ड यूनिभर्सिटीले आफ्नो पाठ्यक्रममा समाबेस गरेकोबारे विस्तृतमा बताएका थिए । डा रुपक श्रेष्ठले पारिजात को ‘शिरिषको फूल’ माथि समीक्षा गर्दै उपन्यासका प्रमुख पात्रहरुको चरित्रलाई विश्लेषण गर्दा उक्त उपन्यासलाई शून्यबादको दर्शनमा आधारित पाइन्छ भने त्यसमाथि पनि ती तीन दिदी बहिनीहरुमा बिभाजित पात्रहरु अरु कोही नभएर पारिजातका आफ्नै बिभाजित व्यक्तित्वहरु हुन् र ‘शिरिषको फूल’ पारिजातको आफ्नै आत्मकथा हो अनि पारिजात शून्यवादी हुन् भन्ने आफ्नो मन्तव्यको क्रममा भनेकाथिए । खगेन्द्र पाठकले प्रबासमा नेपाली भाषा र साहित्य यस पुस्ताकालागि मात्र नभई भावी पुस्तालाई पनि नेपाल र नेपाली संस्कार हस्तान्तरण गर्नको लागि पनि डायस्पोराका नेपाली भाषाविद तथा साहित्यकारहरुले ठूलो भूमिका खेल्दछ र यस महान कार्यको लागि अनेसास, यूकेलाई सदैब सहयोग गर्ने प्रतिबद्दता गरेकाथिए त्यस्तै, डी आर पराजुली ‘म्याग्नेट’ ले ‘भाषा नै कुनै पनि व्यक्तिको परिचय र साहित्य भाषाको रस हो, साहित्यबिना जीवन अधुरो र अपुरो हुन्छ त्यसैले यस्ता कार्यक्रमहरु प्रबासी जीवनमा अति नै आबश्यक छ’ भनेकाथिए । होम परिबागले ”पारिजातमा एउटी आमा, दिदी, र गुरुआमामा पाइने सबै गुण उहाँ एकै व्यक्तिमा पाइन्थ्यो, उहाँलाई जो जसले जसरी हेरे पनि उहाँ, धर्म, राजनीति र लिंगभेदभन्दा माथि हुनुहुन्थ्यो भने उहाँको चिन्तन त्यतिखेरको सामाजिक परिवेशभन्दा एकदमै उच्च थियो । शारीरिक अस्वस्थताको बावजुद पनि लेखनमा र समाज सेवामा उहाँ शसक्त हुनुहुन्थ्यो” भन्ने मन्तव्यमा राखेका थिए ।

कार्यक्रमकी अतिथि नविना गुरुङ (मिस यूके २०१०) ले ‘पारिजात एउटी असक्त शरीर पाएर पनि नेपाली समाजको रुपान्तरणको लागि समाज तथा साहित्य सेवामा सँधै जुटिरहने सशक्त नारी हुनहुन्थ्यो र त्यस्तो व्यक्तित्वबाट हामी सम्पूर्ण नारीहरुले जीवनमा अगाडि बढ्न धेरै पाठ सिक्नुपर्छ” भनेकिथिईन् । उक्त कार्यक्रममा बिकल आचार्य, सुमन गुरुङ, रितिष्मा थापा, ईन्दिरा प्रसाईं, अजिता सिंखडा, गोपी प्रसाईं, जया राई, सुशिला कार्की, लारा, रुपक श्रेष्ठ र ईश्वर मानन्धर जस्ता कबि तथा कबियित्रिहरुले आ-आफ्ना गध्य तथा पध्य कबिताहरु बाचन गरेकाथिए ।

दिनको दुई बजे लक्ष्मी राई (लारा)को उत्कृष्ट उद्घोषणसहित शुरु भएको कार्यक्रम साँझ ६ बजे अध्यक्ष परिबागबाट बिसर्जन भएकोथियो ।-रुपक, मेस