प्राविधिक शिक्षाका पायोनियर

प्राविधिक शिक्षाका पायोनियर


:प्राध्यापक डा. सुरेशराज शर्मा
वि.सं. १९९७ साल साउनमा डा. सुरेशराज शर्मा जन्मनुभयो सिन्धुलीको विकट खुर्कोट गाउँमा, जहाँ मोटरबाटो पुगेको अहिले ३-४ वर्ष मात्र भयो । राणा शासन उत्कर्षमा रहेको त्यो समय उक्त दर्ुगम स्थानमा स्कुल सञ्चालनको सवालै रहेन । सिन्धुलीगढीमा एउटा भाषा-पाठशाला थियो तर त्यहाँ संस्कृत भाषाको पढाइ नहुने भएकोले घरमै शिक्षक राखेर संस्कृत अध्ययन सुरु गराइयो उहाँलाई । तर, २००६ सालतिर उहाँका पिता विष्णुप्रसाद उपाध्याय ढुङ्गेललाई लाग्यो, ‘अब छोराछोरीलाई अङ्ग्रेजी नपढाए गरिखान सक्दैनन् ।’ त्यसपछि विष्णुप्रसादले चार दिनको बाटो हिँडेर सर्लाहीदेखि अङ्ग्रेजी पढाउने एक शिक्षक खुर्कोट झिकाए । अङ्ग्रेजी पढाउन झिकाइएका केशवबहादुर राजभण्डारी नामका युवा त्यो जमानामै मेट्रिक पास थिए । खुर्कोट गाउँमा पढेलेखेको जल्दोबल्दो युवकको उपस्थिति सिन्धुलीगढी अड्डाका बडाहाकिमका लागि टाउकोदुखाइको विषय बनेछ । ‘कतै राणाविरोधी त होइन त्यो मास्टर ?’- यही सवालबाट तर्सिएर केशवलाई पक्रने आदेश दिएछन् बडाहाकिमले । अड्डासार गर्दै उनलाई काठमाडौं पुर्‍याएपछि बडाहाकिमलाई अर्को सवालले घेरेछ- ‘साँच्चि त्यस युवालाई खुर्कोट झिकाउने व्यक्तिचाहिँ को परेछ -‘ यही बहानामा सुरेशराज शर्माका पिताजी पनि गिरफ्तारीमा परे । सुरेशराज शर्मा सम्झनुहुन्छ- ‘अङ्ग्रेजी पढाउन ल्याएका ती शिक्षकले भर्खर ‘फस्र्ट बुक’ पढाउन सुरु मात्र के गरेका थिए त्यस्तो ताल पर्‍यो । उहाँलाई भद्रगोल जेल हालिएछ । छोराछोरीलाई अङ्ग्रेजी पढाउने इच्छा गर्दा पिताजीले समेत त्यस्तो भुक्तमान सहनुपर्‍यो ।’
त्यो घटनाले केशव मास्टर र सुरेशराजका पिताबीच ठूलो मित्रता भयो । सो मित्रताकै कारण जेलबाट छुटेपछि पनि उनले केशवलाई ‘माया नमार है’ भन्दै चिठ्ठी लेख्न थाले । तर, विष्णुप्रसादले त्यसरी पठाएको चिठ्ठी केशवका लागि अभिशाप बनिदियो । अझ पनि यस मास्टरको सम्पर्क राणाविरोधीहरूसँग रहेछ कि कसो भन्ने सन्देहका आधारमा उनलाई पुन: समातेर जेल हालिएछ । ०७ सालको क्रान्ति सफल हुँदा ती जेलमै थिए र सोही ब्याकग्राउन्डका कारण सात सालमा प्रजातन्त्र आगमनपछि उनलाई सिन्धुली जिल्ला अदालतको डिठ्ठा बनाइयो । हो, उनकै पहलमा ०८ सालमा सिन्धुलीको सो विकट गाउँमा स्कुल खुल्यो जहाँ सुरेशराज शर्माले स्कुले पढाइ आरम्भ गर्नुभयो ।
