यो पनि लोकतन्त्र होइन-शोभाकर पराजुली

यो पनि लोकतन्त्र होइन-शोभाकर पराजुली


सिरडी र्साईबाबाले आफ्नो दर्शन गर्न आउनेहरूलाई अचम्मको आशीर्वाद दिनुहुन्थ्यो भनी कतिपय उहाँका अनुयायीहरू सुनाउने गर्छन् । उनीहरूका अनुसार हिन्दू मानिस बाबाको आशीर्वाद माग्न आएमा ‘अल्लाह वा इसामसिहले त्रि्रो कल्याण गर्नेछन्’ भन्नुहुन्थ्यो भने मुसलमानहरूलाई ‘राम, कृष्णले तिमीहरूको कल्याण गर्नेछन्’ भनी आशीर्वाद दिनुहुन्थ्यो । वास्तवमा सन्तहरू अस्वाभाविक लाग्ने तर सत्य बोल्ने गर्छन् । यस हिसाबमा उहाँले लोकतन्त्रको प्रतिरक्षा गरिरहनुभएको थियो भन्न सकिन्छ । सत्य र्साईबाबाले अहिले पनि भन्ने गरेका पढ्दा लाग्छ कि उहाँ पनि त्यही कुरा भनिरहनुभएको छ । उहाँ भन्नुहुन्छ- हामी पहिले बिरामी भएको बेलामा खान दिएको दबाई राख्दछौँ र यसले धेरै समयपछि बिरामी हुँदा काम गर्छ भन्ने ठान्छौँ । तर, यो गलत सोच हो, औषधिको पनि काम गर्ने निश्चित समय हुन्छ । त्यो समय समाप्त भएपछिको अवस्थालाई डेट एक्स्पाएर भन्छन् ।
त्यति मात्र कहाँ हो र – मानिस नयाँ विकसित र बढी फाइदा गर्ने औषधि आउँदा पनि मलाई त पुरानोमा नै बानी परेको छ भन्ने गर्छन् । मलाई लाग्छ- बहाइ अल्लाहले मुसलमानहरूलाई, बुद्धले हिन्दूहरूलाई तथा बीपी, गोर्वाचोभहरूले कम्युनिस्टहरूलाई त्यही सन्देश दिएको हुनुपर्छ । समय बदलिइसकेको छ । पुरानो फर्मुलालाई नै उचित हो भन्न छोड र समयको गतिसँग हिँड । समाजलाई अँधेरोमा नराख । एकपटकको राम्रो दबाई समाजका लागि उपयोगी र सबैभन्दा राम्रो कुरा सधैं राम्रो रहिरहन सक्दैन । त्यो फर्मुला त पुरानो भइसक्यो, डेट एक्स्पाएर भइसक्यो, काम नलाग्ने भइसक्यो, त्यसले अब कामै गर्दैन । चीन, उत्तरकोरिया, क्युबालगायत नेपालसमेतमा त्यो र्फमुलाले महिलालाई यौनदासी नै बनायो । यस्ता गलत कार्य धेरै छन् । यो त एउटा उदाहरण मात्र हो । कहिले डेट एक्स्पाएर भएर र कहिले अझ राम्रो दबाई आएर त्यसलाई प्रतिस्थापन गरिरहेको हुन्छ वा त्यस्तो सम्भावना हुन्छ । यो तथ्यलाई उहाँहरूले राम्रोसँग बुझ्नुभएको थियो ।
बहाई अल्लाहले बहाई धर्मको प्रचार गर्दा कुनै पनि धर्म विचार वा मत वा सन्तहरूले फैलाएका समाजसुधारका कुराहरू त्यस समयका वसन्त हुन् । तिनीहरू त्यसै समयका विसङ्गतिहरूका विरुद्धमा आएका हुन्छन्, त्यसपछि फेरि नयाँ वसन्त आउँछ र पुन: नयाँ कुरा नयाँ परिस्थितिअनुसारका विचारहरूलाई आत्मसात् गर्नुपर्छ भन्नुभएको थियो । त्यस्तै बुद्धले हिन्दू धर्ममा भएका विसङ्गतिहरू हटाउन काटमारको बाटो त्याग्न र मानिसले सत्य के हो – के गर्दा मुक्ति पाउन सकिन्छ भन्ने सोच्नका लागि विचार दिनुभयो । तर, उहाँले यो पनि भन्न भुल्नुभएन कि उहाँजस्ता बुद्ध पछि पनि हुनेछन् । उहाँले भनेका जस्ता जुन समयमा हुन्छन् त्यो समयको आवश्यकताअनुसार मानिसलाई मुक्ति दिने बुद्धहरू पछि पनि हुनेछन् भन्नुभएको हो । त्यस्तै कृष्णले पनि जब-जब धर्मको नास हुन्छ तब-तब पापीको संहार र धर्मात्माको रक्षाका लागि आफू आउने बताउनुभएको छ । समयको आवश्यकताअनुसार आउने भन्ने हुन्छ ।
