पारिजातको ७४ औं जन्म-जयन्ती

पारिजातको ७४ औं जन्म-जयन्ती


फोक्सटन, यूके । गत १६ अप्रिल २०११ शनिवारका दिन नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले एक कार्यक्रमको आयोजना गरी साहित्यकार पारिजातको ७४ औं जन्म जयन्ती दिवश मनाए । प्रतिष्ठानले प्रत्येक वर्ष गरिने अभिव्यक्ति श्रृङखला कार्यक्रमअन्तर्गत यस वर्ष वरिष्ठ संगीतकार किशोर गुरुङलाई मंच प्रदान गर्दै सम्मान गरका थिए ।

कार्यक्रमलाई सरल र सजिलो बनाउन दुर्इ चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय धुनबाट गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, श्रष्टा तथा साहित्य प्रेमी महानुभावहरुलाई प्रतिष्ठानका सचिव काङमाङ नरेशले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिति वेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले स्व. पारिजातको फोटोमा माल्यार्पण गरेका थिए । पारिजातको बारेमा प्रतिष्ठानका बिशिष्ठ सदस्य देवेन्द्र खेरेसले छोटो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आमन्त्रित अन्य अतिथिहरुमा क्रमशः साहित्य विकाश परिषद वेलायतका अध्यक्ष हरि सिंह थापा, अ.ने.सा.स वेलायतका महासचिव लारा, याक्थुमचुम्लुङ्ग वेलायतका संस्कृति तथा साहित्य फाँटका अध्यक्ष लीला सेलिङ्ग मावो तथा गायक हरिमान गुरुङ रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा गैर आवासिय नेपाली संघ समन्वय समितिका सदस्य किशोर सापकोटा, वी.एफ.वी.एस. गोर्खा रेडियोका प्रतिनिधि कार्यक्रम प्रस्तोता योगराज राई, नेपाली पत्रको सह सम्पादक नरेश खपाङ्गी, नयाँ सन्देश साप्ताहिकका प्रतिनिधि संगीता गुरुङ्ग, फोक्स्टोन काउन्सिलर धन गुरुङ्ग, फोक्स्टोन नेपालीज कम्युनिटिका सल्लाहकार गोपाल गिरी, तमुधि वेलायतका महासचिव ज्ञाम गुरुङ, आस्फोर्ड सगरमाथा नेपालीज कम्युनिटिका अध्यक्ष नरेन्द्र कुमार लिम्बू, फोक्सटनका मेयर Tom Nc Neice तथा Mrs Kate Tom Nc Neice, School of English Studies Project Managar Windy Godden रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा. चालिसेको बाहुलीबाट कवि विजय हितानको कविता कृति ‘विछोड अघिको रात’को विमोचन गरिएको थियो भने अध्यक्ष रक्ष राईले कवि हितानलाई ढाका टोपी लगाएर सम्मान गरेका थिए । कवि हितानले प्रसन्नता प्रकट गर्दै आफ्नो कृतिको बारेमा छोटो मन्तव्य व्यक्त गरेका थिए भने कृतिमाथि समिक्षा प्रतिष्ठानका बिशिष्ट सदस्य गणेश राईले गरेका थिए ।

त्यस्तैगरी, प्रमुख अतिथि डा. चालिसेद्धारा वरिष्ठ संगीतकार किशोर गुरुङलाई ताम्र पत्र तथा नेपाली ढाका टोपी पहिराएर सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई डा. चालिसेले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा विषेश योगदान पु-याए वापत हर्ष प्रकट गर्दै प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा प्रतिष्ठानका महासचिव दयाकृष्ण राईले संगितकार किशोर गुरुङ्को वायोग्राफी प्रस्तुत गरेका थिए भने कवि लाल सुन्दर राईले किशोर गुरुङ्गको बारेमा छोटो मन्तव्य व्यक्त गरेका थिए । त्यसपछि कार्यक्रमको बीच-बीचमा गायकहरु क्रमशः संगीतकार तथा गायक गणेश पुन, पोपीराज राई, वीसी राई र दौलत राईले गीतहरु प्रस्तुत गरेका थिए । अभिव्यक्ति श्रृंखला कार्यक्रमको समाप्तीपछि श्रष्टाहरुद्धारा कविता तथा गीत वाचन गरिएको थियो । कविता तथा गीत वाचन गर्ने श्रष्टाहरुमा विजय हितान, शशी थापा सुब्बा, लारा, हरिसिं थापा, लाल सुन्दर राई, लिलासेलिङ् मावो, नारायण गाउँले, गोपीकृष्ण प्रसाईं, राजिव रेग्मी, विश्वकाजी राई, यौवन कुमार राई तथा मुकेश राई रहेका थिए ।
सभाको विसर्जन गर्दै अध्यक्ष रक्ष राईले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, श्रष्टा तथा साहित्य प्रेमी महानुभावहरुलाई धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । पहिलो चरणको कार्यक्रम प्रतिष्ठानका महासचिब दया कृष्ण राईले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम संस्थापक सदस्य अप्जसे कान्छाले गरेका थिए ।
कार्यक्रमको लागि स्थानीय नेपाली व्यवसायी गोर्खा हिल सुपर स्टोरका चन्द्र बहादुर गुरुङ, गोर्खा प्यालेस रेष्टुरेन्ट फोक्सटनका किशोर सापकोटा र एभरेष्ट क्यास एण्ड केरीका तीर्थ गुरुङले प्रायोजन गरेका थिए । कार्यक्रमको लागि स्वादिष्ट नेपाली परिकारको व्यवस्था गोर्खा प्यालेस रेष्टुरेन्ट फोक्सटनले गरेको थियो । -नरेश, मेस