त्यतिबेला शास्त्री पास गरेका, बीएको परीक्षासमेत दिइसकेका र साहित्यमा पनि प्रखर व्यक्तिका रूपमा नाम चल्न थालेका भरतराज मन्थलीयलाई विष्णुप्रसादले उक्त स्कुलको संस्थापक हेडमास्टर बनाइदिएका थिए । उक्त स्कुलमा १ वर्ष पढेपछि सुरेशराज शर्मालाई ६ कक्षा पास भएबराबर भयो भनियो । अब माथिल्लो कक्षा पढ्न कि त जनकपुर पुग्नुपथ्र्यो या त सीमापारि भारत नै जानुपर्ने अवस्था आयो । ढुङ्गेल परिवारको एउटा घर सर्लाहीमा पनि थियो, त्यहाँबाट २/३ कोस जति हिँडेपछि भारतको बोर्डर पुग्न सकिने हुनाले सुरेशराज, नवराज सुवेदी
-पञ्चायतकालीन नेता) र दाजु नरेशलगायतका व्यक्तिहरू पढ्नका निम्ति इन्डिया नै जाने भए । त्यहाँ सुरेशराज आठ कक्षामा भर्ना हुनुभयो । कक्षा आठदेखि नै साइन्स, कमर्स र आर्टस् विषय छुट्याएर पढाइ हुने रहेछ त्यहाँ । मामा कुलचन्द्र कोइरालाले सुरेशराज शर्मालाई ‘अबको जमानामा आर्टस् पढेर काम छैन साइन्स नै पढ्नुपर्छ’ भनी सुझाएछन्, तर साइन्सको केमेस्ट्री र बायोलोजीजस्ता शब्दहरू उहाँले त्यसबेलासम्म सुन्न पाउनुभएको थिएन । कमर्समा के पढ्नुपर्छ भन्दा बैंकिङसम्बन्धी भनियो, त्यो उहाँको रुचिभित्र परेन । अनि आर्टस्मा जोग्राफीलगायतका विषय पढ्न पाइने जानकारी पाएपछि भने आर्टस् विषय नै रोज्नुभयो सुरेशराजले । तर, एक वर्ष पढिसकेपछि पुन: मामाले साइन्स नै पढ्न कर गरेकाले बोर्डरपारिको ‘सोनवषर्ा स्कुल’ छोडी उहाँ र दाजु नरेश एवम् साथी नवराज जनकपुर गएर साइन्स पढ्न थाले र उहाँले अतिरिक्त गणित लिई साइन्ससहितका विषय लिइ पढ्न थाल्नुभयो ।
जनकपुरमा पढ्दाको समयमा सिन्धुली-जनकपुर ओहोरदोहोर गर्दा मलेरिया लागेर आफ्ना एक दाजु बितेका र आफू पनि झन्डै त्यही नियति भोग्नुबाट येनकेन बचेको सम्झना गर्नुहुन्छ उहाँ । यसपछि सुरेशराज शर्माका हजुरबुबाले नातिको पढाइका खातिर परिवार नै जनकपुर बसाइँ जाने योजना बनाउनुभएछ । यसरी सन्तानको शिक्षार्जनकै निम्ति थातथलो नै छोड्न तयार भयो ढुङ्गेल परिवार ।
वि.सं. २०१३ सालमा जनकपुरबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका निम्ति सुरेशराज शर्मा काठमाडौं आउनुभयो । राजधानीमा दुईवटा मात्र कलेज थिए त्यतिबेला- त्रिचन्द्र र पब्लिक साइन्स कलेज -हालको अस्कल क्याम्पस) । उहाँ त्रिचन्द्रमा पढ्न थाल्नुभयो । त्यसबेला आई.एसस्सी पास गर्न सजिलो थिएन । पटना विश्वविद्यालयले जाँच लिन्थ्यो । यहाँ कोर्स पूरा नहुँदै उता परीक्षा आइसक्ने हुनाले ट्युसन नपढ्ने नेपाली विद्यार्थीलाई पास हुन हम्मेहम्मे पथ्र्यो । सानैदेखि लेखपढबाहेक अन्य काम-कुरामा मन नबसाएका सुरेशराजले चाहिँ ०१६ सालमै आई.एस्सी पास गर्नुभयो । यसप्रकार ०१८ मा त्रिचन्द्रबाट बी.एस्सी र ०२१ साल अर्थात् -१९६४ इ.सं.)मा भारतको कर्ण्ााटक विश्वविद्यालयबाट एम.एस्सी उत्तीर्ण गर्नुभएको हो उहाँले । १२ वर्षको उमेरमा अङ्ंग्रेजीको ‘एबीसीडी’ सुरु गरेर जम्मा १२ वर्ष अवधिमा एम.एस्सी पास गर्ने नेपालका विरलै व्यक्तिमध्येमा पर्नुहुन्छ डा. सुरेशराज शर्मा, सम्भवत: ।
