एटमबम विस्फोटन गर्न अलकायदा तयार

एटमबम विस्फोटन गर्न अलकायदा तयार


लण्डन / विकिलिक्सले हालै प्रकाशमा ल्याएको एउटा गोप्य फाइलको विवरणअनुसार आतंककारीहरुले युरोपको कुनै अन्जान ठाउँमा परमाणुबम लुकाएर राखेको दावी गरेको छ । यदि ओसामा बिन लादेन्लाई पक्डाउ गरे वा मारेमा त्यो परमाणुबम विष्फोटन् गरिनेछ भनेर अलकायदाका एकजना वरिष्ठ कमाण्डरले चेतावनी दिएका छन् । फाइलबाट प्राप्त जानकारीअनुसार आतंककारी घोषित गरेर अमेरिकी गुअन्टानामो जेलखानामा राखेका कैदीहरु तीनजनामध्ये एकजना खतरनाक आतंककारी रहेको भनी वर्गीकरण गरेर राखेको उल्लेख गरेको छ । ती कैदीहरुमा आधाजति पैदल सेना रहेका र पाँचजनामा एकजना निर्दोष रहेका कुरा पनि प्रकाश पारेका छन् । अमेरिकी डिटेन्शन क्याम्प, गुआन्टानामो भएर क्युबा पुगेका ७८० जना व्यक्तिहरुलाई सोधपुछ गरेर तयार पारेको सम्पूर्ण विवरण रहेको डकुमेन्ट कैयौ समाचार पत्रिकाहरुमा सम्प्रेषण भइसकेका छन् । क्याम्पमा बन्दी बनाएर राखेका २२० जनालाई खतरनाक अन्तर्राष्ट्रिय आतंककारी घोषित गरेका थिएभने यसभन्दा बढी आतंककारीहरुलाई गुआन्टानामो डिटेन्शन सेन्टरमा कैद गरेर राखेका थिए । तीनमध्ये सबैभन्दा वरिष्ठ आतंकारी, अलकायदाको कमाण्डर मानिने खालीद शेख मोहम्मद पनि त्यस केन्द्रमा कैदी भएर बसेका छन् । खालीद शेख मोहम्मदले ९/११मा म्यानहट्टन, न्यूयोर्क सीटीका ट्वीन टावर माथिको आतंककारी हमलाको प्रमुख योजनाकार रहेको भनिन्छ । शेख मोहम्मदको फाइलबाट प्राप्त सूचनाअनुसार उनले संसारभरि अमेरिका र अमेरिकालाई साथ दिने मित्रराष्ट्रहरुमाथि आतंककारी हमला गर्ने कैयौ योजनाहरु र लक्ष्यहरु रहेको जानकारी प्राप्त भएको छ । खालीद शेख मोहम्मदलाई सोधपुछ गर्ने टोलीका इन्टरोगेटरहरुका अनुसार तिनले सोधपुछ गर्नेहरुलाई अलकायदाले अब परमाणु अस्त्रको असिना वर्षाउनेछ र हिथ्रो, बेलायतमा प्रशिक्षणका लागि मानिसहरु तैनाथ गर्नेजस्ता योजना रहेको बताएका छन् । ९/११को आतंककारी हमलापछि गुआन्टानामो बे सेन्टर अमेरिकी सरकारले खोलेको थियो । यतिबेला त्यहाँ १८०जना कैदीहरु छन् । बुश प्रशासनको बेलामा त्यहाँ कैदीहरुलाई शारीरिक यातना दिने कैयौ नौलो तरिकाहरु अपनाएको कुराहरु छापाहरुमा आएका थिए । श्रोत–मेट्रो, सुमल, मेस ।