सरकारलाई सत्र दमकल उपहार

सरकारलाई सत्र दमकल उपहार


15 Pr Dama

नेपाल–भारत आर्थिक सहयोग कार्यक्रममार्फत नेपालका शिक्षा, स्वास्थ्यलगायत महत्वपूर्ण क्षेत्रमा सहयोग पु¥याउँदै आएको मित्रराष्ट्र भारतले आगलागी नियन्त्रणमा सहयोग पु¥याउन १७ वटा दमकल उपहारस्वरूप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत रणजित रायले गत साता आयोजित उपहार हस्तान्तरण कार्यक्रमबीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई ती दमकलको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पँदै आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पु¥याउने बताउनुभयो । यस्तै, राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलको प्रयोगले विपदावस्थामा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार हाल मुलुकका दुई सय १७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ वटा दमकल रहेको छ । थप ३४ वटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाएइको र भारत सरकारले उपहारस्वरूप हस्तान्तरण गरेकोसमेत अब १५२ दमकलको सङ्ख्या पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिकास्थित साना जलविद्युत आयोजनाको मर्मत तथा पुनर्निर्माणको लागि भारत सरकारले २ करोड ६३ लाख ७० हजार सहयोग गर्ने भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिने उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा दूतावासका द्वित्तिय सचिव ज्ञानवीर सिंह, जुम्लाका स्थानीय विकास अधिकारी राजेश पौडेल र चन्दननाथ नगरपालिकाका उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढाथापाबीच हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा निर्माण गरेको सो विद्युत आयोजना माओवादी जनयुद्धको समयमा ध्वस्त तुल्याइएपछि बन्द रहेको थियो । भारत सरकारको सहयोगमा आयोजना मर्मत भएपछि स्थानीय इलाकाका करिव २० हजार जनताले बिजुलीबत्तीको सुविधा पाउने छन् । यसअघि चन्दननाथ उमाविलाई पनि भारत सरकारले २ करो ४९ लाख सहयोग प्रदान गरेको थियो भने जिल्लाका लागि तीनवटा एम्बुलेन्स पनि मित्रराष्ट्र भारतले सहयोग उपलब्ध गराएको छ ।

यसैबीच राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बससेवा सञ्चालन गर्ने भएको छ । यसको सुरुवात समितिले दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सीधा डिलक्स बससेवा सञ्चालन गरेको छ ।

समितिका अध्यक्ष सुरेश हमालका अनुसार यही भदौ १३ देखि दाङबाट नयाँदिल्लीसम्मका लागि बस सञ्चालनमा आएको छ । दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट आइतबार, बुधबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहज रूपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बससेवा सुरु गरेको हमालले बताए ।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली दुई हजार भाडा तोकिएको समितिले जनाएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने जनाइएको छ ।
15 Pr Damkal 1