नाजी गौरवको छनक दिने केक

नाजी गौरवको छनक दिने केक


लण्डन – एकजना केक बनाउने बेकरलाई नाजीहरुका प्रत्तिक चिन्ह दर्शाएर बनाइएकोलाई लिएर उनीमाथि कानूनी कारवाही हुनसक्ने समाचार प्राप्त भएको छ । म्यानफ्रेड क्लाचका नाम गरेका एकजना अस्ट्रियन केक बनाउने व्यक्तिले नाजी जर्मनीको स्वस्तिक चिन्ह, मेसार्चमिट् र स्टोर्मटु्रपरको हेल्मेट केकमाथि सजाएर आफूले बनाएको केकलाई कलात्मक रुप दिन खोजेका थिए । अनि अर्कोतिर केकमा हिट्लर हेईल सलाम बजाइएको प्रतीक हात केकमाथि राखेका थिए । तर, उनलाई कारवाहीको लागि जाँचबुझ गर्दा अस्ट्रियन बेकरले आफूलाई एकजना ग्राहकले विशेष निर्देशन दिएर अर्डर गरेकाले आफूले त्यसरी नै केक बनाएको दावी गरेका छन् । अनि उनी भन्छन् …… ‘यदि कसैले मलाई अर्डर दिन्छन् भने म गद्धाफी केक पनि बनाउन सक्छु ..यो अर्डरमाथि भर पर्ने कुरा हो….’ नाजीकाललाई उच्च र गौरवशाली बनाउने ध्येयले केक बनाएका हुन् वा होइनन् भन्ने कुराका लागि कानूनी कारवाही गर्न खोजेका वकिलहरूका दश्ताले यसमाथि छानबिन गरिरहेका छन् ।

श्रोत – मेट्रो, सुमल ।