नदोहोरियोस् टिकापुर घटना

नदोहोरियोस् टिकापुर घटना


Ramu Rai 2

– रामु राई

बहुसंख्यक नेपालीको सुझाव र सल्लाहविपरीत करोडौँ डलरको ठेक्कापट्टामा विदेशीको डिजाइनबमोजिम जवर्जस्ती संविधान जारी गरेपछि समाधान हैन समस्यैसमस्याका साथ आज राष्ट्र अत्यन्त ऐतिहासिक संकटको घडिमा उभिएको छ । हाम्रो राष्ट्रको अतुलनीय सुन्दर विशेषता भनेकै जातिय विविधता, धार्मिक तथा सांस्कृतिक विविधता लगायत हिमाल, पहाड र तराई समेतको भौगोलिक विविधताहरू नै हुन् । यहि सब विविधतालाई एउटै धागोमा उनेर राष्ट्रिय अभिभावकको नेतृत्व प्रदान गर्दै आइरहेका एकताको प्रतीक शाहवंशीय राजसंस्थालाई पनि जनताको अभिमतबिना पाखा लगाई जातीय तथा क्षेत्रीय मुद्दा उठाउँदै जारी गरेको संविधानले टिकापुर जस्ता अनपेक्षित दुःखद घटना घट्न गयो र यस्तो संविधान खारेजी हुन नसके अरु थुप्रै टिकापुर घटना घटि नै रहन सक्नेछ ।

त्यसैगरी नेपालको श्रृष्टि र सृजना सँगसँगै सरकारी पछिल्लो तथ्यांक अनुसार ९३.४ प्रतिशत नेपाली ओमकार परिवारले राष्ट्रिय पहिचानको रुपमा मानि आएको वैद्धिक सनातन धर्मलाई पनि पाखा लगाउने काम भएको छ । जसले आफ्नी आमा गरिब र सोझी छन् भन्दैमा विदेशी धनि आमाको डलर खाएर मातृभूमि आमाको चिरहरण गर्ने काम समेत भएको छ । धर्मले मानव पद्धति र सभ्यता प्रदान गर्दै विश्वमा एक मात्र हिन्दुराष्ट्र नेपालको पहिचान दिई आएको थियो । अपसोच, तर आज त्यो पनि रहन सकेन ।

आज हाम्रो देश नेपाल नेपालीबाट हैन विदेशीको निर्देशनमा चलिरहेको छ । उदाहरणको लागि डा. बाबुराम भट्टराई बहालमै रहँदा, यो देशको साँचो त विदेशमा पो हुँदोरहेछ भन्नु नै यसको ज्वलन्त प्रमाण हुन सक्दछ । अनि कल्पना गरौँ– अव हाम्रो देश नेपाल कतिको सुरक्षित रहन सक्ला ?

दुःखको कुरो विद्यमान कुनै पनि राजनैतिक दलका नेताहरू नेपालवादी हुन सकेनन् । बरु जर्मन, रुस, चीनमा जन्मेका नेताहरूको नाउमा माक्र्सवादी, लेनिनवादी, माओवादीदेखि लिएर भारतवादीसम्म भएका छन् । यतिले मात्र नपुगेर आफ्नो पार्टी नै विदेशीको भातृसंगठनको रुपमा राख्न र रहोस भन्न रुचाउँछन् । भन्नुहोस् ती विदेशी नामधारीबाट नेपाल नेपालीकाप्रति के योगदान हुन सकेको छ ? बरु कसैको नामधारी दर्शनबाट विधिको शासनविरुद्ध झापाका निर्दोष मानिसहरूको घाँटी रेटिएका छन् भने माओ दर्शनबाट त झन् १७–१८ हजार निर्दोष नेपाली दाजुभाइहरू मर्ने र मार्ने काम भएको छ । लाखौँलाख विस्थापित हुन परेको छ, हजारौँको संख्यामा अंग–अपांग भई पीडादायक जीवन विताइरहनु परेको छ,, कतिपय औपचारिक शिक्षाबाट बन्चित हुनु परेको छ । तापनि विदेशी नेताको नाउँ बोकेर गर्व र फूर्ति गर्न लाज मानिरहेका छैनन् ।

