पूर्वगृहमन्त्री सवार जीप त्रिशुलीमा खस्यो

पूर्वगृहमन्त्री सवार जीप त्रिशुलीमा खस्यो


madhav

नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहेका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनामा परेको छ । आफ्नी ८० वर्षीया आमासहित परिजनहरुका साथ मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा मुग्लिन नजिकै घिमिरेसवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार त्रिशुली नदीमा खसेको हो ।

आइतबार साँझ करिव पाँच बजे भएको दुर्घटनापछि घटनास्थलमा घिमिरेकी आमा चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको छ भने भाइहरु प्रकाश र मोहनसहित स्वयम माधव घिमिरेको अवस्था अज्ञात छ । गाडी चालक बिष्णु राई घाइते अवस्थामा भेटिएका थिए । घाइते राइको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनले घिमिरे आफैंले गाडी चलाएका बयान दिएका छन् । चालक राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार दमौलीदेखि घिमिरेले जीप चलाएका थिए । कुरिनस्थित केवुलकार आइपुग्नै लाग्दा घिमिरे परिवार सवार जीप अचानक त्रिशुली नदीमा खसेको बताइएको छ ।