चामलपसल चलाउँछन् न्यायाधीश

चामलपसल चलाउँछन् न्यायाधीश


Dr. Ananda Mohan Bhattarai

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा लामो दाह्री, आश्रमको बास र गौपालनका कारण ऋषिमुनिजस्ता देखिन्थे । यतिबेला उनी हरिद्वारमा गएर बसिरहेका छन् । शर्माको बाह्य रूप हेरेर उनलाई कसैले भ्रष्टाचारी या घुसखोर भएको अनुमान पनि गर्न सक्दैन । तर, कल्याण श्रेष्ठ आउनुभन्दा अघिसम्म दामोदर शर्मालाई नै इतिहासको सबैभन्दा भ्रष्ट र घुस्याहा व्यक्तिका रूपमा न्यायिक क्षेत्रमा लिइन्थ्यो । कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भइसकेपछि दामोदरसहित यसअघिका सबै भ्रष्टहरूलाई उनले पछाडि पारिदिएका छन् ।

सर्वोच्च अदालतको इतिहासमा सर्वाधिक भ्रष्ट र घुस्याहा न्यायाधीशको छवि बनाएका दामोदर शर्मालाई कल्याण श्रेष्ठले उछिनेको चर्चा चलिरहँदा सर्वाधिक स्वच्छ छविका न्यायाधीश को हुनसक्छन् भन्ने जिज्ञाशा आमजनतामा उत्पन्न भएको पाइएको छ । हाल सर्वोच्च अदालतमा रहेका बीस न्यायाधीश सबैले न्यायालयको मर्यादा जोगाउने आशा गरिएको छ । कुनै प्रकारको दाग नलागेका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरी खतिवडा, प्रकाश राउत, गोविन्द उपाध्याय र वैजनाथ उपाध्याय तथा प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको भूमिका र व्यवहारले सर्वोच्च अदालतको गरिमा बढाउने विश्वास गरिएको छ । कतिपय न्यायाधीशहरूले पार्टीगत निकटता र गैरसरकारी सङ्घसंस्थाहरूसँगको आबद्धता परित्याग गर्न सकेमा न्यायालयको गरिमा थप उचाइमा पुग्ने विश्वास गरिन्छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा लामो दाह्री, आश्रमको बास र गौपालनका कारण ऋषिमुनिजस्ता देखिन्थे । यतिबेला उनी हरिद्वारमा गएर बसिरहेका छन् । शर्माको बाह्य रूप हेरेर उनलाई कसैले भ्रष्टाचारी या घुसखोर भएको अनुमान पनि गर्न सक्दैन । तर, कल्याण श्रेष्ठ आउनुभन्दा अघिसम्म दामोदर शर्मालाई नै इतिहासको सबैभन्दा भ्रष्ट र घुस्याहा व्यक्तिका रूपमा न्यायिक क्षेत्रमा लिइन्थ्यो । कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भइसकेपछि दामोदरसहित यसअघिका सबै भ्रष्टहरूलाई उनले पछाडि पारिदिएका छन् । हाल प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएकी सुशीला कार्कीचाहिँ आर्थिक मामिलामा अत्यन्त शुद्ध मानिनुहुन्छ । आर्थिक अनियमिततासँग जोडेर अहिलेसम्म कार्कीलाई कसैले प्रश्न उठाउन सकेका छैनन् । अन्य कमजोरी सुधार गर्न सकेमा आर्थिक मामिलामा शुद्ध रहनुभएकी कार्कीले न्यायालयको मर्यादालाई उचाइमा पु¥याउने विश्वास गरिन्छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूमध्ये आनन्दमोहन भट्टराई विशिष्ट छवि कायम गर्न सफल छन् । इमानदार, निष्ठावान र न्यायिक विशिष्टता भएका आनन्दमोहन भट्टराई ‘कनकमणि’ प्रकरणमा मात्र विवादमा परेका हुन् । हरिकृष्ण कार्कीको पदीय हैसियत न्यायाधीश भए पनि उनले व्यवहारतः आफू न्यायाधीश बनेको पुष्टि गर्न बाँकी नै रहेको हुँदा कनकमणि प्रकरणमा उनी विवादमा पर्नुलाई स्वाभाविक मानियो । तर, आनन्दमोहन भट्टराई जो कहिल्यै आर्थिक प्रलोभनमा पर्दैनन् र राम्रा न्यायाधीशका रूपमा स्थापित भएका छन् कनकमणि प्रकरणले उनलाई समेत विवादमा ल्यायो । घुस मात्र होइन, मदिरासमेत सेवन नगर्ने भट्टराई जीवनगुजाराका लागि तलबले नपुगेर चामलपसलसमेत चलाउँछन् । बानेश्वर शान्तिनगरमा खोलिएको चामलपसल सञ्चालनको जिम्मा उनले आफ्नी धर्मपत्नीलाई दिएका छन् । न्यायाधीश भएर पनि जीवनगुजाराका निम्ति चामलपसल चलाउने सम्भवतः भट्टराई नै पहिलो व्यक्ति हुन् ।

ईश्वरी खतिवडा, सपना मल्ल, जगदीश शर्मा पौडेल, देवेन्द्रगोपाल श्रेष्ठ र विश्वम्भर श्रेष्ठलाई झैँ आनन्दमोहन भट्टराईलाई पनि कल्याण श्रेष्ठनिकटका व्यक्तिको रूपमा चर्चा गर्ने गरिन्छ । भट्टराईले कल्याणसँगको सम्बन्धप्रति संवेदनशील हुँदै पुनर्विचार गरे भने उनको व्यक्तित्व थप उज्यालिने विश्वास शुभचिन्तकहरूले गरेका छन् ।

स्मरणीय छ, कल्याण श्रेष्ठ आफू सर्वोच्च अदालतबाट अवकाश भइसकेपछि पनि कुनै न कुनै रूपले सर्वोच्च अदालतसँग जोडिइरहन इच्छुक देखिएका छन्. । यसअघिका सबै अवकाशप्राप्त न्यायाधीशहरूले सेवानिवृत्त भइसकेपछि सर्वोच्च अदालततिर फर्किएर पनि हेरेको देखिँदैन । तर, कल्याण श्रेष्ठको आत्मा भने अझै पनि सर्वोच्च अदालतपरिसरमा नै भट्किरहेको महसुस न्यायकर्मीहरूले गरेका छन् । उद्योग वाणिज्य महासङ्घको राजनीतिबाट चण्डी ढकाल मुक्त हुन नसकेझैँ कल्याण पनि सर्वोच्च अदालतबाट ‘मुक्त’ हुन नसक्दा न्यायकर्मीहरूले अप्ठ्यारो मान्न थालिसकेका छन् ।

हाल सर्वोच्च अदालतमा कार्यरत बीस न्यायाधीशले न्यायिक निकायप्रति थप विश्वास र भरोसा दिलाउन कमी–कमजोरीहरू सुधार गर्दै विशेष पहल गर्नुपर्ने देखिएको छ । राजनीतिकर्मी र प्रशासकहरूप्रति जनतामा निराशा बढ्दै गरेको यो समयमा सर्वोच्च अदालतका न्यायाधीशले अदालतको प्रतिष्ठा बढ्ने भूमिका निर्वाह गर्दा त्यसले न्यायिक सर्वोच्चता बढाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।