एम.एस्सी गरेर फर्कनासाथ त्रिचन्द्र क्याम्पसमा अध्यापन सुरु गर्नुभएका डा. सुरेशराज शर्माले २०२३ सालदेखि कीरि्तपुरमा एम.एस्सीको पढाइ सुरु भएपछि त्यहाँ पनि पार्टटाइम पढाउन थाल्नुभयो । त्रिचन्द्रमा १० वर्ष अध्यापन कार्यमा गुजारेपछि उहाँलाई प्रमोसन मिल्यो । सहप्राध्यापकमा पदोन्नतिसँगै पीएचडीको छात्रवृत्तिसमेत हासिल भएपछि उहाँ पीएचडी गर्न बेलायत जानुभयो । तीन वर्षमा पीएचडी गरेर स्वदेश फर्केलगत्तै उहाँलाई तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य-सचिवको जिम्मेवारी दियो सरकारले । शिक्षासम्बन्धी नीति बनाउने महत्वपूर्ण जिम्मेवारी रहेको सो समितिमा रहँदा पनि उहाँले त्रिविको सेवा छोड्नुभएको थिएन । अध्यापन क्षेत्रको अति सम्मानित ‘प्राध्यापक’को ओहोदा अध्यापन सेवामा प्रवेश गरेको १५ वर्षमै हासिल गर्नुहुने डा. शर्मालाई तीन वर्षका लागि भनेर शिक्षा समितिमा सचिवको जिम्मेवारी दिएको भए पनि विशेष आग्रहका साथ अवधि बढाउँदै उहाँलाई साढे नौ १० वर्ष सो समितिमा राखेर उहाँको विद्वता एवम् क्षमताको लाभ उठायो सरकारले । यसरी लगभग दस वर्षमा सदस्यसचिवको जिम्मेवारीबाट छुटकारा पाए पनि उहाँलाई मुक्ति भने मिलेन, नेपालमा प्राविधिक शिक्षाको व्यवस्था नभएकोले सोसम्बन्धी काम गरिदिनुपर्‍यो भनी स्वयम् तत्कालीन राजा वीरेन्द्रबाटै आग्रह गरिएछ । उहाँ स्वतन्त्र रूपले शिक्षा क्षेत्रमा केही गर्ने सोचाइ बनाइरहनुभएको थियो, तथापि जुन जिम्मेवारी राजाको प्रत्यक्ष चासो र निर्देशनमा सरकारले उहाँलाई सुम्पँदै थियो त्यो पनि राष्ट्रका लागि एक महत्वपूर्ण सेवा नै सावित हुने ठानेर डा. सुरेशराज शर्माले स्वीकार गर्नुभयो । यसरी उहाँकै संस्थापन प्रमुखकत्वमा काउन्सिल अफ टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ -सीर्टर्ीइभीटी) स्थापना भयो । आज अत्यन्त महत्व र चर्चामा रहेको सो संस्थाको ऐन-नियम बनाउनेदेखि स्थापनासम्बन्धी समस्त व्यवस्थापकीय कार्य पनि डा. शर्माले नै गर्नुभएको सम्भवत: धेरैलाई जानकारी छैन होला । सीर्टर्ीइभीटी प्रमुखका रूपमा उहाँ कार्यरत रहेकै समयमा मुलुकमा ०४६ सालको परिवर्तन भयो ।
नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त भइरहेको थियो । दुई वर्षको कोर्स पूरा गर्न ४-५ वर्ष लाग्ने र स्तर पनि निकै कमजोर भएकोतर्फ औंल्याएर डा. शर्माले सरकारको ध्यान खिच्न खोज्नुभयो । यसरी डा. सुरेशराज शर्मा जे-जति काम गरिरहनुभएको थियो त्यो आफ्ना लागि थिएन, सम्पूर्ण रूपमा राज्यकै लागि थियो र पनि नयाँ ‘प्रजातान्त्रिक सरकार’ले आफूलाई त्यति सपोर्ट नगरेकोजस्तो उहाँलाई अनुभूति भयो । प्रोफेसरका रूपमा ज्ञान बाँड्ने सर्त्कर्म गर्नुपर्ने व्यक्ति त्यसरी सरकारी प्रशासनिक कार्यमा अल्झनुपरेको उहाँ स्वयम्लाई चित्त बुझिरहेको थिएन । त्यसमाथि काठमाडौं भ्याली क्याम्पस पनि सञ्चालन गर्न थालिसक्नुभएको थियो उहाँले, जो निजी क्षेत्रबाट स्थापित भएर पनि अत्यन्त उत्साहजनक परिणाम प्रदान गर्न सफल सावित भइरहेको थियो । यस हिसाबमा शिक्षा मन्त्रालयबाट मुक्ति नै खोजिरहनुभएको थियो सुरेशराज शर्मा । यस्तो अवस्थामा प्राप्त भएको अवकाश उहाँका लागि ‘के खोज्छस् अन्धो- आँखा’ भनेझैँ हुन पुग्यो । उहाँसँग शिक्षामा केही गरौँ भन्ने व्यक्तिहरूको एउटा टिम थियो । उहाँले छुट्टै विश्वविद्यालय चलाउन सरकारसँग स्वीकृति माग्नुभयो । त्यसका लागि आवश्यक ऐन बनाएर ल्याउनु भन्ने निर्देशन सरकारी निकायबाट प्राप्त भएपछि तत्काल सो काम पूरा गर्नुभयो उहाँले र प्रजातन्त्र पुनर्स्थापनपछिको पहिलो संसद्बाटै त्यो पास भयो । यसरी ०४८ सालमा काठमाडौं विश्वविद्यालयको जग बस्यो । कतिपयले उहाँसँग सवाल गरे- ‘राजाको नाउँबाट स्थापित त्रिवि राजाको -सरकारको) भएभरको तागत प्रयोग हुँदा पनि यस्तो दयनीय अवस्थाबाट गुज्रिरहेको छ, चलाउन यस्तो गाह्रो छ, भनेजस्ता शिक्षक पाइन्नन्, यस्तोमा निजी तवरबाट तपाईंहरू कसरी साइन्स, इन्जिनियरिङ, मेनेजमेन्टजस्ता नयाँ-नयाँ विषय पढाउनेगरी विश्वविद्यालय चलाउनुहुन्छ -‘ हुन पनि काम सजिलो थिएन, अनेक चुनौती ठडिएका थिए, तर डा. शर्माभित्र आँटेको काम गरेरै देखाउने भरपूर उत्साह र आत्मविश्वास थियो । आखिर भ्याली क्याम्पसको ‘इमेज’ पनि त ६-७ वर्षकै मिहिनेतमा बनेको थियो । शुद्ध मनले काम गर्न लागेको हो, कुनै व्यापार या राजनीति गर्ने उद्देश्य होइन, शिक्षामा केही गरेर देखाउने अठोटबाट प्रेरित भएकोले आँटेको पुग्छ भन्ने ठानिरहनुभएको थियो उहाँ । यस्तै तर्क दिएर जिज्ञासुहरूलाई सन्तुष्ट तुल्याउनुभयो सुरेशराजले । त्रिविले काठमाडांै विश्वविद्यालयलाई सम्बन्धन स्वीकृति पनि दिएपछि उहाँमा दायित्व र चुनौती पनि त्यत्तिकै थपिएका थिए । यस्तैमा धुलिखेलका मेयर बेलप्रसाद श्रेष्ठले जमिन, बाटो पानीलगायतका पूर्वाधारहरू व्यवस्था गरिदिने वचनसहित आग्रह गरेपछि काठमाडौं विश्वविद्यालय धुलिखेलमा रहने निश्चित भयो ।
