भी.सी. पुनको निधन

भी.सी. पुनको निधन


लन्डन / भी.सी. विजेता तुल बहादुर पुनको हिजो राति नेपाली समय ११ बजे उनकै जन्मस्थान बेगखोला, म्याग्दीमा ९२ बर्षको उमेरमा निधन भएको छ। पुन केही बर्षदेखि बेलायतमा नै बसोवास गर्दै आएका थिए, तर यही फेब्रुअरी महिनामा मात्रै आफ्नै गाउँमा बाँकी जीवन बिताउने ईच्छाले नेपाल फर्केका थिए । २ जना जीवित भी.सी. विजेतामध्य पुन एक हुन्।
दोस्रो विश्वयुद्धमा तुल बहादुर पुनले बर्माको लडाइमा देखाएको बहादुरीको सम्मान गर्दै बेलायतले सबैभन्दा उच्च बहादुरी पदक भिक्टोरिया क्रसले सम्मान गरेको थियो। पुन सन् १९४० मा बृटिश गुर्खा पल्टनमा भर्ती भएका थिए। तुल बहादुर पुनको २ छोरा र ८ छोरीहरू छन्। भी.सी. पुनले ‘बर्मा स्टार’लगायत अरू यस्तै १० जति बहादुरीका तक्माहरू पनि प्राप्त गरेका थिए। पुनको अन्त्येष्टि भोलि शुक्रबार सामाजिक परम्पराअनुसार काली गण्डकीमा गरिँदै छ। – मेस