अख्तियारको अर्को सफलता

अख्तियारको अर्को सफलता


डेढ अर्बभन्दा बढीको जमिन सरकारलाई प्राप्त हुँदै

कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २०२१ माघ २ गते आफ्नो अचल सम्पत्ति घोषणा गर्ने क्रममा फाँटवारी पेश गर्दा रानी जगदम्बाबाट हत्याएको २४ रोपनी जग्गामध्ये आफू र आफ्ना परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेश गरेको अख्तियारको छानबिनमा देखिएको छ । दीक्षितले त्यसरी फाँटवारीमा विवरण उल्लेख नगरेको जग्गामध्ये पाँच रोपनी एक पैसा जग्गा गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको पाइएको छ । भूमिसुधार ऐन अनुसार ७ नम्बर फाँटवारीमा उल्लेख नगरेको त्यस्तो जग्गा सरकारले अनिवार्यत: जफत गर्ने प्रावधान रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै निर्णयबाट राज्यलाई डेढ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी गराइदिएको छ । ललितपुरको पाटनढोका आसपासको अठार रोपनी जमिन कमलमणि दीक्षित, कनकमणि दीक्षित र कुन्द दीक्षितले लुकाएर राखेको पत्ता लागेपछि अख्तियार राज्यलाई डेढ अर्बभन्दा बढीको आम्दानी गराउन सफल भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी पत्ता लगाएको तथ्यका आधारमा दीक्षित परिवारका नाममा रहेको १८ रोपनी जमिन सरकारी स्वामित्वमा ल्याउन पत्राचार गरेलगत्तै ललितपुर मालपोत कार्यालय र भूमिसुधार कार्यालयले आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । मंगलबार (जेठ १८ गते) सम्बन्धित कार्यालयहरूले कमलमणि दीक्षित र कनकमणि दीक्षितको नाममा म्याद तामेल गरिसकेको छ भने कुन्द दीक्षित बाहिर भएकोले उनको नाममा सूचना टाँस गरेको छ । मालपोत र भूमिसुधार कार्यालयले लेखेको पत्रमा कनकमणि, कमलमणि र कुन्द दीक्षितको नाममा रहेको १८ रोपनी जग्गा सरकारको स्वामित्वमा जाने स्पष्ट ढङ्गले उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यो कदमको चौतर्फी प्रशंसा भएको छ र यसलाई आयोगको ठूलो सफलता मानिएको छ ।

साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षिण र उनका परिवारले रानी जगदम्बाकुमारी राणाको नाममा रहेको झन्डै १८ रोपनी जग्गा गैरकानुनी ढङ्गले लुकाएर राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेलापारेको हो । प्राप्त जानकारीअनुसार आयोगले दीक्षितमाथिको अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथिको छानबिनका क्रममा दीक्षित परिवारले सरकारको हक कायम हुने पुल्चोकस्थित करिब १८ रोपनी जग्गा अनधिकृत रूपमा लुकाएको भेटिएको हो ।

स्रोतका अनुसार यही जेठ १६ गते बसेको अख्तियारको बैठकले साझाका अध्यक्ष दीक्षित र उनको परिवारले लुकाएर राखेको १८ रोपनी जग्गा तत्काल नेपाल सरकारका नाममा कायम गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई लेखी पठाएको थियो । अख्तियारबाट दीक्षित परिवारको अकुत सम्पत्ति छानबिनका क्रममा फेलापरेको गैरकानुनी सम्पत्तिको यो एउटा सानो अंश मात्र भएको अख्तियार सूत्रले जनाएको छ ।

ललितपुरको पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेको रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा नेपाल सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् । २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा यसरी नेपाल सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् ।

रानी जगदम्बाले आफ्ना वारेस लक्ष्मीप्रसाद देवकोटामार्फत २०१८ सालमा नै पाटन क्याम्पसलाई चन्दास्वरूप दिने भनी घोषणा गरेको पाँच रोपनी दुई पैसा जग्गासमेत दीक्षित परिवारले लुकाएको अनुसन्धानका क्रममा भेटिएको छ । दीक्षित परिवारले सो जग्गामध्ये दुई रोपनी एक आना तीन पैसा जग्गा जगदम्बा प्रेसका नाममा र दुई रोपनी ६ आना जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा गैरकानुनी रूपले नामसारी गरी लुकाएको पाइएको हो । रानी जगदम्बाको नाममा त्यति नै बेला प्रेस थियो । दीक्षित परिवारले २०१८ साल असार २० गतेको लिखत देखाएर उक्त जग्गा आफ्नो प्रेसको नाममा ल्याएका थिए ।