महामानव बीपी र गोर्वाचोभहरूले पनि कुनै समयको साम्यवादी विचार त्यही समयको आधारमा बनेको थियो भन्ने बुझ्नुभएको थियो । त्यसमा समयको परिवर्तनसँगै विकास आउनुपर्छ भन्ने सोचेर आँखा र कान खुला राख्नर्र्ुपर्छ भनेर बीपीले भन्नुभयो । उहाँले कम्युनिस्ट विचार पुरानो भइसकेको महसुस गरेर कम्युनिस्ट पार्टी त्यागेर समाजवादी धारमा आउनुभयो । गोर्वाचोभले पनि खुलापन र स्वतन्त्रताको माध्यमद्वारा नै समाजको प्रगति र हित सम्भव छ भन्ने सोच राख्नुभयो । उहाँहरूले आफ्नो विचार मानिरहन जरुरी छ पनि भन्नुभएन । कान र आँखा खुला राख्नु भनेको नयाँ विचारलाई पारख गर्न नछोड्नु भनिएको हो ।
त्यसो भए लेनिन, माक्र्स, स्टालिन, माओ आदि खराब त – भन्ने प्रश्न उठ्न सक्छ । उनीहरू पनि मानिस नै भएकोले उनीहरूमा मानवीय सीमा हुनु स्वाभाविक हो । उनीहरूले दिएका विचार एक हदसम्म ठीक भए पनि त्यही वसन्तका लागि ठीक थिए भन्न सकिन्छ । किनभने उनीहरू पनि मानिस थिए । उनीहरूका पनि इन्दि्रयका सीमा थिए । ती सीमित क्षमताको आधारमा र अनुभवका आधारमा उनीहरूले विचार दिए र व्यवहार गरे । तर, त्यो सर्वदेशीय र सर्वकालिक हुन सक्दैन भन्ने कुरा उनीहरूले प्रस्ट भन्न सकेनन् । उनीहरूका अनुयायीहरूले वाद, प्रतिवाद र संवादको अर्थ पनि बुझेनन् वा आफूलाई फाइदा हुने किसिमले अर्थ लगाए । मानिसका इन्दि्रयहरूको सीमितताले गर्दा उसले निश्चित परिधिसम्म्ा मात्र सोच्न सक्छ । अरू विचारभन्दा जति परिष्कृत भए पनि उसको विचार सार्वभौम हुन्छ भन्ने सोच्नु मानवीय कमजोरी र मानव संरचना नबुझ्नु हो, द्वन्द्वात्मक भौतिकवादलाई नबुझ्नु हो ।
नेपाल पहिला हिन्दू राष्ट्र थियो, अहिले धर्मनिरपेक्ष छ । विश्वमा कतिपय देशहरू धर्मनिरपेक्ष छन् भने कतिपयले धर्मलाई मान्यता दिएका छन् । त्यति मात्र होइन, राष्ट्रिय धर्मको विरोध गरेमा वा धर्म परिवर्तन गरेमा मृत्युदण्ड दिइने राष्ट्रहरू पनि छन् । अर्कोतर्फ धर्मनिरपेक्ष देशहरूमा समेत उग्र धर्मान्धतालाई आत्मसात् गरिएको पनि देखिन्छ । धर्मनिरपेक्षताको वास्तविक सुन्दरता भनेको सरकारका लागि अथवा राज्यका लागि धर्मको कुनै स्थान हुँदैन भन्ने हो । विकासमा, कानुनमा, समाजमा धर्मको विशेष स्थान राज्यले नदिनु धर्मनिरपेक्षता हो । राज्यले धर्मका लागि खर्च गर्ने कुरा प्रमुख हुँदैन । धर्मको सुरक्षा वा विरोध राज्यको काममा पर्दैन । राज्यले धर्मको रक्षाका लागि सामान्यत: कानुन बनाउँदैन । तर, कतिपय धर्मनिरपेक्ष देशहरूमा धर्मअनुसारका कानुन बनेका छन् । भारतमा हिन्दू कानुन, मुसलमानको कानुन आदि कानुनहरू, अलग-अलग धर्मका लागि कानुन छन् ।
लोकतन्त्र समानताका लागि हो । मानवअधिकारका लागि हो । मानवीय समानतालाई अस्वीकार गर्ने जातीय तथा धार्मिक कानुनहरूलाई मान्न्ाु लोकतन्त्रको वास्तविक मर्म होइन । बहाई अल्लाहले भन्नुभएजस्तै धर्ममा वा राजनीतिमा जहाँ पनि विकास र समानतालाई आत्मसात् गर्ने विषयभित्रका विविधतालाई मात्र सम्मान गरिनुपर्छ । समानताविपरीतका विचारलाई जनतामा लागू गर्नु लोकतन्त्र होइन । त्यस्तै कुनै पनि विचारको पक्षमा राज्य रहनु र अर्को विचारको विपक्षमा राज्य रहनु पनि लोकतन्त्र हुन सक्दैन । यसमा शान्तिपूर्ण रूपमा रहन चाहने सबै विचारलाई अस्तित्व्ाको अधिकार हुन्छ र जनताबाट -आवधिक निर्वाचन) अनुमोदितलाई सरकार चलाउने अधिकार हुन्छ । तर, त्यही नाममा जनताको अभिमत भनेर लोकतन्त्र, मानवअधिकार, लोककल्याणकारी विचारलाई छोड्न भने पाइँदैन । तिनलाई आत्मसात् गर्दै अरू विषयहरूमा सरकारले जनताको इच्छाअनुसार काम गर्ने हो ।