विश्वविद्यालय स्थापनाका क्रममा सर्वप्रथम त भवनहरूको निर्माण कसरी गर्ने भन्ने सवाल नै मुख्य चुनौती बनेर ठडियो । त्यसैगरी लाइब्रेरी, ल्याब तथा उपकरणहरूजस्ता कुरा पनि जुटाउनु अपरिहार्य थियो । तर, त्यत्तिकै अल्मलिएर बस्ने समय थिएन । भाडाको घरमा ०५० सालमै एमबीए पढाउने काम सुरु भयो र एकाउन्न सालमा त इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एलेक्ट्रोनजस्ता विषयको पहिलोपटक नेपालमा पढाइ हुन थाल्यो । साइन्समा पनि फार्मेसी र इन्भारोमेन्टल साइन्स गरी दुई नयाँ विषय केयूले नै पहिलोपटक सुरु गरेको हो ।
डा. शर्माको पहलमा तीन/चार विदेशी तथा केही स्वदेशी दाता केयूको भवन निर्माण कार्यमा सघाउन तयार भए । रणबहादुर शाह, मोहनगोपाल खेतानहरूले सुरुमा केही सहयोग गरे पनि थुप्रै रकमको आवश्यकता थियो । यस्तैमा युनाइटेड मिसन टु नेपाल र अर्का एक जापानिजले पनि सघाए । पैसा दुरुपयोग गरेन बरु दिएकोभन्दा बढ्ता बनाएर देखायो भन्ने परेछ दाताहरूको नजरमा, त्यसबाट पछि सहयोग जुटाउने काममा अत्यन्त सहयोग पुगेको अनुभव सुनाउनुहुन्छ सुरेशराज शर्मा । पछि मेडिकल कलेज बनाउनचाहिँ सरकारले पनि पाँच सय ३० रोपनी जमिन उपलब्ध गरायो । इन्डियाका विडला इन्स्िटच्युट अफ टेक्नोलोजी, मणिपाल एकेडेमीलगायतका नाम चलेका संस्थाहरूसँग सम्बन्ध भएपछि त केयूको छवि र स्तर निकै माथि पुग्यो । उल्लिखित संस्थाहरूलगायत यूएनले ग्लोबल वान्टेड गरेरै राम्रा-राम्रा शिक्षकहरू आए । पछि त केयू आफैंले पनि एकसे एक गुणस्तरीय शिक्षक-शक्ति उत्पादन गर्न थाल्यो । आज केयूमा पीएचडी गरेका शिक्षक मात्रै ६०-७० जना छन् भने बर्ीइ, र्एमई र पीएचडीसम्मको पढाइ यहीँ हुन्छ । एउटा अन्तर्रर्ााट्रयस्तरको विश्वविद्यालयको छवि बनेको छ यसको, जसको मूल श्रेय जान्छ प्रोफेसर डा. सुरेशराज शर्मालाई । आखिर एक व्यक्तिले मात्र चाहँदा या लागिपर्दा पनि धेरै ठूलो काम हुनसक्दोरहेछ भन्ने ज्वलन्त उदाहरण बन्न पुगेका छन् काठमाडौं विश्वविद्यालय र यसका संस्थापक प्राध्यापक सुरेशराज शर्मा ।
हामी नेपालीको एउटा अत्यन्त नराम्रो स्वभाव छ- ‘म यस्तो जान्नेसुन्ने, क्षमतावान छु तर मलाई राज्यले केही दिएन’ भन्ने । साधारणदेखि उपल्लो तहसम्ममा प्राय: यही सवालले घर गरेको पाइन्छ । केही नपाउने त नपाउने नै भइगए, तर राज्यबाट सेवा-सुविधाहरू लिनेहरूसमेत असन्तुष्टि नै व्यक्त गरिरहेका भेटिन्छन् । यसरी व्यक्तिकेन्द्रित सोचबाट मुलुक नै ग्रस्त बनिरहेको परिवेशमा पनि डा. सुरेशराज शर्माजस्ता मुलुकको उज्यालो भविष्यकै लागि ऊर्जा खपत गरिरहेका व्यक्तित्वहरू पनि हाम्रामाझ छन् । उहाँ भन्नुहुन्छ, ‘म नेपालको एक दर्ुगम खुर्कोट गाउँमा जन्मेको व्यक्ति आज जहाँ छु – यो राज्यकै कारणले छु । बी.