जुझारु वीपी

जुझारु वीपी


SN-Karki, Shwoyembhunath

बालापनदेखि नै विपी जुझारु व्यक्तित्वका थिए । उनको यो जुझारु पन सम्पूर्ण जीवनभर कायम रह्यो । शायद उनको यो शक्तिले नै होला रोगको कारणले मृत्यु विल्कुल सामुन्ने देखे पछि पनि निराश भएनन । बरु आङ्खनो कालखण्डका यी महत्वपूर्ण पात्रले आङ्खनो वारेमा आफै पनि केही छोडेर जाने निश्चय गरे । बुद्धि चलेका, कलम चलेका यी मुर्धन्य साहित्यकार, चर्चित नेता आङ्खनो जीवनी आफै लेख्न सक्ने हालत तथा परिस्थितिमा थिएनन् । त्यसैले उनले आफुले सबैभन्दा भरोसा गरेको सहयोगीका रुपमा रहेकी शैलजा आचार्यलाई साँछी राखेर गणेशराज शर्मालाई आङ्खनो आवाज रेकर्ड गराउन पुगेको कुरा संकलक शर्माले कितापको भूमिकामा लेखेका छन । आङ्खनो भरोसाको व्यक्तिलाई साँछी राखेर आङ्खना कुरा रेकर्ड गराउनु पनि उनको यो जुझरुपनको नै परिचायक हो । अझ त्यसमाथि उल्लेख नगरे पनि हुने आङ्खनो कमजोरी देखाउने ससाना घटना समेत उल्लेख गर्ने हिम्मत गर्नु साच्चै ने साहसिक काम भन्न मिल्छ । संभवत: यस्तो जुझारु इमान्दारी कमै आत्मकथाहरुमा भेटिन्छ । आत्मकथामा आफैले महशुस गरेको आफुलाई प्रक्षेपण गरिने हो त्यसैले आत्मकथा प्रस्तुत गर्दा आङ्खना वारेका अलिक नराम्रा कुरा छुटाउने गर्दछन । तर उनले साह्रौ र सत्रौ परिच्छेदमा आङ्खना परिवार भित्रका चारित्रिक कमजोरीका प्रसंग पनि छुटाएका छैनन । यो कुरा असावधानीवश भएको पनि हैन, सोह्रौ परिच्छेदको शुरु मै भन्छन ‘यो हाम्रो परिवारको, एक दृष्टिले हेर्ने हो भने अकीर्तिको कुरा हो । ’

आफु करिव आठ बर्षको हुँदा अस्सी घाटमा भएको गान्धीजीको सभामा सरकारी स्कुल छोड, राष्ट्रिय स्कुलमा पढ भनेर गरेको आव्हानमा म स्कुल जान्न, बहिष्कार गर्छु भनेर भन्दा मञ्चमा लगेर माला लगाई दिएको स्मरण रोचक छ । उनको यो कुरालाई दाजु मातृकाले पनि चलाखीपूर्वक पछ्याएका थिए । आङ्खनो सम्पूर्ण व्यक्तित्व निर्माणमा गान्धीवाद र माक्र्सवादको छाप परेको कुरा परिच्छेद सातमा बताएका छन । यो एक विलक्षण कुरा थियो, झलक्क हेर्दा एक अर्कासंग विपरित धार लाग्ने यी दुई सिद्धान्तको समिश्रण गर्नेको व्यक्तित्व जुझारु नै हुनु पर्दछ । यहि जुझारु पनले गर्दा हुनु पर्छ देवकान्त वरुवा, राजेश्वर राव र अरु केहीसंग मिलेर स्टडी सर्किल बनाए । यस स्टडी सर्किलमा सदस्यहरु पछि नेता पनि भए । माक्र्सवादको रोमाञ्च महशुस गर्न जरुरी नभए पनि लुकेर काम गरे । उनी भन्छन ‘लुक्नु जरुरी नभए पनि लुकेर गथ्र्यौ । ’ परिच्छेद पाँचमा भन्छन ‘ जब म दश क्लासमा पढ्दै थिए र गान्धीवादी पनि थिएँ, आतंकवादीहरुसंग मेरो संगत भयो । ….. त्यो रिभल्वरलाई राखेर हामी छलफल गथ्र्यौ, कसरी क्रान्ति गर्ने, के गर्ने भनेर ।’