त्यस्तै रानी जगदम्बाले हदबन्दीभन्दा बढी भई नेपाल सरकारको नाममा दिने भनी घोषणा गरेको आफ्नो जग्गामध्ये कित्ता नम्बर ८६ बाट दीक्षित परिवारका मूली कमलमणि दीक्षितले जालसाजी गरी विभिन्न कित्ताकाट गर्दै क्रमश: आफ्ना बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीलाई १० आना र स्वयम् कमलमणिले आफ्ना नाममा चार रोपनी नौ आना तीन पैसा जग्गा अनधिकृत दर्ता कायम गरेकोसमेत छानबिनको क्रममा पाइएको छ । यसरी हात परेको सो जग्गामध्ये कमलमणि दीक्षितले होटेल ओएसिसको नाममा दुई रोपनी ११ आना तीन पैसा, आफ्नै छोरा कुन्दमणि दीक्षितको नाममा दुई रोपनी आठ आना र कनकमणि दीक्षितका नाममा एक रोपनी १३ आनासमेत हक हस्तान्तरण गरेको पाइएको छ । ज्ञातव्य छ, होटेल ओएसिस दीक्षित परिवारकै स्वामित्वमा रहेको छ ।

त्यसरी नै कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २०२१ माघ २ गते आफ्नो अचल सम्पत्ति घोषणा गर्ने क्रममा फाँटवारी पेश गर्दा रानी जगदम्बाबाट हत्याएको २४ रोपनी जग्गामध्ये आफू र आफ्ना परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेश गरेको अख्तियारको छानबिनमा देखिएको छ । दीक्षितले त्यसरी फाँटवारीमा विवरण उल्लेख नगरेको जग्गामध्ये पाँच रोपनी एक पैसा जग्गा गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको पाइएको छ । भूमिसुधार ऐन अनुसार ७ नम्बर फाँटवारीमा उल्लेख नगरेको त्यस्तो जग्गा सरकारले अनिवार्यत: जफत गर्ने प्रावधान रहेको छ ।

दीक्षित परिवारले लुकाएको जग्गामध्ये अर्को भूमिसम्बन्धी ऐन २०२१ बमोजिम हदबन्दीभन्दा बढी भई नेपाल सरकारका नाममा कायम हुनुपर्ने दुई रोपनी सात आना जग्गा कमलमणि दीक्षितका बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीका नाममा गैरकानुनी दर्ता भएको पाइएको छ । ज्ञवालीबाट उक्त जग्गा २०३८ सालमा होटेल नारायणी प्रा.लि. पुल्चोकको नाममा र होटेल नारायणीबाट २०४२ सालमा होटेल ओएसिस प्रालि पुल्चोकको नाममा पुन: हक हस्तान्तरण भएको देखिएको छ । मदनशमशेरका दुई रानीमध्ये जेठी जगदम्बा हुन् भने कान्छी माणिकदेवी हुन् । माणिकदेवीको तर्फबाट मात्रै सन्तान जन्मिएका थिए । उनका दुई छोरा क्रमश: गोपालशमशेर र यज्ञराजशमशेर थिए भने एक छोरी प्रीतिदेवी राणा थिइन् ।

मदनशमशेरको सन् १९५३ जुन २० मा बनारसमा निधन भएको थियो । मदनशमशेरको निधनपछि रानी जगदम्बालाई एकप्रकारले बन्धक बनाई नेपालतर्फको सम्पूर्ण सम्पत्ति हत्याइएको थियो । त्यसक्रममा उनीहरूले रानी जगदम्बाका सौतेनी सन्तानहरूलाई स्वाभाविक अंश प्राप्तको अधिकारबाट वञ्चित गर्दै आफू र आफ्ना नातेदारको नाममा स्वर्गीय मदनशमशेरको सबै चलअचल सम्पत्ति हात पारेका थिए ।

यसरी स्वर्गीय मदनशमशेरको अपुतालीसमेत षड्यन्त्रपूर्वक हत्याएको दीक्षित परिवारले नेपाल सरकारको नाममा कायम हुनुपर्ने १८ रोपनी जग्गा गैरकानुनी ढङ्गबाट लुकाएको पाइएबाट अख्तियारका अधिकारीहरू चकित परेका छन् । अख्तियारको निर्देशनपछि भूमिसुधार मन्त्रालयले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन पहल गर्ने तदारुकता लिएलगत्तै ललितपुर मालपोत कार्यालय र भूमिसुधार कार्यालयले अख्तियारको निर्देशन कार्यान्वयन गर्ने प्रक्रिय अघि बढाएको हो ।
Kanak-mani-dixit