एस्सी, एम.एस्सी र पीएचडीसम्म पनि मेरै सरकारले छात्रवृत्तिमा पढाइदियो मलाई, केवल पढ्ने इच्छा र मिहिनेत मात्रै मेरो हो – बाँकी त राज्यले नै गरिदियो । सरकारले नै सचिव बनाइदियो, प्रोफेसर बनाइदियो । अब यहाँभन्दा बढ्ता के दिने मलाई राज्यले – मुलुकको गच्छेअनुसार त बढ्ता नै पाइसकेँ मैले । यति भएपछि त राज्यले पनि अपेक्षा गर्छ नि हामी जनताबाट – हो, त्यही पूरा गर्न निष्ठापूर्वक आफ्नो क्षेत्रमा लागिपरेको छु म ।’
मुलुकमा प्राविधिक शिक्षालयको ‘पायोनियर’ हुनुको नाताले प्राविधिक शिक्षाका क्षेत्रमा गरेका कामले उहाँलाई सुखानुभूति गराउँछ । लेखपढ गर्न नसकेका युवाहरूलाई समाजले ‘निकम्मा’को आरोप लगाएर निराश बनाउन खोज्छ, त्यस्ताहरूलाई सीप सिकेर आत्मसम्मानका साथ बाँच्न प्राविधिक शिक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सीर्टर्ीइभीटीको स्थापना मात्र होइन, बालाजु यन्त्रशालाको क्षमता विस्तार गर्नेदेखि लिएर जिरी, धनकुटा, लाहान, जुम्ला आदि स्थानमा प्राविधिक शिक्षालय खडा गरेर सिपालु युवाहरू उत्पादन गरेको सन्दर्भले डा. सुरेशराज शर्मालाई अत्यन्त सन्तोष प्रदान गरेको छ । हुन पनि ‘तिमीहरूको भविष्य नै छैन’ भनी समाजबाट एकप्रकारले हेपिएका युवाहरूलाई सबल र सक्षम तुल्याउने काम कम्ती सुखदायक हुने त सवालै भएन । नेपालीले प्राविधिक/व्यावसायिक सबैखाले शिक्षा लिन पनि सक्छ र दिन पनि सक्छ भन्ने दर्बिलो उदाहरण यसरी प्रस्तुत गर्नुभयो उहाँले ।
नेपालमा आज जति सङ्ख्यामा मेडिकल डाक्टरहरू उत्पादन भइरहेका छन्, त्यसको ६० प्रतिशत हिस्सा त काठमाडौं विश्वविद्यालयअर्न्तर्गतका मेडिकल कलेजहरूले नै ओगटका छन् । एक वर्षमा लगभग सात सय सङ्ख्यामा डाक्टर उत्पादन गर्छन् केयूअर्न्तर्गतका कलेजहरूले । विदेशबाट समेत पढ्न आउने स्तरको मेडिकल पढाइ स्थापना भएबाट सन्तुष्ट डा. शर्मा भन्नुहुन्छ, ‘हामीले नेपाली विद्यार्थीलाई पढ्ने अवसर मात्र दिएनौँ बल्की वारि्षक ४-५ अर्ब रुपैयाँ बिदेसिनबाट पनि बचाइरहेका छौँ । साथसाथै विदेशी विद्यार्थीले बुझाउने शुल्क पनि मुलुक भित्र्याएका छौँ ।’