आफुले गलत मानेको कुराको पक्षमा तर्क गर्नु हुन्न भन्ने उनको मान्यता रहेको थियो । केवल वादविवादमा मात्र भए पनि आङ्खनो मनले नमानेको कुराको पक्षमा तर्क गर्नु हुन्न भन्ने अडिगता उनमा जीवन पर्यन्त रह्यो । परिच्छेद चारमा यस कुरालाई उनी यसरी पेश गर्दछन । ‘एउटा डिवेटको सम्झना छ । हामी खद्दर लगाउँथ्यौ, गान्धीवादी थियौं । बहस के भयो भने खद्दर आर्थिक दृष्टिबाट ठीक कुरा हैन । ठुलदाजुले ठीक होईन भन्ने पक्षबाट बोल्नुभयो, मैले ठीक हो भन्ने पक्षबाट बोलें । ……. म भन्दथें – बहस पनि त कुनै गल्ती कुराको हुन सत्तैmन । मेरो जो धारणा त्यसवेला बनेको थियो, आजसम्म पनि त्यही धारणा बनिरह्यो । तर ठुलदाजु हरपक्षमा बोल्न सक्नुहुन्थ्यो । ’ यस्तै जुझारुपन भारतिय स्वतन्त्रता आन्दोलनमा राजेन्द्रबाबु ( डा. राजेन्द्र प्रसाद) संगै जेल पर्दा हजारीवाग जेलमा घटेको स्मरण दिएका छन । ९ अगस्तको दिन गान्धीले भारत छोडो आन्दोलन गरेको दिवस पारेर सबैले झण्डा लगाउने निश्चय गरे । तर अरु सबै भारतियले झण्डा लगाउन डराएका मात्र हैन वीपीलाई पनि नलगाउन आग्रह गरे । तर वीपीले मानेनन लगाए । जेलरले देखे पछि विवाद भयो र वीपीलाई एकान्त कारावास तोकियो । जुन जेलभित्र अनावश्यक विवाद होला भनेर श्रीकृष्ण सिन्हाको हस्तक्षेप पछि राति कोठामा ताल्चा लगाउनेमा मात्र सिमित भयो ।

यस्तै घटना जेलमा रामवृक्ष बेनीपुरीसंग पनि घटेको छ । उनका अनुसार जेलमा वीपीलाई वेग्लै चुल्होको सुविधा प्राप्त थियो । त्यसै चुलोमा नुहाउन उनले बसाएको पानी झिकेर रामबृक्ष बेनीपुरीले आङ्खनो पानी तताउन बसाएछन । देख्ने बित्तिकै वीपीले त्यो भाँडो लात्तीले हानेर हुत्याई दिए । झगडा भयो, बेनीपुरीको भनाई थियो भनेको भए पनि त हुन्थ्यो । जेलमा वीपीको कुरा मान्ने र मारपिट पनि गर्न तैयार हुने युवक पनि थिए । तर उनीहरुले पनि वीपीको भन्दा रामबृक्ष बेनीपुरीको महत्व भारतिय राजनीतिमा धेर भएको भनेर मिल्न जोड गरे । पछि बरु रामबृक्ष वेनीपुरी नै आएर किन कोईराला जी, यस तरिकाले रिसाउनु भयो भनेपछि सम्वन्ध फेरी सामान्य भयो ।

पार्टी सभापति वा सरकार एक व्यक्तिको एउटा पद मात्र हुनुपर्ने अडान वीपीको थियो । यसै कुराको निमित्त मातृका र वीपीको मतभेद भयो । यो मतभेद साम्य पार्न जयप्रकाशले सक्दो कोशिस गरे । सम्झाए , रिसाए , अनेक प्रयत्न गरे । तर वीपी आङ्खनो सैद्धान्तिक अडानबाट टस को मस भएनन । अन्तत विशालनगर अधिवेशन भयो । मातृकाले अर्को पार्टी वनाए , वीपीको शव्दमा भन्ने हो भने त्यस दिनदेखि नेपाली कांग्रेस हमेशा विपक्षमा रह्यो । मातृका प्रधानमन्त्री भएपछि त्रिभुवनसंग भेट नै भएन, कुनै अवसरमा भएको भेटमा पनि उनले त्रिभुवनको वास्ता गरेनन । आजको हरेक कुरामा लचकता भनेर पछिको कुनै ध्यान नै नराखी जुनसुकै कुरामा पनि सम्झौता गर्ने कांग्रेस र वीपीको आङ्खनो सिद्धान्तमा अडिग जुझारु कांग्रेसमा कुन ठिक हो त्यो भने व्यक्ति पिच्छेको फरक विश्लेषण हुन सक्छ । तर त्यस वेलाको परिस्थिति र अहिलेको परिस्थिति भनेर तुलना हुनु हुन्न , किनभने वीपीको वेलामा भन्दा अहिले नेपाली कांग्रेसले कठिन चुनौतीको सामना गर्नु परेको छ भनियो भने त्यो कुरा हास्यास्पद हुन्छ ।