वीपी र समाजवाद

वीपी र समाजवाद


SN Karki

– स्वयम्भूनाथ कार्की

बालककालदेखि नै घामछायाँ जस्तो कहिले सम्पन्नता त कहिले अत्यन्त गरिवी भोगेकाले वीपीमा जस्तो धारणा पैदा गरिदियो त्यसको हल नै समाजवादमा देख्नु स्वभाविक नै थियो । जीवन कस्तो विषमताले भरिएको थियो भने जुन चन्द्रसम्सेरले आङ्खना बुबालाई गिरङ्खतार गर्न लागेका थिए तर विराटनगरका बडाहाकिम कर्णेल जीतबहादुरको मद्धतले स्वनिर्वासनमा जान सकेका थिए, जहाँ उनले चरम गरिवी व्यहोर्नु परेको थियो तिनै चन्द्रसम्सरले नेपालबाट प्रकाशित हुने कितावहरु, छातीको रोगका आयुर्वेदिक औषधीहरु पनि पिताजीलाई निरन्तर पठाउने गर्दथे । घाउ चिर्न बेहोस बनाउने औषधीको खर्च व्यहोर्न नसकेर दुखाई सहेर घाउ चिरेको अवस्था , अनि भागलपुर टेढीमा बाबुसाहेव भन्ने मान्छेको सहायताले जमिन लिए राम्रो भएको अवस्था । फेरी त्यही जमिन पनि कोशीको बाढीको प्रकोपले गर्दा कामलाग्ने नभएको अबस्था । यी सबै कुराहरु सामाजिक न्याय आर्थिक न्याय तथा राजनैेतिक अधिकारको चिन्तन तथा लडाईको निमित्त इन्धन थिए ।

‘समाजवाद’ शव्द वामपन्थी विचारधारा अनि मध्यमार्गी प्रजातान्त्रिक विचारधारा दुवैले अत्याधिक प्रयोग गर्ने गरेको शब्द हो । शव्द एकै भए पनि प्रयोगकर्ता अनुसार फरक अर्थ हुन जान्छ । त्यसैले होला नेपालमा एउटालाई प्रजातान्त्रिक समाजवाद वा वीपीको समाजवाद भन्ने चलन छ । प्रजातान्त्रिक समाजवादको अवधारणा कसरी आयो तथा यसको विकास कसरी भयो भन्ने कुराका धेरै तथ्य आत्मवृत्तान्तमा छन । सन १९३४ ताका यसको कार्यरुप आएको छनक परिच्अ‍ेद ७ मा छ । जयप्रकाश नारायणको अगुवाईमा अन्तरराष्ट्रिय आन्दोलनको मातहतमा एउटा सोसलिष्ट पार्टीको संभावनामा गहन विचार भै रहेको थियो । त्यसैताका कांग्रेस सोसलिष्ट पार्टी गठन भएको र आफु झण्डै शुरुको सदस्य नै भएको कुरा वीपीले बताएका छन । त्यस पार्टीमा उनले राम्रो स्थान पाएको र लेख्ने कुराहरुमा आफुलाई नै अघि सार्ने गरेको कुराको पनि उल्लेख गरेका छन । जयप्रकाश, आचार्य नरेन्द्रदेवसग यसै क्रममा उनको संगत मात्र बढेको हैन कि विचार विमर्श समेत हुने गर्दथ्यो ।

