‘झुक्काउने श्रृखलाको नयाँ रुप’

‘झुक्काउने श्रृखलाको नयाँ रुप’


काठमाडौं / माओवादीको भाषामा ‘शान्ति र संविधानका पक्षमा इमान्दारिताका साथ अघि बढ्ने’ तयारीमा जुटेका बेला एमालेको प्रभावशाली समूह भने शसंकित भएको छ । जनबिद्रोहमा जोड दिइरहेको माओवादी संस्थापन पक्ष शान्ति र संविधानको पक्षमा लाग्दा संबिधानसभामा रहेका अन्य दल र आम जनता समेत आशावादी बनिरहेका बेला एमालेभित्र प्रभावशाली देखिएको नेपाल-ओली पक्षले भने यसलाई दाउपेचकै रणनीतिका रुपमा ब्याख्या गरेको छ ।
माओवादी र कांग्रेसबीच बेमेल हुँदा संधै सत्ताको बागडोर पाएको एमालेको प्रभावशाली समूहले माओवादीले लिँदै गरेको शान्ति र संविधान निर्माणको पक्षमा ‘इमान्दारिता’का साथ अघि बढ्ने निर्णयलाई झुक्काउने श्रृखलाको नयाँ रुप भनेको हो । माओवादीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव ‘सत्तामा पुग्ने भर्‍याङ’ भएको ओली नेपाल पक्षको बुझाइ छ । प्रचण्डले शान्ति र संविधान निर्माणमा प्रतिवद्ध भएको देखाएर सातबुँदे सहमतिमा उल्लेख भएअनुसार जेठ १४ पछि सत्ताको बागडोर सम्हान खाजेको ओली पक्षको आरोप छ । ओली पक्षले अस्वीकार गर्दै आएको एमाले र माओवादीका अध्यक्षबीच भएको सातबुँदे सहमतिमा जेठ १४ अघि र त्यसपछि गरी आलो पालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । माओवादीले शान्ति र संविधान निमार्ण चाहेको भए लडाकू तथा हतियारको व्यवस्थापनलाई प्राथमिकता दिनु पर्ने ओली पक्षको भनाइ छ ।-अख, नेस