हजार डुंगाहरुले महारानीलाई पछ्याउने

हजार डुंगाहरुले महारानीलाई पछ्याउने


लण्डन । राज्य सिंहासन अरोहणको ६०औ वर्षगाँठको अवसरमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले एक हजार डुंगाहरुको लश्करलाई नेतृत्व गर्दै आफ्नो ६० वर्षे राज्यकाल पूरा गरेको सुखद उपलक्ष्यलाई टेम्स नदीमा धुमधाम मनाउने समाचार प्रकाशमा आएको छ । हिरक जयन्तीको अवसरमा एकहजार डुंगाहरुको अघि महारानी अर्को वर्षको जुन ३ तारिखको दिनमा आयोजना गरिने समारोहलाई नेतृत्व गर्ने छिन् । त्यस दिनमा सो समारोह हेर्नका लागि नदीका दुबै किनारामा दशलाखभन्दा बढी मानिसहरु हुने छन् भनेर स्रोतले जनाएको छ । मौसुफ सरकार आफूपछि लाम लागेका विशाल नाउकाहरुका र्‍यालीलाई पछि राख्दै हिरक जयन्तीको भव्य समारोहमा अघि बढ्दै जानेछिन् । चार्ल्स् द्वितीयाको राज्यकालपछि झण्डै ३५० वर्षदेखि नदेखिएका समारोह र हजार डुंगाहरुका ताँती बेलायती जनताहरुले अर्को साल देख्न पाउनेछन् । यस समाचारलाई उद्धृत गर्दै समारोहका प्याजेन्ट मास्टर, अड्रियन इभान्सले….. शाही परम्परालाई जीवन्त राख्ने यो समारोहमा टेम्स नदीभरि डुंगाहरुका भरमारले खुशीको लहर छाउनेछ, घण्टीहरुको करताल ध्वनि, हर्न र सिट्ठीहरुको ध्वनि गुञ्जिँदा एउटा सबल रेकर्डको चहल पहल टेम्स नदीमा देख्न पाउनेछन्… भनेर प्रकाश पारेका छन् । श्रोट, मेट्रो, सुमल ।