आखिर यस्तो कुन कुरा थियो जसले वीपीलाई कांग्रेस सोसलिष्टको झण्डै संस्थापक सदस्य बनायो त ? यो प्रश्नको जवाफ पनि यही आत्मवृत्तान्तमा पाईन्छ । बालककालदेखि नै घामछायाँ जस्तो कहिले सम्पन्नता त कहिले अत्यन्त गरिवी भोगेकाले वीपीमा जस्तो धारणा पैदा गरिदियो त्यसको हल नै समाजवादमा देख्नु स्वभाविक नै थियो । जीवन कस्तो विषमताले भरिएको थियो भने जुन चन्द्रसम्सेरले आङ्खना बुबालाई गिरङ्खतार गर्न लागेका थिए तर विराटनगरका बडाहाकिम कर्णेल जीतबहादुरको मद्धतले स्वनिर्वासनमा जान सकेका थिए, जहाँ उनले चरम गरिवी व्यहोर्नु परेको थियो तिनै चन्द्रसम्सरले नेपालबाट प्रकाशित हुने कितावहरु, छातीको रोगका आयुर्वेदिक औषधीहरु पनि पिताजीलाई निरन्तर पठाउने गर्दथे । घाउ चिर्न बेहोस बनाउने औषधीको खर्च व्यहोर्न नसकेर दुखाई सहेर घाउ चिरेको अवस्था , अनि भागलपुर टेढीमा बाबुसाहेव भन्ने मान्छेको सहायताले जमिन लिए राम्रो भएको अवस्था । फेरी त्यही जमिन पनि कोशीको बाढीको प्रकोपले गर्दा कामलाग्ने नभएको अबस्था । यी सबै कुराहरु सामाजिक न्याय आर्थिक न्याय तथा राजनैेतिक अधिकारको चिन्तन तथा लडाईको निमित्त इन्धन थिए ।

यस्तोमा गान्धीजी प्रतिको आकर्षण उनमा पलायो । गान्धीका विचारधाराले उनलाई धेरै प्रभावित गरेको छनक पाईन्छ । तर विद्रोही मनले गान्धीको अहिंसाले मात्र लक्षमा पुग्ने देखेन । त्यसैले गान्धीवादी हुँदाहुँदै पनि आतकवादीहरुसंग सम्पर्क भयो । १९३० मा त्यसै संगठनमा लागेकाले समातिनु पनि पर्‍यो । यसरी गान्धीको अहिंसा र आतंकवादीको हिंसाको विचमा झुल्दै गरेको अबस्था मै उनको ट्रेनमा मेरठ षड्यन्त्रसंग सम्वन्धित शायद डाँगेसंग उनको सम्वाद भयो । यसको परिणाम उनी माक्र्सवाद तिर आकर्षित भए । मेरठ डिफेन्स फण्डको निमित्त कम्युनिष्टहरुले उठाउने चन्दामा सकृयता देखाए विश्वविद्यालयको छात्रावासको कोठाकोठाबाट रकम संकलन गरेर । तर छिटै उनको कम्युनिष्टसंग मोह भंग भयो । गान्धीेले नेतृत्व गरेको भारतको राष्ट्रिय आन्दोलनमा सपरिवार लागेका उनलाई कम्युनिष्टहरुले गान्धीलाई बृटिसको दलाल भनेको नपच्ने कुरा थियो र पचेन पनि । मनमा गान्धीको प्रभाव माक्र्सवादको प्रभाव तर कम्युनिष्टसंग मोह भंग, यो अबस्थाले एक अर्को दर्शन खोजेको थियो ।

समन्वयात्मक सिद्धान्तको रुपमा प्रजातान्त्तिक समाजवादको अवधारणा आयो जसमा साम्यवादको जस्तो कट्टरता छैन र पूँजिवादको जस्तो हैकम पनि छैन, तर दुवैका कुराहरु छन । भारतमा अहिले यसैका अग्रज जयप्रकाश, राममनोहर लोहिया आदिका अनुयायीहरु नै जनता पार्टीका रुपमा संगठित भएर कांग्रेसको क्रमभंग गर्न सफल भए । बर्मामा त पहिल्यै समाजवादीहरुले सत्ता सम्हालिसकेका थिए । त्यसैले एसियन सोसलिष्ट कन्फ्रेन्सको आतिथ्यको प्रस्ताव लिएर वीपी नै बर्मा गएका थिए । कम्यूनिष्टहरुको विरोधको सामना गरिरहनु परेकाले बर्माले आतिथ्य गर्न असमर्थता जनायो । तर, नेपालमा भावी क्रान्तिको निमित्त केही हतियार सित्तैमा र अरु परल मोलमा दिने वचनवद्धता गर्‍यो । यसलाई एक सोसलिष्ट सरकारले सोसलिष्ट आन्दोलनका अभियन्तालाई गरेको सम्मानको रुपमा लिन सकिन्छ । गान्धीजीको आफुलाई चाहिने आफै उत्पादन गर्ने आदर्शको बदला नेहरुको ठुला उद्योगपतिहरुको माध्यमले आर्थिक विकास गर्ने नीति अरु जे भने पनि समाजवाद थिएन । बर्मामा पहिले नै सोसलिष्ट सत्तामा आई सकेका थिए भने जति वेला नेपालमा का्रंग्रेस सत्तामा गयो समाजवादको सिद्धान्तमा नै गयो भन्न पर्ने हुन्छ ।

