आर्कटिक तट प्रत्येक वर्ष सयफिट ह्रास हुँदै

आर्कटिक तट प्रत्येक वर्ष सयफिट ह्रास हुँदै


लण्डन । आर्कटिक सामुन्द्रिक तट तीव्र गतिमा क्षय हुँदै वर्षेनी ३०मिटर (सय फिट) पग्लिएर हराउन थालेको छ । यस वर्षको नयाँ प्रतिवेदनले देखाएअनुसार सम्पूर्ण आर्कटिक क्षेत्रमा औसत २ मिटर अथवा त्यसभन्दा बढी अनुपातमा मौसम परिवर्तनको कारणले गर्दा हिउँ विलाएर जाँदैछ ।
दशवटा राष्ट्रका ३०जना वैज्ञानिकहरुको खोजको प्रत्तिवेदनले जुन अनुपातमा हिम तट्हरु क्षय भएर जाँदैछन् यसले स्थानीय वासिन्दाहरुलगायत त्यहाँका पर्यावरणीय वातावरणमा ठूलो असर र धक्का पुग्ने चेतावनी दिएको छ । तीन भागको दुर्इ भाग आर्कटिक क्षेत्रका तटहरु हिउँ जमेका माटोहरु, बालुवाजस्तो फासफुसे ढुंगाहरु र एकदमै नाजुक किसिमको भूबनोट भएकोले गर्दा हावा र समुन्द्रको छालहरुबाट भुक्षय हुने खतरा देखिन्छ । पृथ्वीको बढ्दो तापक्रमले गर्दा हिउँ पग्लिएर हिउँले घेरिएका अथवा जमेका सुरक्षित समुन्द्रहरु अहिले उदाङ्गो देखिन थालेका छन् । यसले गर्दा आर्कटिक सामुन्द्रिकतट्हरु जोखिमपूर्ण भएका छन् । सन् २०१०सालको आर्कटिक तटीय क्षेत्रको प्रतिवेदनमा बिउफोर्ट समुन्द्र, इष्ट साइबेरियन समुन्द्र र लाभटेव समुन्द्रहरु बढी प्रभावित भएको जानकारी वैज्ञानिकहरुले दिएका छन् । एकलाख किलोमिटर आर्कटीक तटीय क्षेत्रको एक चौथाइ भागलाई हेलमोज एसोएसिन अफ जर्मन रिसर्च सेन्टर र इन्टरनेशनल र्साईन्स कमिटिका व्यक्तिहरुलो अध्ययन गरेका थिए ।-सुमल, मेस, श्रोत नेट