राम्रा या योग्य मान्छेहरू देशबाट पलायन हुने परिवेशलाई एउटा डरलाग्दो अवस्थाका रूपमा चित्रण गर्नुहुने प्राध्यापक सुरेशराज शर्मा प्रतिभा पलायन रोक्न राज्य गम्भीर भएर तत्काल विशेष नीति बनाउन लागिपर्नुपर्ने अपरिहार्यता औंल्याउनुहुन्छ । ‘आँखाको उपचारका लागि तिलगंगा, मुटुका लागि गंगालाल अस्पताल भन्ने जुन इमेज आज निर्माण भएको छ त्यो कुनै विदेशीले होइन नेपालीले नै स्थापित गरेको हो, तर्सथ हामी केही गर्नै सक्दैनौँ भनी हीनभावना नेपालीले राख्नु जरुरी छैन । संयम चाहिन्छ, सकेको गर्दै जानुपर्छ, काम गर्ने वातावरण राज्यले पनि प्रदान गर्नुपर्छ र जनता स्वयम् पनि यसका लागि जिम्मेदार बन्नुपर्छ- मुलुक बन्छ’, डा. शर्मा सुझाउनुहुन्छ ।
०७ सालमा बाबुबाजेहरूलाई काङ्ग्रेसको बिल्ला लागे पनि सुरेशराज स्वयम् भने राजनीतिक रूपमा तटस्थ नै रहनुभएको छ । एउटै व्यक्ति ‘सर्वत्र’ हुन खोज्नु राम्रो होइन भन्ने मान्यता बोक्ने उहाँ राजनीतिले मुलुक डोर्‍याउन नसकेकोमा दु:खेसो व्यक्त गर्नुहुन्छ । ‘छिमेकी भारतका जवाहरलाल नेहरू, महात्मा गान्धी, राधाकृष्णनहरू अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयहरूमा समेत अब्बल ठहरिएका व्यक्तिहरू हुन्, कुनैबेला त्यस्ता व्यक्तिले नेतृत्वको जग बसालिदिएकाले आज भारत प्रगतिको रफ्तारमा छ, अमेरिकाका राष्ट्रपति पदमा सबभन्दा राम्रा विश्वविद्यालयमा पढेकाहरू मात्र पुगेका हुन्छन्, तब त अमेरिका आज विश्वमै राज गरिरहेको छ’ भन्ने उपमा दिँदै उहाँ भन्नुहुन्छ- ‘राजनीतिमा त सक्षम व्यक्ति पस्नुपर्ने हो तर हामीकहाँ ठीक उल्टो ट्रेन्ड देखिएको छ, अन्य क्षेत्रमा केही गर्न नसकेपछि राजनीतिमा प्रवेश गर्ने प्रवृत्तिले गर्दा राजनीतिक क्षेत्रप्रति नै वितृष्णा बढाउने काम भएको छ ।’
प्रोफेसर शर्माका अनुसार इमानदार, सक्षम र केही गर्छु भन्ने तीव्र भावना भएको व्यक्ति नेपालको राजनीतिमा हामी नेपाली खोजिरहेका छौँ, तर भेटिरहेका छैनौँ । ‘प्रत्येक राष्ट्रले कुनै न कुनै कालखण्डमा कठिन दिन भोगेकै हुन्छन् र त्यही भोग्ने क्रममा हामी यतिबेला छौँ सायद’ भन्ने विचार व्यक्त गर्नुहुने डा. शर्मा दु:ख पर्‍यो भनेर निराश नबनौँ बरु दु:खलाई प्रेरणाको स्रोत मानौँ भनी उत्साह जगाउने कुरा गर्नुहुन्छ । ‘६०-७० वर्षअघि जापान के थियो – ४०-५० वर्षअघि कोरिया के थियो र ३०-४० वर्षअघि चीन के थियो -‘ भन्ने सवाल गर्दै उहाँ नेपालले पनि अब फोस्रो राजनीतिमा समय खेर नफाली आर्थिक समृद्धिका मुद्दाहरूमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुहुन्छ । सात दशक उमेरको अवस्थामा पनि युवा जोशका साथ प्रोफेसर डा. सुरेशराज शर्मा अठोट गर्नुहुन्छ, ‘हाम्रो मुलुक हामीले नै बनाउने हो, अरूले बनाइदेला भन्ने आशामा अल्झनु भनेको उन्नतिको मार्गमा आफैंले तगारो हाल्नुसरह हो । त्यसैले आ-आफ्नो क्षेत्रबाट जाँगरपूर्वक लागिपरौँ, मुलुक बन्न धेरै समय लाग्दैन ।’
– जयप्रकाश त्रिपाठी