विद्यमान कुनै पनि राजनैतिक दलका नेताहरू नेपालवादी हुन सकेनन् । बरु जर्मन, रुस, चीनमा जन्मेका नेताहरूको नाउमा माक्र्सवादी, लेनिनवादी, माओवादीदेखि लिएर भारतवादीसम्म भएका छन् । यतिले मात्र नपुगेर आफ्नो पार्टी नै विदेशीको भातृसंगठनको रुपमा राख्न र रहोस भन्न रुचाउँछन् । भन्नुहोस् ती विदेशी नामधारीबाट नेपाल नेपालीकाप्रति के योगदान हुन सकेको छ ? बरु कसैको नामधारी दर्शनबाट विधिको शासनविरुद्ध झापाका निर्दोष मानिसहरूको घाँटी रेटिएका छन् भने माओ दर्शनबाट त झन् १७–१८ हजार निर्दोष नेपाली दाजुभाइहरू मर्ने र मार्ने काम भएको छ । लाखौँलाख विस्थापित हुन परेको छ, हजारौँको संख्यामा अंग–अपांग भई पीडादायक जीवन विताइरहनु परेको छ,, कतिपय औपचारिक शिक्षाबाट बन्चित हुनु परेको छ । तापनि विदेशी नेताको नाउँ बोकेर गर्व र फूर्ति गर्न लाज मानिरहेका छैनन् ।

तर यदि पृथ्वीनारायण शाहबाट सिंगो र संग्लो नेपालको निर्माण नगरिएको भए नेपाल र हामी नेपाली पनि हुने थिएनौँ । यसरी जसले नेपालको निर्माण गरे उनी वा शाहवंशीय प्रतिनिधि यो देशको राष्ट्र प्रमुख भएर रहन पाउनु उनको नैसर्गिक अधिकार हुन सक्दछ । किनकी देशलाई हराएर पनि आफू जिति नै रहुँ भन्ने गणतन्त्रवादी नेताहरू भन्दा स्वभावैले राजाहरू बढी राष्ट्रवादी हुने गर्दछन् ।

यति मात्र नभई शाह वंशीय राजाहरूले देशलाई आत्मनिर्भर बनाउनका निमित्त विगतमा अनगिन्ती उद्योग कलकारखानाहरू स्थापना गरेका थिए । जसले यो मुलुकलाई धेरै हदसम्म आत्मनिर्भर तुल्याउन र दिनहुँ १५–१६ सयको संख्यामा विदेशीने युवा शक्तिलाई देशभित्रै रोजगार दिन सम्भव हुन सक्दथ्यो । तर बहुदल स्थापनापछि नेताहरूले व्यक्तिगत कमिशनको स्वार्थमा एक पछि अर्को बेचि खाने काम बाहेक एउटा पनि थप्ने या जोड्ने काम गर्न सकेनन् ।
आफ्नै देश नेपालको एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्नको लागि पनि इण्डियाको बाटो प्रयोग गर्नुपर्ने अवस्थालाई राजा महेन्द्रबाट पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माण गरी पूर्वदेखि पश्चिम सम्मका सम्पूर्ण नेपालीलाई एक आपसमा जोडी दिने महत्वपूर्ण काम राजाबाटै भएको छ । त्यसैले विदेशी गणतन्त्रवादी दलाल भन्दा यो देशको राष्ट्र प्रमुख राजा नै किन नहुने ? साथै हामी गर्वका साथ राजावादी भन्न किन नसक्ने र किन नहुने ?

राजा हाम्रो व्यक्तिगत स्वार्थको लागि मात्र नभै यो देशको जातीय विविधतालाई एकता कायम गर्नको निमित्त, यो देशको क्षेत्रीय विविधतालाई एकता कायम गर्नको निमित्त र यो देशको धार्मिक तथा सास्कृतिक विविधता लगायत आपसमा मैत्रीपूर्ण एकता कायम राख्नको निमित्त, संवैधानिक राजसंस्था आजको राष्ट्रिय आवश्यकता हो । अन्यथा टिकापुर घटना जस्ता मात्र नभई कैयौँ नसोचिएको घटनाका साथ नेपाल अर्को सिक्किम बन्न सक्दछ ।

(लेखक राप्रपा नेपाल समानान्तरका महामन्त्री हुन् ।)