चिनियाँ कम्पनीले बुझायो रेल–वे सम्भाव्यता अध्ययन प्रतिवेदन

चिनियाँ कम्पनीले बुझायो रेल–वे सम्भाव्यता अध्ययन प्रतिवेदन


Cover Page

उत्तर–छिमेकी चीनको सहयोगमा नेपालमा रेलवे निर्माणको चर्चा चुलिएको परिवेशमा ‘चाइना सिएमसी इन्जिनियरिङ’ले रसुवागढी–काठमाडौं, काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी रेल–वेको सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको जानकारी प्राप्त भएको छ । केही दिनअघि नै सिसिएएमसीईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

चिनियाँ कम्पनी सिएएमसीईले रेल–वे सम्भाव्यता प्रतिवेदन प्राप्त भएकोले तत्कालै डिपीआर सुरु हुने बुझिएको छ । लगभग एकदेखि डेढ वर्षभित्र डिपिआरको काम सम्पन्न भइसक्ने र त्यसलगत्तै निर्माण कार्य सुरु हुने दाबी गरिएको रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गले केही वर्षभित्रै मुर्त रूप पाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतको कथन छ । चीनले नेपालमा रेलमार्ग निर्माणको लागि पछिल्लो समय निकै रुचि देखाएको अनुभूति गरिएको वर्तमान परिवेशमा त्यहाँको मिनिष्ट्रि अफ कमर्शले सिसिएएमसीईलाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको बताइन्छ ।

ज्ञातव्य छ, चाइना सिएएमसी इन्जिनियरिङलाई उसको क्षमता र जिम्मेवारी निर्वाहमा विश्वसनीयताका कारण चीन सरकारले विशेष महत्वका साथ ठूला परियोजना सुम्पिने गरेको छ ।
CCMCE