हन्स्लोमा नेपाली नयाँ वर्षको उत्साह

हन्स्लोमा नेपाली नयाँ वर्षको उत्साह


लण्डन । नेपाली नया बर्ष २०६८ सालको शुरुवात भइसकेपश्चात पनि आफ्नो परम्पराको मनन गर्दै गत अप्रिल २२ का दिन लन्डनस्थित हंस्लोवरपर बस्ने नेपालीहरुले हंस्लो तन्दुरी रेस्टुराँमा नया वर्ष २०६८ को शुभकामना भब्यताका साथ आदानप्रदान गरेर मनाएका छन् । कुमार मल्लको संयोजनमा भएको सो भेलामा लगभग ८० जना नेपालीहरुसहित केही स्थानीय बासिन्दाहरु पनि जम्मा भएका थिए । आफ्नो ब्यस्तताका बाबजुद पनि हन्स्लोवासी नेपालीहरुको उक्त जमघटले मध्यरातसम्म विभिन्न नाचगान गर्दै रमाइलो सँग वर्षको नयाँ दिनको खुशियाली मनाएका थिए । ढिलो चाँडो भए पनि बर्षेपिच्छे यसरी नै नयाँ वर्ष मनाउँदै आएको र मनाउँदै जाने व्यहोरा कार्यक्रमका संयोजक कुमार मल्लले बताएका छन् । -नरेन्द्र, मेस
तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।