भ्रष्टाचारीको शिखण्डी बन्दै डा. केसी

भ्रष्टाचारीको शिखण्डी बन्दै डा. केसी


स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति डा. केसीले विगतमा गरेको सङ्घर्षका निम्ति उनले जनस्तरबाट व्यापक प्रशंसा पाएका थिए । तथापि पटकपटक आमरण अनशन बस्ने र राज्यलाई आफूसामु झुक्न बाध्य पार्ने उनको सोच र शैलीप्रति कतिपयले असन्तोष प्रकट गर्ने पनि गरेका थिए । यसपटक भ्रष्टाचार नियन्त्रण निम्ति सर्वाधिक सक्रिय रहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध बिनाआधार–प्रमाण महाभियोग लगाउनुपर्ने मागसहित अनशन बस्ने घोषणा गरेपछि केसीको नियतमाथि आशङ्का पैदा भएको हो । आज लोकमानविरुद्ध अनशन बस्नेले भोलि राष्ट्रपति विद्या भण्डारीले पहिरेको साडी मन परेन भनेर उनलाई हटाउन माग गर्दै आमरण अनशन बस्ने र पर्सि प्रधानमन्त्री बदल्ने माग राखेर अनशन बस्ने गरे भने के त्यस्तो माग पूरा हुन सक्ला ? जनस्तरमा प्रश्न उठ्न थालेको छ ।

govinda kc2

नेपाली अनशनको इतिहासमा कीर्तिमान राखेर डा. अनशन केसी उपनामसमेत पाएका डा. गोविन्द केसीले फेरि अनशन बस्ने सार्वजनिक घोषणा गरेपछि उनी विवादमा तानिएका छन् । साझाका अध्यक्षसमेत रहेका पत्रकार कनकमणि दीक्षितमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानात्मक कारबाही अघि बढाएपछि असन्तुष्ट रहँदै आएका केसीले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अनशन बस्ने घोषणा गरेपछि उनी विवादमा तानिएका हुन् ।

स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति डा. केसीले विगतमा गरेको सङ्घर्षका निम्ति उनले जनस्तरबाट व्यापक प्रशंसा पाएका थिए । तथापि पटकपटक आमरण अनशन बस्ने र राज्यलाई आफूसामु झुक्न बाध्य पार्ने उनको सोच र शैलीप्रति कतिपयले असन्तोष प्रकट गर्ने पनि गरेका थिए । यसपटक भ्रष्टाचार नियन्त्रण निम्ति सर्वाधिक सक्रिय रहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध बिनाआधार–प्रमाण महाभियोग लगाउनुपर्ने मागसहित अनशन बस्ने घोषणा गरेपछि केसीको नियतमाथि आशङ्का पैदा भएको हो । आज लोकमानविरुद्ध अनशन बस्नेले भोलि राष्ट्रपति विद्या भण्डारीले पहिरेको साडी मन परेन भनेर उनलाई हटाउन माग गर्दै आमरण अनशन बस्ने र पर्सि प्रधानमन्त्री बदल्ने माग राखेर अनशन बस्ने गरे भने के त्यस्तो माग पूरा हुन सक्ला ? जनस्तरमा प्रश्न उठ्न थालेको छ ।

कसैले संविधान र कानुनलाई चुनौती दिँदै यसरी अनशन बस्ने या अनशनको धम्की दिने र त्यसकै आधारमा निर्णय हुँदै जाने हो भने संविधान, कानुन र राजनीतिक दलहरू विघटन गर्दा पनि हुन्छ भन्ने जानकारहरूको भनाइ छ । एउटा जिम्मेवार संवैधानिक पदमा बसेका व्यक्तिलाई तथ्यविहीन आरोप लगाएर मानमर्दन गर्न खोजेबापत केसीलाई सार्वजनिक अपराध र मानहानिको मुद्दा चलाउनुपर्छ भन्ने राय पनि कतिपयको छ । तर, अख्तियारले भने यसलाई केसीको मानसिक सन्तुलनमा उत्पन्न गडबडीका रूपमा मात्र लिएको बुझिन्छ । डा. केसीले एक पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि विभिन्न अनर्गल आरोप लगाउँदै महाभियोग लगाउनुपर्ने मागसहित आमरण अनशन बस्ने बताएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गरी आरोप प्रमाणित गर्न डा. केसीलाई चुनौती दिएको छ ।

यसैबीच मनमोहन अस्पतालनिकटको एक सूत्रले जनाएअनुसार अब डा. केसीले कुनै पनि वहाना बनाएर अनशन बसे भने केसीको अराजक गतिविधि र स्वास्थ्य क्षेत्रमा मनपरी गरेको विषयलाई लिएर उनीमाथि कारबाहीको माग गर्दै अनशन बस्ने तयारी केही युवाले गरेका छन् । डा. केसीमाथि सन् १९८९ मा वीर अस्पतालसँग भएको करार भङ्ग गरेको आरोप पनि छ । वीर अस्पतालमा कार्यरत उनले छात्रवृत्तिमा थप अध्ययनका लागि अस्पतालसँग एक सम्झौता गरेका थिए । अध्ययनपछि दुई वर्ष निरन्तर वीर अस्पतालमा सेवा गर्ने सम्झौता गरेका उनी आफ्नो पढाइ पूरा भएपछि वीर अस्पतालबाट राजीनामा दिई शिक्षण अस्पतालसँग जोडिन पुगेका थिए । यसअघि स्वास्थ्य क्षेत्रको सुधारलाई मात्र केन्द्रबिन्दुमा राखेर सङ्घर्षमा उत्रिएका केसी अहिले राजनीतिक उद्देश्यका निम्ति राज्यका निकायविरुद्ध नै गैरसंवैधानिक किसिमले लड्न अग्रसर भएपछि उनी विवादमा परेका हुन् । अख्तियार प्रमुखका रूपमा लोकमानसिंह कार्कीले डामेका भ्रष्टाचारीहरू सबैको साथ डा. केसीलाई प्राप्त हुने देखिएको छ ।