त्यति मात्रले शायद अपुग होला, धेरै कांग्रेसीहरुले भन्ने गरेको कुरा के हो भने राजा महेन्द्रले जति पनि आर्थिक तथा सामाजिक सुधारका योजना ल्याए त्यो नेपाली कांग्रेसकै योजना थियो । यसलाई साँच्चो मान्ने हो भने राजा महेन्द्रमा पनि आफुलाई समाजवादी देखाउने ललक थियो । यहि समाजवादकै आर्थिक व्यबस्था मिश्रित अर्थ व्यबस्था हो । यस अन्तरगत खुला वजारका साथै केही केही क्षेत्रमा हस्तक्षेप पनि गरिन्छ । पारंपारिक पेशा खेती भएकाले उत्पादनको प्रमुख साधन जग्गामा हदवन्दी, जोत्नेको अग्राधिकार अनि कमाई अनुसारको करको दरमा फरक आदि उपायहरु आर्थिक न्यायको सुचक मिश्रित अर्थ व्यवस्थाका आधार हुन । त्यसै गरेर समाजका दवेका समुहको उत्थान, विभिन्न आरक्षण तथा सकारात्मक विभेद आदि प्रजातान्त्रिक समाजवादका औजारहरु हुन । साना पूँजि तथा उद्योग व्यवसायले मात्र मलुकको आर्थिक उन्नति संभव नहुने सोचमा प्रजातान्त्रिक समाजवादले सशर्त स्वदेशी विदेशी पूँजिको पनि स्वागत गर्ने गर्दछ, जुन कुरा साम्यवादी समाजवादमा हुँदैन ।

यसै कारणले होला वीपीले आङ्खनो शासनकालमा योजना आयोगमा गरिव किसानको फोटो पनि राख्न भनेका थिए । ठुलठुला पक्की बाटाहरुको बदला सर्वसाधारणको प्रयोगमा आउने गोरेटो घोडेटोलाई जोड दिएका थिए । सबैको एक सानो झोपडी होस, एउटा गाई होस, एकहल गोरु होस र जोत्ने जमिन होस भन्ने वीपीको समाजवादको लक्ष हो । अन्यथा अर्थ लगाउनु भन्दा समाजमा हुने खाने र हुँदा खाने नभएर गरी खानेको वर्चश्व होस भन्ने समाजवादी सोच देखिन्छ । आज यहि सोच बोकेर इन्डियाका उत्तरप्रदेश, विहार जस्ता प्रान्तमा लामो समयदेखि जयप्रकाश, लोहिया आदिका सिद्धान्त बोकेका दलहरुको वर्चश्व छ । यी दलहरुको सहायता वेगर इन्डियामा कोही केन्द्रिय सत्तामा पुग्ने कल्पना गर्न सक्दैन । आज इन्डियाका सपा, बसपा, जदयु , राजद जस्ता समाजवादीदलहरुले बोकेको सिद्धान्त निर्माणमा वीपीको पनि उल्लेख्य भूमिका रहेको कुरा आत्मवृत्तान्तमा प्रष्ट उल्लेख छ ।